X wada

मुख्य समाचार

    Showing १,७०१-१,७१० of २,९६८ items.
  • अवैध लागूऔषध सहित पक्राउ

    सिरहा,फागुन ५ गते – उदयपुरको बेलका नगरपलिका– ८ सिरुवानीस्थित सडकबाट करिब ४ सय केजी अवैध लागूऔषध गाँजा र नगद ६३ हजार २५ रुपैयाँ सहित बेलका नगरपालिका– ८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अवैध रुपमा लागूऔषध गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले कों.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ७३ पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा आगलागीहुँदा लाखौंको क्षति

    सर्लाही,फागुन ५ गते –  सजिल्लाका दुई स्थानमा आगलागी भएको छ । हरिपुर नगरपालिका ३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका ४, निवासी देवराज सिङ्दनको घरमा आगलागी भएको हो ।प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ । त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताक पडा जलेर नष्ट भएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २२५ पटक पढिएको
  • वैदेशिक रोजगार विभागमा प्रहरी परिचालन

    काठमाडौं, फागुन ५ गते –  अनियमितता र ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको गरिएको हो ।विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागमा मङ्गलबारदेखि सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । प्रहरी टोलीले विभागसँग समन्वय गरेर काम गर्ने उहाँले बताउनुभयो । भ्रमण भिसामा नेपाली युवालाई विदेश पठाएर खाडीलगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।सो टोलीले यस विषयलाई समेत निगरानी गर्ने

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १५३ पटक पढिएको
  • बाराबाट लागूऔषध सहित २ जना पक्राउ

    वीरगञ्ज,फागुन ५ गते –  बाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो । बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा. ३९ प.४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजे

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १६३ पटक पढिएको
  • एम्बुलेन्सले ठक्करबाट साइकलयात्रीको मृत्यु

    महोत्तरी,फागुन ५ गते  महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरमा एम्बुलेन्सले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । सम्सी माईस्थान सडक अन्र्तगत रामनगरमा गएराति स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गौशाला नगरपालिका–  ११ भरतपुरका ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । रातिको समयमा गौशालाबाट रामनगरतर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए । गम्भीरअवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १७२ पटक पढिएको
  • एमसीसीबारे सत्ता गठबन्धनमा सहमतिको प्रयास जारी

    काठमाडौँ, फागुन ५ गते –  अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार, संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १६४ पटक पढिएको
  • जातीय विभेद नहटे सम्म मुलुकको विकास सम्भव छैन: अध्यक्ष यादव

    सिरहा,फागुन ५ गते – जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद अन्त्य नभए सम्म मुलुकमा समृद्धि र विकास हुन नसक्ने बताएका छन् ।सन्त शिरोमणी रविदासजी महराजजीको ६४५औं जन्म जयन्तीको अवसरमा बुधबार जनकपुरधाम उपमहानगरपालिका– २४मा आयोजित समारोहमा बोल्दै उनले भने,‘यहाँ व्याप्त जातीय भेदभाव ,छुवाछुत लगायतको विभेदहरुको अन्त्य नभए सम्म प्रदेश मात्र नभइ समग्र मुलुककै विकास सम्भव छैन ।’ ऐतिहासिक मधेश विद्रोहबाट प्राप्त मधेशी ,दलित उत्पीडित वर्गको लागि आरक्षणले मुलुकमा परिवर्तन हुँदै गएको अनुभूति गराए पनि जातीय विभेद भने कायमै रहेको उनले बताए । तर आन्दोलनबाट प्राप्त उपलब्धिका

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ३३३ पटक पढिएको
  • मधेश प्रदेशका १२ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

    सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा भएको छ । राजनीतिक दलसहित स्थानीय तहका जनप्रतिनिधिहरु समेत चुनावी गतिविधिमा होमिसकेका छन् ।तर स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा समेत केही स्थानीय तहहरुले यो वर्षको बजेट अहिलेसम्म ल्याउन सकेका छैनन् ।स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा पेश गर्नुपर्ने प्रावधान छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने उल्लेख छ । तर केही स्थानीय तहले अझैसम्म बजेट ल्याउन सकेका छैनन् ।राजनीतिक दल र जनप्रतिनिधि

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ३३६ पटक पढिएको
  • स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

    सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।पेस गर्नु  पर्ने कागजातहरू दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात त

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १४३ पटक पढिएको
  • बैवाहिक बलात्कारमा श्रीमानलाई साढे तीन वर्ष कैद

    डोटी,फाल्गुन ३ गते । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूविरुद्ध मुद्धा गरेको आक्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पीडितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अव

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • २१७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२