X wada

मुख्य समाचार

    Showing १,६९१-१,७०० of २,९६८ items.
  • एमसीसीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

    काठमाडौं, फागनु ६ गते –  अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान १०:०० बजे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ ।यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको थियो । बिहीबार राति करिब ९:०० बजे बालुकोट पुग्नुभएको प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गर्नुभ

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १२९ पटक पढिएको
  • जलवायु परिवर्तनबारे तालिम सुरु

    सिरहा,फागुन ६ गते – जलवायु परिवर्तन तथा महिला सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सर्लाहीको मलंगवामा सुरु भएको छ ।प्रेरणा परियोजना,एच।आइ तथा भि.एस.ओ को संयुक्त आयोजनामा विहीबारदेखि तालिम सुरु भएको हो । किशोरी सशक्तिकरणकालागि शिक्षा कार्यक्रम (ईंगेज्ड प्रोजेक्ट) अन्तर्गत बालिका तथा समावेशी शिक्षा संजालका सदस्यहरुलाई जलवायु परिवर्तन र महिला सशक्तिकरणबारे जानकारी गराउने उद्देश्यले तालिम संचालन गरिएको प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरीले जानकारी दिए । मलंगवा नगरपालिकाकी उपमेयर शान्ती मिकरानीको अग्रसरतामा सुरु भएको तालिममा मलंगवा नगरपालिका र कौडेना गाउंपालिका अन्तर्गत ११ वटा विद्यालयका शिक्षा

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • २०५ पटक पढिएको
  • नगरपालिकामा तालाबन्दी

    सिरहा,फागुन ६ गते – सप्तरीको सप्तकोशी नगरपालिकामा तालाबन्दी गरिएको छ ।नगरपालिकामा आर्थिक अनियमितता भएको र आय–व्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको भन्दै चारदलीय संर्घष समितिले विहीबार तालाबन्दी गरेको हो । संघर्ष समितिले अनियमितताको छानबिन हुनु पर्ने माग अघि सारेका छन् । संघर्ष समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस नगर समितिका सभापति युवराज खनालले नगरपालिकामा भएको आर्थिक कारोवार र कर्मचारी नियुक्ति प्रक्रियाबारे सम्पूर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएकोले बाध्य भइ तालाबन्दी गर्नुृ परेको बताए । संघर्ष समितिद्वारा पछिल्लो पटक माघ

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १७७ पटक पढिएको
  • सालको काठ सहित एक व्यक्ति पक्राउ

    कलैया,फागुन ६ गते –  बारा जिल्लामा अवैध सालको काठ सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटेको प्रहरी टोलीले अवैध सालको काठ सहित एक जनालाई पक्राउ गरेको हो ।जीतपुरसिमरा उप–महानगरपालिका–२२ मा रहेको हेटौडा पथलैया सडक खण्डको गुण्डु पुल नजिक लोक मार्ग सडक खण्डमा प्रहरीले पिकअपमा रहेको अवैध सालको २० क्युबिक फिट सालको काठ सहित पक्राउ गरेको छ । ना.५ च. २८९० न।को पिकअपमा दश थान सालको फेन्टा सहित मानिसलाई पक्राउ गरिएको ईपका सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १७३ पटक पढिएको
  • फेरि काँग्रेस जिल्ला अधिवेशन दुई दिन सर्‍यो

    काठमाडौं, फाल्गुन ५ गते। नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो।काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो।काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २३३ पटक पढिएको
  • कवाड बन्दै मधेश प्रदेश सरकारको ५ वटा बस

    सिरहा,फागुन ५ गते – मधेश प्रदेश सरकारले झण्डै डेढ वर्ष अघि खरिद गरेको ५ वटा बस कवाडमा परिणत हुँदै गएको छ ।२०७७ कार्तिकमै करिब ४ करोडको लागतमा खरिद गरिएको ५ वटा बस संचालन नभएर लामो सयमदेखि मधेश भवन परिसरमा थन्काएर राखिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो । तर बस सञ्चालनको लागि आवश्यक पर्ने ऐन कानून तथा कार्यविधि नै निर्माण नहँुदा बस खुल्ला चउरमा थन्केर उपयोग विहीन बनेको छ । खुल्ला आकाश मुनि थन्काईएर राखिएको बसको रंङ डिस्कलर हुनुको साथै बैट्री, ईन्जिन , टायर लगायतको सामग्री खराब हुँदै गएको छ । बस संचालनका

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २१४ पटक पढिएको
  • लागूऔषध सहित एक युवक पक्राउ

    सर्लाही,फागुन ५ गते –  प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।नेपाल– भारत सीमास्थित मलंगवा नगरपालिका– ८, बाट चेक जाँचका क्रममा  लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ(रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उ

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २५८ पटक पढिएको
  • माउ र बच्चा गैंडा मृत भेटिए

    चितवन,फागुन ५ गते –  चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडाको खाग र खुर सुरक्षित छन् । गैंडाको मृत्युको कारण खुलेको छैन ।निकुञ्जका एक अधिकारीका अनुसार बच्चा र माउ गैंडाको शरीरमा चिथोरिएका घाउ देखिएको छ । त्यसैले बाघको आक्रमणमा परी मरेको हो कि भन्ने अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकार

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १४० पटक पढिएको
  • सरकारी कार्यालय नै किन्दैन विद्युतीय गाडी, सन् २०३० विस्थापन मुश्किल

    काठमाडौं, फागुन ५ गते – तीन महिना अघि वेलायतमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औ  सम्मेलन (कोप २६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ सम्ममा शुन्य इमिसन ल्याउनेमा सहमती जनाउनु भएको थियो । यस अघि सरकारले युरोपियन युनियनसँग सन् २०३० भित्र फोसिल फिउलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारी प्रयोगको दरमा बृद्धि गर्ने गरी हस्ताक्षर समेत गरी सकेको छ । तर यो लागु गर्न सरकारी कार्याललले विद्युतीय सवारी प्रयोग गर्न चाहेका छैनन् ।सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १२९ पटक पढिएको
  • नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

    काठमाण्डौ,फागुन ५ गते –  महानगरपालिका वडा नं– १६ नयाँ बजार मेडिकल चोक एरियामा केहि ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट हजार दरका २९४९दुई सय चौरानब्बे० थानको २,९४,०००।–९दुई लाख चौरानब्बे हजार० नक्कली नेपाली नोट सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको । पक्राउ परेका  रौतहट गौर नपा– १२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह । रौतहट राजपुर नपा–३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २२५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२