X wada

मुख्य समाचार

    Showing १,४७१-१,४८० of २,९६८ items.
  • एक रूपियाँको सिक्का निष्कासन

    काठमाडौं, फागुन २४ गते –  नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ । सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यसको माथिल्लो भागमा अङ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १५६ पटक पढिएको
  • ४५ लाखमा राम जानकी सामुदायीक भवन

    अनुभक्त चौधरी,सिरहा,फाल्गुन २४ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र नरगी टोलमा मधेश प्रदेस सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको ४५ लाखको लागतमा राम जानकी सामुदायिक भवन निर्माण भएको छ ।  रामजानकी मन्दिरको नाममा रहेको डेढ कठ्ठा जग्गामा बनेको दुई तल्ले भवन विशेषतः विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा सार्वजनिक कामको लागि निर्माण गरिएका हुन् । भवनको पहिलो तल्लामा ठूलो हल रहेको छ भने माथिल्लो तल्लामा विश्राम स्थलको लागि ४ वटा ठूलठूला कोठासँगै आवश्यक संरचनाहरु निर्माण भएका छन् । बहुसंख्यक दलित एवम् विपन्न परिवार मुसहर जातिहरुको बसोबास रहेको उक्त ठाउँमा सामुदायिक भवन बनेपछि उक्त समुदायका

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १६० पटक पढिएको
  • मोटरसाइकल जुध्दा पाँच घाइते, तीनको अवस्था गम्भीर

    बारा,फागुन २४ गते –वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् ।जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र। ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १२९ पटक पढिएको
  • सिरहा कांग्रेस निर्वाचनमा यी कुराले प्रष्ट हुन्छ धाँधली

    सिरहा,फागुन २४ गते – सिरहा कांग्रेसको सोमबार नेतृत्व चयनका लागि गोलबजारमा मतदान हुँदै थियो । गोलबजारमा मतदान गराउँदा सुरुदेखि नै रामचन्द्र यादव पक्षले धाँधली गर्ने रामसुन्दर चौधरी पक्षको आकलन थियो । के उनीहरुको आकलन सही छ । हेरौँ, यी कुराहरुले जसले प्रष्ट हुन्छ । प्रहरी प्रशासन र निर्वाचन अधिकृतको आडमा धाँधली भएको छ । १. मतपत्रमा सिरियल नम्बर र अधकट्टी नहुनु मतदान स्थलको विषयमा विवाद थियो । त्यही विवादबीच निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको थियो । प्रक्रियामा रामसुन्दर चौधरी पक्षले भाग लियो । रामसुन्दर चौधरी पक्षले निर्वाचन अधिकृत संजीव लामालाई मतपत्रमा सिरियल नम्बर र अधकट

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १,०७० पटक पढिएको
  • घाटा न्यूनीकरण गर्दै निगम : पम्पको कमिसन घट्यो, कर्मचारीको पोसाक खर्च हट्यो

    सिरहा,फागुन २४ गते – नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले पाउने कमिसन कटौती गर्ने निर्णय गरेको हो । निर्णयअनुसार ढुवानीकर्ता तथा बिक्रेताले प्रतिशतका आधारमा पाउने कमिसनलाई भने यथावत् राखिनेछ । यसको अर्थ माघ ७ गते बसेको बोर्डको बैठकअनुसार एक लिटर पेट्रोल बेचेबापत बिक्रेताले

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १२४ पटक पढिएको
  • महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ स्राष्ट्रपति

    काठमाडौं, फागुन २४ गते – राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १५८ पटक पढिएको
  • परिक्रमा यात्रीको मृत्यु

    जनकपुर,फागुन २४ गते – १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा बेहोश भएर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टीका राजेन्द्र साहकी ५० वर्षीया श्रीमती प्रमीला देवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ होत्तरीको मटिहानीबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत सोमबार जलेश्वर नगरपालिका–२ साउजीपट्टी नजिक पोखरीमा नुहाउने क्रममा रिंगटा लागेर उनी बेहोस भएकी थिइन् । उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएको थियो भने सो क्रममा उनको मृत्यु भएको जनाइएको छ । उनको शव परीक्षणका लागि जलेश्वर अस्

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १५७ पटक पढिएको
  • भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

    सिरहा,फाल्गुन २४ गते । । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो ।घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । ती महिलाको नाम ठेगाना खुलेको छैन ।टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक ९एसपी० शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १३० पटक पढिएको
  • हत्यामा सहयोग गरेको आरोपमा एक पक्राउ

    सिरहा,फाल्गुन २३ गते। सिरहा प्रहरीले २२ वर्षिय पुजा सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पूजा हत्यामा सहयोग गरेको भन्दै सिरहा कल्याणपुर नगरपालिका ४ जमुवाका २६ वर्षिय मन्तोष कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले पक्राउ गरेको हो ।पक्राउ परेका साहलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।यस अघिनै प्रहरीले कर्जन्हा नपा ७ का अमर राउतलाई नियन्त्रणमा लिएको छ । राउत सहितको समूहले पूजालाई कर्जन्हा नपा ७ कै कमला नद

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १५६ पटक पढिएको
  • महिलामाथि कुटपिट

    सप्तरी फागुन २३ गते –  आरक्षमा दाउरा लिन गएकी गर्भवती महिलामाथि कुटपिट गरिएको छ । कुटपिट गर्ने आरक्षका कर्मचारीलाई कारवाही गर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । कञ्चनरुप नगरपालिका ५ स्थित पथरी पोष्टमा आयोजित सर्वपक्षीय भेलामा संरक्षण अधिकृतले खतिवडाले महिलामाथि कुटपिट गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरण लिने र कारवाही गर्ने बताउनुभयो । सो क्षेत्रभित्र दाउरा लिन गएकी पुकार सरदारका पत्नी सरस्वतीदेवी सरदारको पथरी पोष्ट गेम स्काउटका सञ्जय चौधरीले कुटपिट गरी घाते बनाएका थिए ।कुटपिटले उहाँ घाइते हुनुभएको छ । पीडित महिला ६ महिनाकी गर्भवती रहेको स

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १३४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२