X wada

मुख्य समाचार

    Showing १,६११-१,६२० of २,९६८ items.
  • क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

    सिरहा,फागुन १३ गते – सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १४० पटक पढिएको
  • वनमा गाडेको अवस्थामा भेटियो बालिकाको शव

    विराटनगर,फागुन १३ गते – मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा शुक्रबार बिहान एक बालिकाको शव फेला परेको छ । लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको र नांगो अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार प्रहरीले शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ । प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको डीएस

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १०८ पटक पढिएको
  • रेल मुआब्जा विवाद समाप्त

    सिरहा,फागुन १३ गते – टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जन बनेको छ । यही फागुन सङ्क्रान्तिका दिनदेखि भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रित्तो रेल चल्न थालेपछि यस भेगमा उल्लास छाएको छ । दैनिक एकपटक आवतजावत गर्ने रेलको आवाज थाहा पाएपछि सबै स्टेसन र रेलमार्ग वरिपरि रमिते जम्मा हुने गरेका छन् । रेलको ‘सिठ्ठी’ पाँचरसात किलोमिटर परसम्म सुनिने हुँदा नजिकका सर्वसाधारण रेल हेर्न दौडने गरेका छन् । चलिरहेको यसको ‘छकछक’ आवाजले पनि सर्वसाधारण मख्ख देखिएका छन् । “आब रेल चल लागल‘१ जल्दिए चढ पैवाक आस जागल” (अब रेल चल्नै लाग्यो नि १ चाँडै चढ् पाइने आस पनि जाग्यो) कुर्

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १३८ पटक पढिएको
  • बिजुली किन्न भारत सहमत

    काठमाडौं,फागुन १३ गते – भारतले नेपालको बिजुली खरिद गर्ने प्रतिबद्धता जनाएको छ। वर्षायाममा खेर जाने बिजुली भारत निर्यातका लागि सैद्धान्तिक सहमति भएको हो। बिहीबार सकिएको नेपाल–भारत सचिवस्तरीय संयुक्त सञ्चालन समितिको नवौं बैठकमा भारतले अन्तरदेशीय विद्युत् व्यापारको प्रचलित नियमअनुसार नेपालको प्रस्ताव चाँडो स्वीकृति गर्ने जनाएको छ।‘स्वीकृतिको टाइमलाइन नै दिन भनेका थियौं। उहाँहरूले हामी चाँडै नै कार्यान्वयन गर्छौं भन्नुभएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने।  नेपालले कालीगण्डकी (१४४), मध्यमस्र्याङ्दी (७०), अपर मस्र्याङ्दी (५०), तामाकोसी (४५६), लिखु (५२.४) समेतको ८ सय मेगावाट बिजुली किनिदिन भा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • ११५ पटक पढिएको
  • एमसीसी भित्र : वार्ता, बाहिर झडप

    काठमाडौं,फागुन १३ गते –  रामेछापकी मनमाया चौलागाईं बिहीबार काभ्रे बनेपाबाट आउँदै थिइन्। टेकु पुग्नु थियो। तर, बसले कोेटेश्वरमै ओराल्यो। हिँडेर जानुपर्ने भयो। बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीचको घम्साघम्सीले पैदल जान पनि कठिन भयो। घरी प्रहरीले अश्रुग्यास हान्थे। घरी प्रदर्शनकारीले ढुंगा हान्थे। भाग्दाभाग्दै ‘बीचमा’ परिने हो कि भन्ने चिन्ता थियो, चौलागाईंलाई। ‘दुःख भनेको त हामी गरिबलाई नै आइपर्ने रहेछ’, उनले अन्नपूर्ण पोस्ट्सित भनिन्। एमसीसीको विपक्षमा रहेकाहरूले प्रतिनिधिसभा बैठक बस्ने दिन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। बिहीबार संसद भवनमा दलहरूबीच वार्ता चलिरहँदा ब

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • ११६ पटक पढिएको
  • पल शाह प्रकरण : कला क्षेत्र होइन, व्यक्ति गलत

    सिरहा,फागुन १३ गते – नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह विवादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई ल

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • ९२ पटक पढिएको
  • युक्रेनको राजधानीमा विस्फोट

    किभ,फागुन १३ गते – युक्रेनको राजधानी किभमा केही स्थानमा विष्फोट भएको खबर बीबीसी हिन्दीमा छ । सीएनएन टोलीले शुक्रबार बिहान किभमा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको र तेस्रो शक्तिशाली विस्फोट राजधानीबाट अलग्गै भएको बताएको छ।पूर्व गृह उप(मन्त्री एन्टोन हाराशेन्कोले युक्रेनको समाचार एजेन्सीसँग विष्फोटको आवाज सुनेको बताएका छन्। उनले क्रुज वा ब्यालिस्टिक मिसाइलको प्रयोग भएको बताएका छन् । युक्रेनी सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैनन् ।युक्रेनको गृह मन्त्रालयका एक अधिकारीले रुसी विमानलाई डार्निटस्कीमा खसालेको बताएका छन् । रुसी जेट ७ ए कोशिट्सिया स्ट्रिट नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले ब

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १५५ पटक पढिएको
  • प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी ।

    सिरहा,फाल्गुन १३ गते । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिना भित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्कर

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १३८ पटक पढिएको
  • एमसीसीमाथि छलफल

    सिरहा,फाल्गुन १३ गते । प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।  संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ । यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १४६ पटक पढिएको
  • सामुदायिक भवन बने पछि स्थानीयहरु खुसी

    सिरहा,फाल्गुन १२ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ फुलबरिया टोलमा प्रदेश सरकारको सहयोगमा सामुदायिक भवन बने पछि उक्त टोलका स्थानीयहरु खुसी भएका छन् । प्रदेश नं. २ अन्तर्गत क्षेत्र नं. ४ क बाट निर्वाचित भएका सांसद दिलपि साहको संसदीय विकास कोषबाट १० लाखको लागतमा भवन बन्ने पछि सामाजिक कामको लागि अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता हटेको स्थानीयले जनाउनु भयो ।  अहिले नायाँ सोचको आधारमा संसदिय कोषको बजेट आई रहेको छ  त्यो बजेट राम्रो संग सदुपयोग भईरहेको छ । दलित वस्तिहरुमा बैठक,भेला, भोज भतेर गर्न दलान ,धर्मउशाला नभएको अवस्था छ । विहेवारी गर्दा धेरै समस्या देखेकोले यस्

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १३० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२