X wada

मुख्य समाचार

    Showing १,७३१-१,७४० of २,९६८ items.
  • पेट्रोलियम पर्दाथको कारोबारमा वृद्धि, छ महिनामा ६५ अर्बको इन्धन आयात

    वीरगञ्ज, फागुन २ गते–  देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चा

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १५० पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    सिरहा,फागुन २ गते – झापा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपलिका– १० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका– ९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ११२ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबानट पक्राउ

    सिरहा,फागुन २ गते – सिन्धुलीको कमलामाई नगरपालिका– ४ स्थितबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका– १ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका– ७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका– १७ राममन्दिर च

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ११२ पटक पढिएको
  • ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

    अर्घाखाँची,फागुन २ गते –  कपिलबस्तुको वाणगंगा नगरपालिकामा ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। वाणगंगा नगरपालिका(९ चौवासमा रहेको रामसमुज थारुको घर गोठमा लुकाइ छिपाइ लोड गरेर राखिएका ५ थान भरुवा बन्दुकसहति ६० वर्षीय थारुलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुंगले बताए। इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले घरमा गइ खान तलासी गर्दा भरुवा बन्दुक बरामद गरेको हो। निज थारुको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरिक्षक गुरुंगले जानकारी दिए

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २५८ पटक पढिएको
  • आगोमा जलेर बृद्धको मृत्यु

    सर्लाही, फागुन  २ गते –  सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका९८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो ।आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।आगो निभाए पनि साहको भने घटना स्थलमै ज्यान गएको थियो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्या

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २६० पटक पढिएको
  • आमाको हत्या, छोरा पक्राउ

    विराटनगर,फागुन २ गते – मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।उर्लाबारी नगरपालिका– ४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ ।चिरपट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०:२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २६१ पटक पढिएको
  • झ्याउरेवासी भन्दछन् : अब पानी लिन खोला झर्नु पर्दैन

    महोत्तरी, फागुन २ गते –  बर्दिबास नगरपालिका–१० को चुरे काछको झ्याउरे बस्तीकी ६० वसन्त पार गरेकी सन्तमाया तामाङका अनुहारमा अहिले चमक आएको छ । आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि उहाँ औधि रमाउनुभएको हो । बर्दिबास–१० र ११ का चुरे काछका विकट बस्तीका १९४ घरपरिवारका लागि शनिबार झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाको काम थालिएपछि बर्खामा खोलाको धमिलो पानी खाँदै आएका यहाँका आधा दर्जनभन्दा बढी बस्तीमा अहिले खुसी छाएको छ ।रोटरी क्लब बर्दिबास र बर्दिबास नगरपालिकाले संयुक्तरुपमा सो आयोजना सुरु भएको हो । उहाँ भन्नुहुन्छ, “पानी लिन अब खोला झर्नु पर्दैन होला ।” ती दुई निकायले ७१ लाखको लागतमा आ

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २०४ पटक पढिएको
  • ‘प्रेम प्रस्ताव राख्ने, मन नपरे गाली होइन माया दिऔं’

    सिरहा, फागुन २ गते – ‘भ्यालेन्टाइन डे’ लाई सेन्ट भ्यालेन्टाइन डे पनि भनिन्छ । यस दिन प्रेमी–प्रेमिकाले एक–अर्काबीच प्रेमभाव दर्शाउँदै माया साटासाट गर्ने गर्छन् । प्रेम प्रस्ताव गर्ने अवसर भनिए पनि प्रेम सफल भएका र अभिभावकको मन्जुरीमा विवाह बन्धनमा बाँधिएका दम्पतिहरूले पनि भ्यालेन्टाइन डे विशेष गरी मनाउने गरेका उदाहरणहरू छन् ।भ्यालेन्टाइन डे फेब्रुअरीको मध्यमा लुपरकालियाको रोमन उत्सवबाट भएको मानिन्छ । वसन्तको आगमनमा मनाइने यो पर्वमा प्रजनन् संस्कार र चिठ्ठामार्फत महिलालाई पुरुषसँग जोड्ने कार्यसँग समावेश थियो । १४औं शताब्दीसम्म भ्यालेन्टाइन डेलाई रोमान्सको दिनको रूपमा मनाउन पाइँदैनथ्यो । अर्काति

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ३४४ पटक पढिएको
  • अनाथ बालबालिकालाई टिसर्ट वितरण

    मलंगवा,फागुन २ गते –  सर्लाहीको मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक एक गैरसरकारी संस्थाले अनाथ बालबालिकालाई टिसर्ट वितरण गरेको छ।संस्थाका अध्यक्ष राजेश पंडितले विवेक कुमार साहको संयोजकत्वमा आयोजित कार्यक्रमबीच मलंगवा नगरपालिका–८मा रहेको बाल मन्दिरको बालगृहमा आश्रय लिएका अभिभावकविहीन बालबालिकालाई टिसर्ट वितरण गरेको बालगृहका संरक्षक तथा लेखापाल राम लखन महतोले जनाए । बाल मन्दिरकै प्रांगणमा आयोजना भएको कार्यक्रममा संस्थाका सदस्य शिवनाथ यादव,स्वस्तिका कुमारी ,स्वेच्छा सोनी सहभागिता रहेको थियो । वितरण गरिएको टिसर्टमा संस्थाको नाम लेखिएको थियो ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १३९ पटक पढिएको
  • लागुऔषध सहित तीन जना पक्राउ

    सिरहा,फागुन २ गते – छुट्टा–छुट्टै जिल्लाबाट लागु औषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केही स्थानीयको अवरोधका बीच सप्तरी प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।लागुऔषधसहित पक्राउ परेका सप्तरीको राजगढ गाउंपालिका–१ झुटकीका २४ वर्षीय शिवशंकर यादवमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । अघिल्लो दिन शनिबार राती पक्राउ परेका यादवलाई आईतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिए पनि मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा विदा दिएको कारण सोमबार मात्र उपस्थित गराउने डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार व

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १९० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२