X wada

मुख्य समाचार

    Showing १,५११-१,५२० of २,९६८ items.
  • पाँचवटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

    महतोत्तरी,फाल्गुन २१ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट  भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालवस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • ११६ पटक पढिएको
  • मिथिला माध्यमिकी परिक्रमा आज गिरीजा स्थान

    जनकपुरधाम,फाल्गुन २१ गते । १५ दिने मध्यमा परिक्रमा आज गिरीजा स्थान पुगेको छ ।कलानेश्वर बाट आज गिरिजा स्थान पुगेको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा बिहीबारदेखि विधिवत् रुपमा सुरु भएको हो । मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नुपर्दछ कि सनातन संस्कारको महान् अनि पावन उदाहरणीय घटनामध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासँग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाउँ, चोक अनि चौतारीमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसात गरिन्छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • १५९ पटक पढिएको
  • न्यूनतम् शुल्कमा गुणस्तरीय शिक्षा

             सिरहा,फाल्गुन २० गते ।  दक्ष एवम् गुणस्तरीयता सहितको सिभिल ईन्जिनियरिंग र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको शिक्षा अब मनमोहन प्राविधिक विश्वविद्यालयले दिने भएको छ । विश्वविद्यालयद्वारा सिरहाको लहानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक नं. प्रदेश सरकारद्वारा नेपालकै पहिलो विश्वविद्यालयको सम्बन्धन पाएका मनमोहन प्राविधिक विश्व विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने उद्देश्यसहित यसपल्ट सिभिल ईन्जिनियरिंगमा २४ सिट र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको लागि २४ सीटमा भर्ना खोलिएको हो । युवाहरुलाई प्राविधिक शिक्षा

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • २३४ पटक पढिएको
  • गर्भवतीको मृत्युपछि उदयपुर अस्पतालमा तनाव

    उदयपुर, फागुन २० गते। उदयपुर अस्पतालमा गएराति गर्भवतीको मृत्यु भएपछि शुक्रबार तनाव भएको छ। उदयपुरगढी गाउँपालिका–६ की ३२ वर्षीया सीता राउत कार्कीको प्रसूति सेवा लिने क्रममा मृत्यु भएको हो। गर्भवतीको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले लापरवाही भएको भन्दै आक्रोश पोख्ने क्रममा तनावपूर्ण स्थितिको सिर्जना भएको हो।सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड भएको छ। अस्पतालका चिकित्सकमाथि हातपात भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा टोली अस्पतालभित्र र आसपासमा खटिएका छन्। आक्रोशित भीडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउ

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • १५५ पटक पढिएको
  • माओवादी केन्द्रीय समिति बैठक : स्थानीय चुनावको विषयमा छलफल

    काठमाडौं, फागुन २० गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थानीय चुनाव केन्द्रित भएको छ।शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय चुनावको तयारीमा केन्द्रित हुन जोड दिनुभएको हो। नेता देव गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्दै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो।गठबन्धनकै आधारमा निर्वाचनसम्म जाने र पुरै निर्वाचनको तयारीमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।नेता गुरुङका अनुसार एमसीसी परियोजनाको विषयमा दलहरुबीच सहमति नजुटेपछि व्याख्यात्मक टिप्पणीमार्फत् यसलाई अगाडि बढाएको

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • १७० पटक पढिएको
  • सिरहा र झापामा दुई जना किशोरी बलात्कृत

    काठमाडौं,फाल्गुन २० गते । झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले गौरिगंज गाउँपालिका–२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार पक्राउ गरेको छ ।खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।यस्तै, सिरहामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान पक्राउ गरेको छ । घरमा

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • ११० पटक पढिएको
  • करेन्ट लागेर वडासदस्यको मृत्यु

    तनहुँ,फाल्गुन २० गते । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए । नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेक

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • ९४ पटक पढिएको
  • वर्षौं पुरानो दुर्गा भगवतीको घण्ट चोरी

    डोटी,फाल्गुन २० गते । अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलाको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।उनले भने, “यही फागुन १८ गते राति उक्त घण्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।” मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जि

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • ८६ पटक पढिएको
  • स्थानीय तहको निर्वाचन स् मतदाता नामावलीमा आजदेखि दाबी–विरोध

    सिरहा,फाल्गुन २० गते । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी(विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • १२४ पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

    काठमाडौं,फाल्गुन २० गते । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५।३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।यो मूल्य समाय

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • १२१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२