X wada

मुख्य समाचार

    Showing १,५२१-१,५३० of २,९६८ items.
  • लागुऔषध गाजासहित युवक पक्राउ

    धनुषा,फागुन १९ गते – धनुषाबाट प्रहरीले लागुऔषध गाजासहित एकयुवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका–९ कुसमाहा सतोषर बस्ने ३० वर्षीय लालबाबु कापर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरी टोलीले उनलाई घरनजिकै कालो प्लास्टिक लिएर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा गाजासहित पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कापरको साथबाट ६ सय ग्राम गाजा बरामद भएको हो ।कापरमाथि लागऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक दिन १० दिनक

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १२८ पटक पढिएको
  • आममाफीबाट कतारमा १४ हजारभन्दा बढी लाभान्वित

    दोहा,फागुन १९ गते – आममाफीबाट कतारमा १४ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।कतारले आफ्नो गैरकानुनी अवस्था सच्याउनका लागि गत वर्ष १० अक्टोबरदेखि आममाफीको घोषणा गरेपछि हालसम्म २८ हजार ४७६ भन्दा बढी श्रमिकहरुको अनुरोध प्राप्त गरेको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयले सच एण्ड फलो विभागमा गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म ८ हजार २२७ जना स्वदेश फर्किएका र ६ हजारले कागजपत्र नियमित गराएर वैधानिकता लिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार आममाफी अवधिका लाभग्राहीलाई स्वदेशभित्र रहेको अवस्थामा कानुनी हैसियत सच्याउन र सच्याउन नसके देश छाड्न समेत सबै सुविधा उपलब्ध गराउने जनाएको छ ।कम्

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १५७ पटक पढिएको
  • सुनको मुल्यमा गिराबट

    सिरहा,फागुन १९ गते – सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ ।यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १४६ पटक पढिएको
  • महाकवि विद्यापति संग्राहलय

    सिरहा फागुन १९ गते । ऐतिहासिक तथा पुरातात्विक स्थल सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखर बनौलीमा रहेको महाकवि विद्यापति गढमा घेराबेरासँगै संग्राहलय भवन र शिव मन्दिरको निर्माणको कार्य भइरहेको छ । ऐतिहासिक तथा पुरातात्विक हिसावले सम्पन्न रहेको उक्त स्थानलाई संरक्षण सम्बर्धन गर्न प्रदीप गिरीको सांसदीय विकास कोषबाट ४५ लाखको लागतमा विभिन्न संरचनाहरुसँगै बन्न लागेको दुई तल्ले भवनभित्र पहिलो तल्लामा कार्यालय र पाहुना घर तथा अर्को तल्लामा महाकवि विद्यापति सम्बन्धी भेटिएका प्रमाणहरुको संग्रहसँगै दस्तावेज, लेख, रचनाहरु रहने जनाइएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको विद्यापति गढलाई पुरातत्व वि

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • ११८ पटक पढिएको
  • राजर्षि जनक विश्वविद्यालयमा तोडफोड

    सिरहा,फागुन १९ गते – जनकपुरधाममा रहेको राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले परीक्षा सारिएको विरोधमा तोडफोड गरेका छन् ।बुधवार हुने परीक्षा एक्कासी सारिएको विरोधमा बिबिए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन । बिना सूचना परीक्षा सारिएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरु तोडफोडमा उत्रेका हुन् । विश्वविद्यालयले पटक÷पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए । ‘हामी परीक्षा दिन ११ वजे नै कलेज पुग्यो । तर त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो ।किन पर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १०३ पटक पढिएको
  • मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

    सिरहा,फागुन १९ गते – चोरी भएको मोटरसाइकल सहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्लाको हंसपुर नगरपालिका–५ का राम बरण सदाको २० वर्षीय छोरा उमेश माझी र नम्वर उप्केको डिस्कभर मोटर साईकल चालक सोही ठाउँका गंगा मण्डलको छोरा २५ वर्षीय छोरा लक्ष्मेश्वर मण्डललाई चोरीको मोटरसाइकल सहिपक्राउ गरेको छ । गत फागुन १६ गते चेक जाँचको क्रममा ज ४ प ६३९६ नम्बरको मोटरसाईकल सवार भएको चालक र अर्को नम्बर प्लेट उप्काएको मोटरसाईकलमा सवार चालकलाई शंकास्पदरुपमा आउँदै गरेकोमा उनीहरुलाई रोकी सोधपुछ गर्दा ज ४ प ६३९६ नं।को मोटरसाइकल बताएकोमा निजहरुसंग सो मोटर साईकल

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १३६ पटक पढिएको
  • ११ लाख बराबरको सामान बरामद

    सिरहा,फागुन १९ गते – भन्सार छली गरी भारतबाट नेपाल ल्याउंदै गरेको करिब ११ लाख बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले सोमबार राती जनकपुर उप– महानगरपालिका– ४को सडक खण्डमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली गरी ल्याइएको २ लाख ३० हजार ७ सय ५० मूल्यको चिनी, राजनिवास लगायतका किराना सामानहरु वेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ । त्यसै गरी सोही दिन राती जिप्रका धनुषाबाट खटेको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जनकपुर उप–महानगरपालिका– ४ विद्यापति चोकबाट १ लाख ३७ हजार २० रुपियाँ मूल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले स

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १३० पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा आज देखि प्रारम्भ

    सिरहा,फागुन १९ गते – मिथिला मध्यमा परिक्रमा विहीबारदेखि प्रारम्भ हुने भएको छ । मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला विहीबार साँझ जनकपुरधाम हनुमाननगरको हनुमानगढीमा आइपुग्ने जनाइएको छ ।डोलासहित आएका परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गर्ने परम्परा रहिआएको छ । मिथिला बिहारीको डोला सहितका यात्रीहरुले विहीबार जनकपुरधाममै विश्राम गर्ने भएपनि औपचारिक रुपमा भने शुक्रबार जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित भारत बिहारको कल्याणेश्वर स्थानमा कल्याणेश्वर महादेवलाई साक्षी राखेर औपचारिक रुपमा परिक्रमा प्रारम्भ हुने परम्परा रहेको सुन्दर सदनका महन्त

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १७९ पटक पढिएको
  • गाँजा सहित पाँच पक्राउ

    सिरहा,फागुन १९ गते – मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ भने ४ हजार १ सय गाँजाको बोट नष्ट गरेको छ ।सो क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित सर्लाही प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।मलंगवा नगरपालिका– ८मा रहेको गोरखकाली प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलबार दिउँसो १२ बजे चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पुमा सवार भारतको सितामढी जिल्ला ग्राम पञ्चायत राजा परसौनी–१ का २३ वर्षीय मो।साकिर, सोही ठाउँका वडा न–९ का ३५ वर्षीय नुर मोहम्मद राई र शिवहर जिल्ला्राम पञ्चायत सलिमपुर–१३ क

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १०४ पटक पढिएको
  • निर्वाचनमा उम्मेदवारको खर्च सीमा

    सिरहा,फाल्गुन १९ गते । नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको आवधिक निर्वाचन हँुदैछ । सरकारले २०७९ साल वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ । तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचन आयोगलाई सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सार्थक सहयोग आवश्यक हुन्छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्च मितव्ययी र पारदर्शी हुनु जरुरी हुन्छ । निर्वाचनमा दलले र उम्मेदवारले गर्ने खर्चको सही व्यवस्थापन हुन सकेन भने त्यसले उम्मेदवारहरू बीचको प्रतिस्पर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १३६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२