X wada

मुख्य समाचार

    Showing १,४०१-१,४१० of २,९६८ items.
  • वीरगन्जमा बर्डफ्लू, १९ सय कुखुरा मरे

    वीरगन्ज,फागुन २७ गते –  वीरगन्जमा पनि कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ। वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो। बर्डए फलु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वठा कुखुरा मरेका छन् ।  फर्ममा रहेका कुखुराहरु बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए। जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएक

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २१७ पटक पढिएको
  • घरघरमा कांग्रेस, जनजनमा कांग्रेस अभियान सञ्चालन गरिने

    काठमाडौं,फागुन २७ गते – नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । बैतडीमा  नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको हो । चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिएका छन् । जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु हुनेछ । उनले भने, “हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ । सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।” यही फागुन २९ गतेदेखि

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २०८ पटक पढिएको
  • भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई अध्यागमनले फर्कायो

    काठमाडौं,फागुन २७ गते –  त्रिअविले भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई ुशंकास्पद यात्राु भन्दै फर्काएको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ुशंकास्पद यात्राु भन्दै उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो। अध्यागमनले दुई दिनको अवधिमा ९२४ र २५ फागुनमा० २३ जनालाई शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए। मानव तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाई गर्न थालेको छ। अध्यागमनका अधिकारीहरुले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन्।  फिर्ता हुनेहरुमा दुबई हिँडेका काठमाडौंका शैर

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १५८ पटक पढिएको
  • एमसीसी आयोजनाका ठेक्का लिन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं,फागुन २७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १५४ पटक पढिएको
  • निर्वाचन सामग्री खरिद प्रक्रिया सुरु

    काठमाडौँ, फागुन २७ गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु(याएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । आयोगले निर्वाचन तयारीबारे जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको जानकारी दिनुभयो ।प्रवक्ता अर्यालले १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको जानकारी दिनुभय

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १६५ पटक पढिएको
  • सेञ्चुरी बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं,फागुन २७ गते – सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बैंक पूँजी, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए । साथै, उनले सेयरधनी, कर्मचारी, नियमनकारीको रोजाइको बैंक बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसन गर्ने बताए । कार्यक्रममा बैंकका ४८ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष श

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १८७ पटक पढिएको
  • सुनको मूल्यमा गिराबट

    सिरहा,फागुन २७ गते – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २६५ पटक पढिएको
  • महिलाको हत्यामा संलग्न २ जना पक्राउ

    काठमाडौं,फगुन २७ गते –  नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– ९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका– १० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र  भक्तपुर नगरपालिका– ८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका(४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् ।  चाँगुनारायण नगरपालिका– ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १७६ पटक पढिएको
  • सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ

    काठमाडौं,फागुन २७ गते –  महानगरपालिका– १६ माछापोखराबाट राज कुमार तामाङको सुन(चाँदीका गर(गहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका– ३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । राज कुमारको सुन(चाँदीका गर(गहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १७२ पटक पढिएको
  • २०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा

    काठमाडौं, फागुन २७ गते – सरकारले आगामी वर्ष २०७९ मा  शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ । तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १२५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२