X wada

मुख्य समाचार

    Showing १,५९१-१,६०० of २,९६८ items.
  • चारवटा ट्याक्टर नियन्त्रणमा

    बागलुङ, फागुन १५ गते । कालीगण्डकी नदीबाट अवैध रुपमा निकालिएको नदिजन्य उत्पादन बोकेर गन्तव्यतर्फ जाँदैगरेका चारवटा ट्याक्टर  जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।बागलुङ नगरपालिका –१ खनियाघाटबाट अवैध तरिकाले निकालिएको ढुंगा बोकेर गन्तव्यतर्फ हिँडेका ग १ त ६२११, ग १ त ६७७०, ग १ त ५५४२ र ध १ त ४४७१ नम्बरको ट्याकटर प्रहरीले नियन्त्रणका लिएको हो । ट्याक्टरले ढुङ्गा र बालुवा लिएर आएको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएका ट्याक्टर बागलुङ नगरपालिका –४ को वडा कार्यालयले दिएको अनुमतिपत्र देखाएको तर वडा कार्यालयले नदीजन्य पदार्थ उत्खनन् र ढुवानीका लागि अनु

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १०६ पटक पढिएको
  • संसद बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी

    काठमाडौं,फाल्गुन १५ गते । । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक–पटक सारिएको बैठक आज बस्न लागेको हो ।यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १४६ पटक पढिएको
  • ‘फोहोर प्लाष्टिकुबाट मासिक पचास हजार कमाइ

    उर्लाबारी,फाल्गुन १५ गते । मध्य फागुन भए पनि पश्चिमको चिसो सिरेटोले औसत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन् । ‘भारतमा काम नपाएर बेरोजगार बन्नुभएका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन । असरफुल बिहानै पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै हुनुहुन्थ्यो । “सरकारले रोजगार दिँदैन । ९ जनाको परिवार छ । बिहान–बेलुका खुवाउनै प(यो” मोरङको कानेपोखरी बजारबाट थोरै पूर्वपट्टिको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल बोरामा हाल्दै भारतीय नागरिक मोहम्मद असरफूलले भन्नुभयो ।असरफूल आफ्ना तीन सन्तानका साथ विगत ३ वर्ष यता पूर्व–पश्चिम राजमार्गक

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३६ पटक पढिएको
  • नगरपालिकामा पुनःपार्टी प्रवेश

    सिरहा,फाल्गुन १४ गते । नेकपा माओवादी केन्द्र गाउँ कमिटी वडा नं. ३ सिरहाद्वारा आज शनिबार कुरवा गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । यस अघि वडा नं.२ भवानीपुरमा नेपाली कांग्रेसबाट विजयी भएका पूर्व गा.वि.स.अध्यक्ष गहुम लाल चौधरी लगायतका सयौं जना र वडा नं. ५ स्थित तैंतिस विगहा र मोथियाहीमा दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नव प्रवेशीहरुलाई अबिर लगाई स्वागत गर्नुहुँदै माओवादी केन्द्रका ने

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • ३२२ पटक पढिएको
  • टाइम बम, सेनाद्वारा निष्क्रिय

    महोत्तरी,फाल्गुन १४ गते । महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए । 

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १२३ पटक पढिएको
  • कामदारको पीसीआर निशुल्क गर्ने सरकारको निर्णय

    सिरहा,फाल्गुन १४ गते ।  सरकारले वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर निशु्ल्क गर्ने व्यवस्था गरेको छ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।  संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो । शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निशुल्क पीसीआर परीक्षण हुनेछ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • ११६ पटक पढिएको
  • थप १५५ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

    सिरहा,फाल्गुन १४ गते । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ५१५२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या घटेर ८,८३९ पुगेको छ। त्यस्तै देशभरि थप १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १५९ पटक पढिएको
  • प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

    सिरहा,फागुन १४ गते – महोत्तरीको मटिहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको  आशंका छ । नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ ।  अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन्

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १०५ पटक पढिएको
  • झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

    झापा,फागुन १४ गते – झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ । बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए । “बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौँ”, अनुगमन समितिका संयोजक न्यौपानेले भने, “कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ, तर हामी बजारमा उपभोक्त

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १४९ पटक पढिएको
  • युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन सरकारको आग्रह

    काठमाडौं,फागुन १४ गते – सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ ।युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो । ‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरू तर्फ जा

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १५२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२