भैरहवा,फागुन १६ गते – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सूचारु अघि गरिएको यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सकिएको छ। थाइल्याण्डबाट ल्याइएको विशेष विमानमार्फत उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ। थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर संचारलगायत उपकरणहरूको जाँच गरेको हो। ‘यान्त्रिक उडानको प्रारम्भिक रिपोर्ट अनुसार विमानस्थलमा जडान भएका संचारलगायतका उपकरणहरू ठिक पाइएको छ’ विमानस्थलको आइसीपी टू आयोजनाका प्रमुख प्रविण न्
सिरहा,फागुन १६ गते – संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ
काठमाडौं,फागुन १६ गते – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु ले पत्रकार सम्मेलन गर्दैछन् । प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि सोमबार दिउँसो ३ बजे आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।समसामयिक राजननीति र एमसीसीका विषयमा पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनमा भूमिका खेलेको भन्दै कार्यकर्ताहरु रुष्ट बनेका छन् । सडकमा भातृ संगठनलाई आन्दोलन गर्न लगाएर एमसीसी अनुमोदनमा सघाएको आरोप प्रचण्डमाथि छ
काठमाडौं,फागुन १६ गते – दलहरूले एमसीसीविरुद्ध फरक–फरक शैलीका प्रदर्शन गरेका छन्। कसैले सकडमा धर्ना दिए भने कसले प्रहरीमाथि ढुंगामुढा गरे। केहीले घरेलु हतियारसहित प्रस्तुत भएको देखियो। प्रहरीले हस्तक्षेप गर्दा प्रदर्शनकारीले टायर बालेर सडक तताएका थिए। बानेश्वरस्थित सिभिल हस्पिटल अगाडि नेपाल मजदुर किसान पार्टीले शान्तिपूर्णसभाको आयोजना गरे। उनीहरू भाषण र कवितामार्फत विरोध प्रदर्शन गरे। उता बानेश्वर चोक र बिजुली बजारमा सत्ता पक्ष नेकपा माओवादी केन्द्रसहितका पार्टीका कार्यकर्ताले प्रहरीमाथि प्रहरीमाथि ढुंगा प्रहार गरे। एकीकृत समाजवादी पार्टीका विद्यार्थी संगठनले आफ्नै नेताहरूको दोधारे
काठमाडौं,फागुन १६ गते – काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि कुकर बम फेला परेको छ ।बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गराइएको बताइएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ
सिरहा,फागुन १६ गते – सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ ।आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं,फागुन १६ गते – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाबाट आइतबार ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएपश्चात बिकसित राजनीतिक घटनाक्रमका विषयमा प्रचण्डले आज सम्बोधन गर्न लागेका हुन् ।प्रचण्डले अपराह्न ३ बजे आफ्नै निवास खुमलटारमा विशेष सम्बोधन गर्न लागेका हुन् । माओवादी केन्द्रको सचिवालयले अमेरिकी सहयोग परियोजना एमसीसी लगायत बिकसित राजनितिक घटनाक्रमबारे प्रचण्डले बिशेष सम्बोधन गर्ने जनाएको हो । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर
काठमाडौं,फागुन १६ गते – नेपाल सरकार र अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।आइतबार साँझ ११बुँदे व्याख्यात्मक घोषणा समेटिएको पुरक प्रस्तावसहित एमसीसी सम्झौता संसदको बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता र व्याख्यात्मक घोषणासहितको पुरक प्रस्तावलाई दोस्रो बैठकमा प्रस्तुत गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई ध्वनिमतको प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो ।यसअघि पहिलो बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल भएको
सिरहा,फागुन १६ गते – महाशिवरात्रिमा व्रत बस्ने तथा पूजा गर्ने आफ्नै विधिविधान तथा नियम छन् ।उपवासको प्राथमिक उद्देश्य शरीर तथा मस्तिष्कलाई नियमित जीवनबाट अत्यावश्यक ब्रेक दिनु पनि हो । व्रत बस्दा शरीरमा भएको टक्सिनबाट छुटकारा प्राप्त गर्न मद्दत मिल्छ । व्रतमा तामसिक गुण भएका उत्तेजनात्मक खानेकुरा खानबाट बचिन्छ । व्रतमा ब्रह्मचर्यको पालनले आत्म(संयमको अभ्यास हुन्छ ।व्रत बस्ने निर्णय लिनुअघि आफ्नो स्वास्थ अवस्था कस्तो छ ध्यान पुर्याउनुपर्छ । खराब स्वास्थ स्थितिमा व्रत बस्दा त्यसले स्वास्थ्यमा थप नकारात्मक असर पार्न सक्छ ।व्रतका दिन ब्रह्म मुहूर्तमा उठि नित्य कर्म र स्नान गरि सफा र चोखो पहिरन लगा
सिरहा,फागुन १६ गते – स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी दिए । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ ले आयोगमा दर
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.