X wada

मुख्य समाचार

    Showing १,६४१-१,६५० of २,९६८ items.
  • अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

    काठमाडौं,फागुन १० गते –  भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ९ सय ३६ ग्राम अर्धठोस सुन सहित बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू५४४०२८१ वाहक ४० वर्षीय पारस नाथ साहले भन्सार छलि ल

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १४२ पटक पढिएको
  • चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

    काठमाडौं,फागुन १० गते –  प्रहरीले लुकिछिपी बस्दै आएका चिनियाँ नागरिकसहित ३७ जनालाई मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुलाई नयाँ बानेश्वर वृतमा राखिएको छ। उनीहरु कल बाइपासमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • ३०३ पटक पढिएको
  • ८ अर्ब ९५ करोड बजेट माग

    काठमाडौं, फागुन १० गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिनुभयो । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिन

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १४१ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,फागुन १० गते – सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २२७ पटक पढिएको
  • वाईसिएल सिरहा द्वारा मसाल जुलुस प्रर्दशन

    सिरहा,फाल्गुन ९ गते । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले आज सिरहाको जिरोमाईलमा मसाल जुलुस प्रर्दशन गरेकोे छ । एमसीसीको एजेण्डालाई संसद्मा टेबुल गराएर भित्र–भित्रै अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै आज धनगढीमाई नगरपालिकाको जिरोमाईलमा वाईसिएलका जिल्ला सभापति विवेब परियारको नेतृत्वमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले खबरदारी समेत गराएको छ ।सर्वसाधारण,युवा तथा वाईसिएल कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडी बढाइने माओवाद

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • ३८३ पटक पढिएको
  • बौद्धबाट बरामद ‘युरेनियम’ भारतीय नागरिकले गयाबाट काठमाडौँ ल्याएका थिए

    काठमाडौं,फागुन ९ गते – नेपालमा १ वर्षको अवधिमा दोस्रोपटक ‘युरेनियम’​ बरामद गरिएको छ । फागुन २ मा बौद्धस्थित ह्यात रिजेन्सी होटलको पार्किङबाट प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २ केजी ८ सय ग्राम युरेनियम बरामद गरेका हुन् । सो युरेनियम कारोबारी बारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । यसअघि २०७७ फागुनमा काठमाडौँ महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले साढे २ किलो युरेनियम बरामद गरेको थियो ।  बरामद गरिएको बस्तुमा युरेनियमको मात्र कत्ति छ भन्ने यकिन भैसकेको छैन । युरेनियमको मात्रा परीक्षणका लागी खानी तथा भूगर्भ विभागमा

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १६७ पटक पढिएको
  • तनहुँमा ई– पासपोर्ट बन्न सुरु

    तनहुँ,फागुन ९ गते – जिल्ला प्रशासन कार्यालयबाट ई(पासपोर्ट वितरण थालिएको छ ।जिल्लाबाट ई(पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ ।कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो ।उनले भने, ‘कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १७४ पटक पढिएको
  • रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ

    काठमाडौं,फागुन ९ गते – रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका(५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका(२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको बुझिएपछि उनलाई सोही ठाउँबाट उक्त छाला सहित फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १९७ पटक पढिएको
  • कोदो खेती लोपो

    सिरहा,फागुन ९ गते – सर्लाही सहित मधेश प्रदेशको जिल्लाहरुमा कोदो खेती लोप हुँदै गएको छ ।नयाँ पुस्ताका किसानलाई कोदोको महत्वबारे जानकारी अभावमा कोदो खेती लोप हुँदै गएको हो । कोदो खेतीले व्यवसायिक रुप समेत लिन नसक्दा कोदो फल्ने खेतमा अन्य बालीहरु लगाइने गरिएको छ । तराईमा कोदोलाई मरुवा भनेर चिनिन्छ । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइने विज्ञहरु बताउँछन् । दुई–तीन दशक पूर्व सम्म सर्लाहीका दर्जनौं गाउँका किसानहरुले कोदो९मरुवा० खेती गर्दै आएका थिए । तर अहिले यसको खेती लगभग विस्थापित नै भइसकेको यहाँका बुढापाका किसानहरू बताउँछन् । पछिल्लो समय मानिसहरु कोदोबाट बन

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २२५ पटक पढिएको
  • सुन–चाँदीको मूल्यमा गिराबट

    सिरहा,फागुन ९ गते – सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँमा किचबेच भइरहेको छ।यसअघि, आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १३ सय ५ रुपैयाँमा  कारोबार भएको थियो।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १५७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२