X wada

मुख्य समाचार

    Showing १,५५१-१,५६० of २,९६८ items.
  • सुनको मूल्यमा गिराबट

    सिरहा,फागुन १७ गते – सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ। पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० तोकिएको छ। बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजार

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • ११९ पटक पढिएको
  • पीपीए खुलाउन इप्पानको माग

    काठमाडौं,फागुन १७ गते – स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुलाउन माग गरेको छ। इप्पानले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै भनेको छ, ‘प्राधिकरणले पीपीए नगर्दा ऊर्जा उद्यमीहरूको अर्बौं लगानी जोखिममा परेको छ।त्यसैले तत्काल पीपीए खुलाउन माग गर्दछौं।’ ज्ञापनपत्र बुझ्दै घिसिङले आफू उद्यमीहरूको मागप्रति सकारात्मक र संवेदनशील  रहेको बताए। अहिले प्राधिकरणमा ९ हजार मेगावाटभन्दा बढी क्षमताका २ सय १५ वटा आयोजनाले प्रक्रिया र मापदण्ड पूरा गरेर पीपीएका लागि आवेदन दिएका छन्। उत्पादन अनुमतिपत्र लिएकाहरू

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • ११७ पटक पढिएको
  • अचेत अवस्थामा फेला परेका युवक मण्डलको उद्धार

    जनकपुरधाम,फागुन १७ गते –  धनुषा प्रहरीले अचेत अवस्थामा फेला परेको एक युवकलाई उद्धार गरेको छ ।सोमबार बिहान जिल्लाको लक्ष्मीनियाँ गाउंपालिका–१ स्थित नाम ठेगाना नखुलेको अनुमानित २२ वर्षीय बोल्न समेत नसक्ने युवकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवकलाई उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको बताइएको छ । उनी जिल्लाको हंसपुर नपा–४ तिसियाहि घर भइ हाल जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका–१६ कपिलेश्वर बसपार्क नजिकमा डेरा गरी बस्दै आएका हलखोरी मण्डलको छोरा दिपेन्द्र मण्डल रहेको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १७१ पटक पढिएको
  • सप्तरीका युवकले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

    सिरहा,फागुन १७ गते –  सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ ।हनुमाननगर कंकालिनी नगरपालिका(१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ । यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय लागेको छ । ‘एक महिना सामानको जोहो गर्नै लाग्यो’ झा भन्छन्, ‘त्यसपछि दुई सातामै निर्माण गरेको छु ।’ विराटनगरको मनमोहन मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियर अध्ययन गर्ने उनी हालै कोरोनाका कारण एक महिना कलेज बन्द भएपछि गाउँ फर्किएका थिए । त्य

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १२० पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा विहीबारदेखि सुरु हुने

    सिरहा,फागुन १७ गते – मिथिला मध्यमा १५ दिने परिक्रमा यस वर्ष फागुन १९ गतेदेखि प्रारम्भ हुने भएको छ ।मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित गरिने यस परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । मिथिला बिहारीको डोला सहितका यात्रीहरु विहीबार जनकपुरधामको हनुमाननगर स्थित हनुमान गढी पुग्ने र विश्राम गर्ने कार्यक्रम रहेको छ । शुक्रबार किशोरीजीको डोला हनुमानगढी पुगेर सोही दिन भारत बिहारको मधुबनी जिल्लाको नेपाल सीमावर्ती क्षेत्रमा रहेको कल्याणेश्वर महादेव स्थान पुग्ने सुन्दर सदनका महन्त नवकिशोर शरणले

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १५३ पटक पढिएको
  • रुसले प्रतिबन्धित बम प्रयोग गरेको युक्रेनी राजदूतको दाबी

    वासिङटन डिसी,फागुन १७ गते – अमेरिकाका लागि युक्रेनका राजदूतले युद्धको पाँचौं दिन सोमबार युक्रेनविरुद्धको युद्धमा रुसले प्रतिबन्धित थर्मोबारिक हतियार प्रयोग गरेको अमेरिकी सांसदहरूलाई बताए। रसियाले आज भ्याकुम बम प्रयोग गरेको छ, जुन जेनेभा कन्भेन्सन अन्तर्गत प्रतिबन्धित छु, युक्रेनी राजदूतले भने। थर्मोबारिक हतियारमा परम्परागत गोली बारुद प्रयोग गरिंदैनन्। यो उच्च दबायुक्त विस्फोट हुने खालको हुन्छ। यसले वरपरको वायुमण्डलबाट अक्सिजन सोसेर शक्तिशाली विस्फोट गराउँछ। ह्युमन राइट्स वाचका अनुसार रुसी गणतन्त्र चेचन्यामा यसको प्रयोग पहिले नै देखिएको छ। यसअघि शनिबार, सीएनएनले रूसी शहर बेलगोरोड नजिकै थर्

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १४८ पटक पढिएको
  • आज देशभर महाशिवरात्रि पर्व मनाइँदै

    सिरहा,फागुन १७ गते – फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ । जनकपुरधामको शिव मन्दिर, कपिलेश्वर महादेव मन्दिर जलेश्वरको जलेश्वर महादेव मन्दिर, टुटेश्वर,पशुपतिनाथ मन्दिर,सिरहाको सारसरनाथ मन्दिर,ताकेस्वरनाथ मन्दिर महादेव मन्दिरमा श्रद्धालुभक्तजनको उल्लेखनिय उपस्थिती रहेको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १८० पटक पढिएको
  • स्थानीय निर्वाचन :१०० न्यायाधीश र ७०० उपसचिव खटाउने तयारी

    सिरहा,फाल्गुन १७ गते । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि एक सय न्यायाधीश र ७ सय उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।जिल्ला न्यायाधीश र न्यायसेवाका कर्मचारीहरुले नपुग्ने भएपछि आयोगले निजामती सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाउने गृहकार्य गरेको हो । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ ।आयोगका अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा जिल्ला न्यायाधीशले नै निर्वाचन अधिकृतको काम गर्नेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ८९२० मा भनिएको छ, ‘मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्व

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • ११५ पटक पढिएको
  • धनुषा : डेढ महिनामा ९ वटा बालविवाह रोकियो

    जनकपुर,फाल्गुन १७ गते । धनुषा प्रहरीले डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ६ वटा बालविवाह रोक्न सफल भएको प्रहरीले बताएको हो ।धनुषाको शहिदनगर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा बालविवाह रोक्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउँछन्। सबैभन्दा बढी बालविवाह विदेह नगरपालिकामा भएको उनको भनाइ छ ।बस्नेतले भने, ‘बालविवाह हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ  तत्काल प्रहरी ट

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • ११३ पटक पढिएको
  • शिवरात्रि र गाँजाको सम्बन्ध

    सिरहा,फाल्गन १७ गते । पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको आगमनको संकेतका रुपमा पनि मानिन्छ ।शिवको अर्थ कल्याण, समृद्धि हो । संस्कृत भाषामा ‘शिव’ को अर्थ अरुको हित गर्ने, परोपकार गर्ने हो । समग्र चराचर जगतको कल्याणका लागि साधना, ध्यान, सिद्धि नै हो भनेर पूर्वीय दर्शनले मानेको छ । शिवजीको जुन आकृति प्रचलनमा छ, त्यसमा शिवजीले सधैँ

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२