X wada

मुख्य समाचार

    Showing १,४११-१,४२० of २,९६८ items.
  • चौबीसै घण्टा सञ्चालन गर्न पाइने

    काठमाडौं, फागुन २७ गते – होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।प्रतिवेदनले

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १७८ पटक पढिएको
  • सम्पत्तिमा समान हकका अस्पष्टता

    काठमाडौं,फागुन २७ गते – सर्वोच्च अदालतबाट २०७६ असार २२ गते उत्प्रेषणसहितको परमादेश रिटमा विवाहित छोरीले पनि अंश पाउने गरी फैसला भयो। उक्त फैसलाले संविधानको धारा ३८ ९१० मा समेत आधारित भएर प्रत्येक महिलाको वंशीय हक कायम गरिदिएको छ। फैसला, महिलाको हक अधिकार कार्यान्वयन गर्न कोशेढुंगा साबित हुनुपर्ने हो। तर सोही फैसलालाई आधार मानेर गरिएको एक मुद्दामा जिल्ला अदालत कास्कीले महिलाको वंशीय र अंशीय हक अधिकार खोसेको छ। एक महिलाले माइतीपक्षसँग अंश माग गर्दै मुद्दा दायर गरेकी थिइन्। न्याय पाउने आशामा अदालतको ढोका ढकढक्याउँदै गएकी उनलाई जिल्ला अदालत कास्कीले अंश नदिई निरास बनाएर फर्कायो। जबकि संविधान, कानु

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३३ पटक पढिएको
  • कञ्चवनमा होरी खेलियो, परिक्रमा आज पर्वतामा

    धनुषा,फागुन २७ गते – मिथिला मध्यमा परिक्रमाका यात्रीहरु विहीबार कञ्चन वनमा होरी उत्सव मनाएका छन् । मिथिलाको महाकुम्भ समेत मानिने १५ दिने मध्यमा परिक्रमा विहीबार सातौं दिन कञ्चनवन पुगेको हो । भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होरी खेलेको स्मरणमा यात्रीहरुले कञ्चनवन पुगेर प्रत्येक वर्ष होरीउत्सव मनाउने परम्परा रहिआएको सुन्दर सदनका महन्त नवलकिशोर शरणले जानकारी दिएका छन् । उनले भने,‘मिथिलामा आजको दिनबाटै औपचारिक रुपमा होरी महोत्सव मनाउने प्रारम्भ हुने गरेको छ ।यो अत्यन्त महत्वपूर्ण दिन हो ,हुन त परिक्रमाको १५ दिन नै महत्वपूर्ण रहेको भएपनि आजको दिनलाई विशेष महत्वको रुपमा हेरिन्छ ।’

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १८८ पटक पढिएको
  • श्रम डेस्क हटाइयो

    काठमाडौं, फागुन २७ गते – वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा उक्त श्रम डेस्क हटाउने भएको हो । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीले बुधबार विमानस्थलमा राखिएको श्रम डेस्क हटाएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अनलाइन सूचना प्रणाली ९फेमिस० कार्यान्वयनमा आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको हुँदा हटाइएको जानकारी दिनुभयो ।उहाँका अनुस

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३६ पटक पढिएको
  • भन्सार छली गरी ल्याइएको अवैध सामान बरामद

    सिरहा,फाग २७ गते – भारतबाट भन्सार छली गरी ल्याइएको तीन लाख उनाइस हजार भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार सबैला प्रहरी चौकी समेतबाट खटेको संयुक्त टोलीले सबैला नगरपालिका– ९बाट ३ लाख १९ हजार ५ सय २० रुपियाँ बराबरको चीनी ,खानेतेल लगायतका सामानहरु बरामद गरेको हो । वेवारिसे अवस्थामा फेला पारिएको सो सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि जनकपुरधाम भन्सार कार्यालयमा बुझाइएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १८१ पटक पढिएको
  • सुपारी,केराउ र मरीच आयात खुला

    काठमाडौं, फागुन २७ गते – लामो समयदेखि प्रतिबन्ध लगाइएको केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आव २०७८/७९ का लागि ती वस्तुको आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेको जनाएको छ । यससम्बन्धी अनुमति दिँदै बिहीबार राजपत्रमा सूचना प्रकाशन भएको छ ।औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैँले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ । यसअघि २०७६ चैत २४ गते राजपत्रमा नै सूचना प्रकाशित गरेर ती वस्तुको पैठारीमा बन्देज लग

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २२५ पटक पढिएको
  • नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

    सप्तरी, फागुन २७ गते –  नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २०३ पटक पढिएको
  • श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको ११६ वर्षको उमेरमा निधन

    कोलम्बो,फागुन २७ गते –  श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।  उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो । श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो । उनी १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो । उनी दुई छोरा र एक छोरीकी आमा थिइन् । उनका श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो ।  उनी शाकाहारी थिइन् । उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना&n

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १६९ पटक पढिएको
  • वडा सदस्यको निधनमा नगरपालिकामा विदा

    सिरहा,फाल्गुन २७ गते । सिरहाको गालवजार नगरपालिकामा वडा सदस्यको निधनको शोकमा आज एक दिन विदा दिने निणर्य गरेको छ । गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरका वडा सदस्य डोमी चमारको निधनमा आज नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द रहेको जनाईएको छ ।नगरपालिकाको २६ गतेको निणर्यले शुक्रबार एक दिन नगरपालिकाको कार्यालय र अन्र्तगतका वडा कार्यालयहरु बन्द रहने निणर्य गरेको छ । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १७२ पटक पढिएको
  • आज सहिदद्वारको उद्घाटन

    जनकपुरधाम,फाल्गुन २७ गते । मधेश आन्दोलनमा सहादत दिएका सहिदहरुको सालिक सहितको सहिदद्वारको शुक्रवार उद्घाटन हुने भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार जनकपुरधामको उत्तरी प्रवेशद्वार मुजेलियामा रहेको छ ।भगवान रामको पूर्ण कदको प्रतिमा सहितको धनुषाकार द्वारको बीचमा सहिद निकु यादव, दिलिप यादव र सञ्जय चौधरीको शालिक राखिएको छ ।उनीहरु मधेश आन्दोलनको क्रममा जनकपुरधाममा सहिद भएका थिए ।तीनै जनाको अन्त्येष्टि गरिएकै स्थल नजिक निर्माण गरिएको द्वारको दुबै तर्फ मधेश आन्दोलनका अन्य सहिदहरुको विवरण उल्लेखित स्तम्भहरु राखिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको ४ करोडको लागतमा सहिदद्वारको निर्म

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२