X wada

मुख्य समाचार

    Showing १,७८१-१,७९० of २,९६८ items.
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बर्दिया,माघ २७ गते –  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका(४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १५२ पटक पढिएको
  • मानव अधिकार उल्लङ्घनका ३७८ उजुरी फस्र्योट

    काठमाडौं, माघ २७ गते– राष्ट्रिय मानव अधिकार आयोगले एक वर्षमा तीन सय ७८ वटा उजुरी फस्र्योट गरेको जनाएको छ । नयाँ पदाधिकारी नियुक्त भएपछि आयोगमा एक वर्षभित्र भएका कामको विवरण सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगमा परेका नयाँ र पुराना उजुरीका आधारमा उक्त फस्र्योट गरिएको जानकारी दिइएको हो ।आयोगमा २०७७ माघ २१ गते अध्यक्ष तपबहादुर मगरसहितका सदस्यहरू नियुक्त हुनुभएको थियो । त्यसपछिको एक वर्षमा आयोगमा १२९ वटा उजुरी दर्ता भएका थिए । नयाँ र पुराना उजुरीसमेत अध्ययन गरेर ४६६ वटा उजुरीमाथि निर्णय भएको हो । सोही निर्णयका आधारमा ३७८ वटा उजुरी फस्र्योट भएको हो । पत्रकार सम्मेलनमा आयोग अध्यक्ष म

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १४३ पटक पढिएको
  • ४२ करोड रोयल्टी नबुझाएको भन्दै याक एन्ड यति होटलको इजाजत खोसियो

    काठमाडौं,माघ २७ गते – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले याक एन्ड यति होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गरिदिएको छ। पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले विज्ञप्ति जारी गर्दै याक एन्ड यति होटलको स्तर वर्गीकरण प्रमाणपत्रसमेत रद्द गरेको जानकारी दिएका छन्।पटक(पटक सूचना जारी गर्दासमेत होटलले इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको विभागको आरोप छ। विभागका अनुसार याक एन्ड यति होटलले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैँया नेपाल सरकारलाई तिर्न बाँकी रहेको छ। 'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८–०९– २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेकोमा नेपाल

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १८१ पटक पढिएको
  • सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिङ्ग पहिचान गर्दै भ्रूण हत्या

    सर्लाही,माघ २७ गते – नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो । प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो । सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ । सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ । सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २७७ पटक पढिएको
  • एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं,माघ २७ गते – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को तालिका सार्वजनिक भएको छ ।तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २६३ पटक पढिएको
  • प्रहरीलाई झुठो सूचना दिने दुई पक्राउ

    जनकपुरधाम,माघ २७ गते – धनुषा प्रहरीले झुठो सूचना दिएर प्रहरीलाई बिना कारण दुःख दिएको भन्दै दुई जनामाथि कारवाही गरेको छ ।प्रहरीले धनुषाधाम नगरपालिका–७ का दिप नारायण यादव र आशाराम चौधरीलाई प्रहरीलाई झुठो विवरण दिइ निर्दोष व्यक्तिलाई लुटपाटमा फँसाउने षडयन्त्र गरेको आरोपमा पक्राउ गरेको हो । यादवले माघ २४ गते सोमबार धनुषाधाम नपा–७का श्रवण कुमार चौधरी तथा निजसंग मोटरसाईकलमा आएका ३/४ जना व्यक्तिहरुले सोही ठाउँका ३५ वर्षीय आशाराम चौधरीको नाममा दर्ता रहेको मैले प्रयोग गर्दै आएको बा.१९ च.६६१४ नं. को कार र सो कार भित्र रहेको नगद रु. २ लाख रुपियाँ लुटी चोरी लगेको भनी ई.प्र.का. धनुषाधाममा टेलीफोन मार्फत जा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १३१ पटक पढिएको
  • रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

    सिरहा,माघ २७ गते – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । “रेल्वे लिगमै हाट

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६१ पटक पढिएको
  • मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा तीन जना पक्राउ

    वीरगञ्ज,माघ २७ गते – पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेर भाग्ने क्रममा तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का रंजीत सहनी, १९ वर्षीय सभन पाठक र पर्साको विन्दवासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सहनी र पाठकले बुधबार बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना. १६ प २९७४ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेकोमा गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६१ पटक पढिएको
  • ग्यास र पानीको प्रयोगबाट युरिया मल

    काठमाडौं, माघ २७ गते–  लगानी बोर्डले नेपालमा युरिया मल कारखाना खोल्नसक्ने प्राविधिक विषयको तुलनात्मक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । छ महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो । यसअघि मन्त्रिपरिषद्को निर्णयले नेपालमा मल कारखाना खोल्न आवश्यक प्रक्रिया सुरु गर्न बोर्डलाई निर्देशन दिएको थियो । सो अध्ययनलाई सार्वजनिक गर्ने निर्णय यही मङ्गलबार बसेको बोर्डको बैठकले पनि गरिसकेको छ ।अध्ययनमा सहभागी बोर्डका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतमका अनुसार प्राकृतिक मिथेन ग्यासको प्रयोग र पानीको प्रयोग ९इलेक्ट्रोलाइसिस० गरी दुई विधिबाट नेपालमा रासायनिक मल उत्पादनका प्रविधिको तुलनात्मक अध्यय

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १४८ पटक पढिएको
  • स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जना पक्राउ

    काठमाडौं,माघ २६ गते – प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरी र बालाजु वृत्तबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ जाँचका क्रममा स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी(३ चाउथे निवासी २९ वर्षीय नवराज ढुङ्गानालाई नियन्त्रणमा लिएको हो ।काठमाडौं( १६ बाइपासस्थित ओरालो बाटोमा जाँच गर्ने क्रममा ढुंगानाले बोकेको कालो रंगको हाते झोला र साइड व्याग खोलेर हेर्दा लाखौ रकम भेटिएको थियो । झोलामा एक हजारका ५,७३४ नोट र पाँच सयका २,५३० नोट फेला परेको थियो ।  प्रहरी वृत्त बालाजुले बरामद गरिएको नगदसहित ढुंगानालाई थप अनुसन्धानक

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १५० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२