नुवाकोट,चैत १३ गते । पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिवपुरी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। यादवले नयाँ भवनबाट शासन नभएर सेवा दिन आग्रह गरे । जसका लागि भनेर भवन बनेको हो उसैका लागि सेवा दिनुपर्ने उनले बताए । शिवपुरीमा आएर शीतलता महसुस गरेको बताउँदै डा। यादवले चुरे दहन रोकिनुपर्नेमा जोड दिए । यही क्रममा चुरेको नाश हुने हो भने तराई मरुभूमिमा परिणत हुने उनको भनाई थियो । सुविधा सम्पन्न प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता डा। रामशरण महतले गाउँपालिकामा भएका योजना सम्पन्न गर्ने तर्फ ध्यान दिन आग
काठमाडौँ, चैत १३ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिनुुभयो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने
सिरहा, चैत १२ गते । सशस्त्र प्रहरीले सिहाबाट स्रोत नखुलेको ११ लाख २ हजार नौसय पचास रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेड क्वाटर सिरहाबाट खटिएको टोलिले लहान १ मटिअर्वाबाट भगवानपुर गापा ४ का ४४ वर्षिय दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको हो ।विशेष सुचनाको आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएका प्रहरीले लहानबाट ८ सय ३ थान हजाका नोट, ४ सय वटा पाँचसयको नोट ९ सय ९९ वटा सयको र एक थान ५० को नोट सहित नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रण लिएका साहलाई रकम सहित आवश्यक अनुसान्धान एवम् कार्वाहीको
सिरहा,चैत १२ गते । सिरहाको औरही गाँउपालिका तुलसियाहीमा एमाले पार्टी परित्याग गरी ६० भन्दा बढी कार्यर्कता माऔवादी केन्द्रमा प्रवेश गरेको छ ।औरही गाँउपालिकाको वडा नं. २ तुलसिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टीको पूर्व तुलसीपुर गा.वि.स.को अध्यक्ष प्रमोद यादबको छोरा निरोज कुमार यादब,खुशिलाल यादब,रुपेश यादब,लालु यादब।मुकोश यादब,जितेन्द्र यादब,राम कुमार मण्डल सहित ६५ जना बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद सुरेश कुमार यादबको अतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै भन्ने माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर नै चलेको छ ।
महोत्तरी,चैत १२ गते । बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् ।बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् । पहिराले खयरमारा खोला थुनेर हिउँदे बाटोसमेत अवरुद्ध गरेपछि बजारसँगको सम्बन्ध पनि काछवासीको टुटेको छ । “के गरम् हजुर, निन्द्रा लाग्दैन, कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ”, भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले भन्नुभयो, “पहिरो गएदेखि बालक नानीहरू काखमा च्यापेर घरै बसिरहेका छौँ ।” बुधबार मध्यरातपछि ९बिहीबार उज्यालो हुनअघि० तीनतले पाखामा ठूलो आवाजले पहिरो गएपछि सन्तमाया
जनकपुर,चैत १२ गते । जनकपुरधामबाट अपहरणमा परेकी चार वर्षीय बालिकालाई प्रहरीले चौबीस घण्टाभित्रै उद्धार गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार विहीबार राति सात साढे सात बजेको समयमा बच्चा हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोज तलास गर्दै जाँदा धनुषा जिल्लाको विदेह नगरपालिका–८बाट अपहरित ध्रुब मण्डलकी छोरी सृष्टि मण्डललाई उद्धार गरिएको हो ।अपहरण कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरिएकोमा थप अनुसन्धान जारी रहेकाले नाम नखुलाइएको एसपी रजौरेले बताए । विदेह नगरपालिकाबाट भारतीय सीमावर्ती क्षेत्रतर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले हवाई फायर गर्दै अपहरणकारीहरुला
काठमाडौँ, चैत १२ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग सधैँ सकारात्मक रहेको छ, त्यसैको कडीका रूपमा महिला अधिकृत नियुक्त गर्ने तयारी गरेका छौँ ।”काठमाडौँ उपत्यकाका तीन जिल्लामा १८ वटा स्थानीय तह छन्स जसमध्ये काठमाडौँ महानगर, ललितपुर महानगर र भक्तपुर नगरमा भने जिल्लाका मु
सलार्ही,चैत १२ गते । सर्लाहीमा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका १ त्रिवेणीका २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ।मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा शुक्रबार पोल गाड्ने क्रममा महतोलगायत अन्य तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।ठेकेदारमार्फत् विद्युत विस्तार काम गर्ने क्रममा ११ हजार पावर तारमा पोलमा भएको फलामे दण्डी छुन गई करेन्ट
कपिलवस्तु, चैत १२ गते । कपिलवस्तुका इँटा उद्योगमा बाल श्रमिक प्रयोग हुन थालेपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । जिल्लाका इँटा उद्योगमा बाल श्रमिक देखिएपछि अनुगमन सुरु गरिएको छ । जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको टोली इँटा उद्योगमा पुगेर स्थलगत अनुगमन गरिएको थियो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा रहेका इँटा उद्योगमा अनुगमनका क्रममा बालबालिका प्रयोग भएको देखिएको छ । अनुगमनका क्रममा महाराजगञ्ज नगरपालिकाका नगरउपप्रमुख शुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताउनुभयो ।इँटा उद्योगमा भारतबाट आउने कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अ
काठमाण्डौ,चैत ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दावी गरेका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए । । “माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने, “देशी विदेशी शक्तिले च
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.