X wada

मुख्य समाचार

    Showing १,७५१-१,७६० of २,९६८ items.
  • देशकै सबभन्दा ठूलो काठको फर्निचर मेला शुरु

    रौटहट,माघ २९ गते – प्रत्येक वर्ष झैं यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठूलो काठको फर्निचर मेला शुरु भएको छ ।श्रीपञ्चमीको अवसरमा नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा जिल्लाको मध्य भाग जयनगरमा काठको ठूलो फर्निचर मेलाको आयोजना गरिएको छ । गरुडा नगरपालिका–१ जयनगरमा प्रत्येक वर्ष श्रीपञ्चमी देखि सुरु भई झण्डै दुई महिनासम्म चल्ने फर्निचर मेला यस वर्ष पनि आयोजना गरिएको छ । जिल्लाको ग्रामीण क्षेत्र जयनगरमा आयोजना हुने फर्निचर मेलालाई सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला मानिएको छ । मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १६६ पटक पढिएको
  • चाउचाउ उद्योगमा भीषण आगलागी

    झापा,माघ २९ गते –  झापाको मेचीनगर– १४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । बाँकी दुईवटा दमकल आइरहेको उनले बताए । नभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले बताए ।

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १८७ पटक पढिएको
  • लागु औषधसहित ३ जना पक्राउ

    धनगढी,माघ २९ गते – कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् ।अस्थायी प्रहरी पोष्ट चटकपुरका प्रमुख, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुुर चन्द नेतृत्वको टोलीले बिहीबार धनगढी उपमहानगरपालिका(३ शहीद गेटबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेमा धनगढी उप– महानगरपालीका ३ बस्ने २० वर्षीय सुरेन्द्र कोली, प्रकाश बि।क र एकेन्द्र बिष्ट रहेको जानकारी दिए । उनीहरूले बिष्टले चलाएको ध।उ।म।न।पा। ६८६ नम्बरको अटोमा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाइट्रोभेट र २८ ट्याब्लेट स्पास बरामद गर

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १६० पटक पढिएको
  • नेपाल र युएईबीचको खेल आज ११ः४५ बजे देखि

    काठमाडौं,माघ २९ गते –  चारदेशीय टी– २० सिरिज अन्तर्गत आज नेपाल र युएईबीचको खेल हुँदैछ। खेल बिहान ११ः४५ बजे देखि ओमानको अल अमरेट क्रिकेट मैदानमा हुनेछ। शुक्रबार भएको खेलमा बलियो टोली मानिएको घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो।आईसीसी पुरुष टी– २० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको छ। ग्लोबल छनोटमा नेपालसहित ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहाराईन, आयरल्यान्ड र जर्मनी छन्

    • प्रकाशित मितिः माघ २९, २०७८
    • २०२ पटक पढिएको
  • छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

    काठमाडौं,माघ २९ गते । चालू आ व २०७८÷७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ ।जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ करोड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्र

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १४८ पटक पढिएको
  • वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

    काठमाडौँ, माघ २९ गते । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको जानकारी दिनुभयो ।मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्

    • प्रकाशित मितिः माघ २९, २०७८
    • २५७ पटक पढिएको
  • नेपाल– ओमानबीचको खेल दिउँसो ३ः४५ बजे देखि

    काठमाडौँ,माघ २८ गते –  ओमानमा आजबाट चारदेशीय टी(२० क्रिकेट श्रृखंला सुरु हुँदैछ। आजको खेलमा नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार ३ः४५ बजेदेखि सुरु हुनेछ।नेपालले ओमानसँग पछिल्लो टी– २० सन् २०१९ मा खेलेको थियो जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।  सन्दिप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेयता लामिछानेको नेतृत्वमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दै हो

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १५८ पटक पढिएको
  • पूरा तलब नपाएको भन्दै १२ दिनदेखि गाउँपालिकामा धर्ना

    सिरहा,माघ २८ गते –  सिराहाको लक्ष्मीपतारी गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास केन्द्रका सहजकर्ता, कर्मचारी र कार्यालय सहयोगीले संघीय सरकारले घोषणा गरेअनुसारको तलब माग्दै १२ दिनदेखि गाउँपालिकाको मूलढोकामा धर्ना दिएका छन् । गाउँपालिकाअन्तर्गत रहेका सात माविसहित १७ सामुदायिक विद्यालयमा कार्यरत ५१ जना बालविकास सहजकर्ता, कर्मचारी तथा कार्यालय सहयोगीले मासिक १५ हजार रुपैयाँ तलब माग्दै १६ माघदेखि धर्ना दिएका हुन् । धर्ना दिएको डेढ हप्ता बिते पनि गाउँपालिकाले बेवास्ता गरेको आधारभूत विद्यालय धन्छवारका कर्मचारी रामकुमार यादवले गुनासो गरे ।बिहmष् गिनबमजगलभ कबदगलगाउँपालिकास्तरीय बालविक

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २२४ पटक पढिएको
  • पूर्वी चितवनमा वर्डफ्लु भेटियो

    चितवन,माघ २८ गते –  चितवनमा वर्डफ्लु भेटिएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका– ६ मा रहेको अनिता पशुपंछी तथा कृषि फर्ममा रहेका कुखुरामा वर्डफ्लु ुएचु भेटिएको हो। कुखुरा मर्न थालेपछि कुखुराको स्वाब निकालेर परिक्षण गर्दा वर्डफ्लु भएको पुष्टि भएको हो। उक्त फार्ममा रहेका दुई हजार कुखुरा नष्ट गर्न थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले बताए। ‘कुखुरामा वर्डफ्लु भेटिएपछि त्यस फार्मदेखि वरपर सय मिटरसम्मका पंछी नष्ट गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आज कुखुरा नष्ट गर्दैछौ।’ जिल्ला वर्ड फ्लु रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर खोरमा भएका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो। बैठक

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९६ पटक पढिएको
  • बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

    सिरहा,माघ २८ गते – धनुषाको जनकपुर उपमहानगरपालिका– ६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका– १० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका– १ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका– ८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका– ७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका– ४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३२६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२