X wada

मुख्य समाचार

    Showing १,३४१-१,३५० of २,९६८ items.
  • महँगाे भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

    काठमाडौं, चैत ७ गते । निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेण्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका बेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् ।तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेण्डमा हुनुपर्छ ।यो त

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १२७ पटक पढिएको
  • २८ केजी गाँजासहित दुई जना पक्राउ

    सिन्धुली,चैत ७ गते । सिन्धुलीको मरिण गाउँपालिका–२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरुको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा प्याकिङ गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ११७ पटक पढिएको
  • आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखिन्छ:अर्थमन्त्री

    सिरहा,चैत ७ गते। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित भएको समेत बताए । उनको अनुसार बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखिने छ ।‘आगामी आवको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडि बढाएका छौं’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ ।’ कुल वैदेशिक व्यापारमा माघ मसान्त

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १२२ पटक पढिएको
  • म्यादी प्रहरीको भर्ना आजदेखि

    सिरहा,चैत ६ गते । नेपाल प्रहरीले ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनका लागि परिचालित हुने म्यादी प्रहरीको भर्ना आइतबार ९आज०देखि सुरु गर्ने भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेको अवधिमा सबै जिल्ला प्रहरी कार्यालयमा भर्ना खुला हुने प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।उनका अनुसार भर्ना अवधि ११ चैतलाई अन्तिम समय सीमा तोकिएको छ। आवेदन दर्ता गराएपछि १३ चैतमा सम्पर्कका लागि बोलाइनेछ । १५ चैतदेखि भर्ना छनोट हुने र २२ चैतमा अन्तिम नतिजा प्रकाशन गर्ने प्रहरी प्रधानकार्यालयको भर्ना छनोट महाशाखाले जनाएको छ । महाशाखाले ती भर्ना भएका म्यादी प्रहरीलाई २८ चैतदेखि प्रशिक्षण शुरु गर्ने भनिएको

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १४१ पटक पढिएको
  • निर्वाचनका लागि करिब २७ करोडको सामग्री

    काठमाडौँ, चैत ६ गते । स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिँदै छ । निर्वाचन आयोगले सामग्री आयातका लागि आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामग्री आवश्यक पर्नेछन् ।नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ । मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १९१ पटक पढिएको
  • लहानमा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो नगर अधिवेशन सम्पन्न , ३१ सदस्य समिति विस्तार

    लहान ,चैत५ गते। ''मर्यादा , अभिबृद्वि , पेशागत , दक्षता ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितता, सम्पुर्ण श्रमजीवीहरु एक होऔं" भन्ने मुल नारा सहित आज नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति लहान सिरहाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले जागेश्वर प्रसाद यादवको अध्यक्षतामा ७ जना मुल कार्यसमिति सर्व - सहमति रुपमा चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका पुर्व सचीव बद्री नारायण चौधरीले बताए ।जम्मा ३१ जना रहने गरी गठन भएको संगठनमा १८ जना सर्व - सहमती चयन भएको छ भने बाँकी ६ जना कार्यसमितिको पहिलो बैठक बाट चयन गरिने पुर्व सचीव चौधरीले सुनाए । नव-गठित समितिको उपा

    • प्रकाशित मितिः चैत ५, २०७८
    • ४१८ पटक पढिएको
  • स्थानीय निर्वाचन : बैशाख ११ र १२ गते मनोनयन दर्ता हुने

    सिरहा,चैत्र ५ गते । देशैभर एकैपटक बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार उम्मेदवारी मनोनय दर्ताका लागि २ दिन छुट्याइएको हो ।निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सार्वजन

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १६२ पटक पढिएको
  • प्रचण्ड: एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पनि जन्थ्यो

    काठमाण्डौ,चैत्र ५ गते । आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन् ।आज शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्व

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १३९ पटक पढिएको
  • रौतहटमा होलीको खेल्ने क्रममा झडप, २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

    रौटहट,चैत्र ५ गते ।रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ ।शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ। झडपमा केही मानिस घाइते भएका छन्। घाइते हुनेमा कटहरिया ९ डुमरियाका तिन जना रहेका छन्। स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ।उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १४३ पटक पढिएको
  • त्रिविको परीक्षा पुनः स्थगित

    काठमाडौं,चैत्र ५ गते । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको परीक्षा पुनस् स्थगित गरेको छ ।तर ‘विज्ञापन नं। ७०१र०७७र०७८ देखि ८२५र०७७र०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ । 

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १९४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२