X wada

मुख्य समाचार

    Showing १,२०१-१,२१० of २,९६८ items.
  • निर्वाचन सारिए देश दुर्घटनामाःप्रमुख निर्वाचन आयुक्त

    काठमाडौं,चैत ३० गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् ।मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्र समेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलु्कका लागि दुर्भाग्यपूर्ण हुने बताए ।उनले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिए । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १९२ पटक पढिएको
  • अख्तियारद्वारा एकै दिन १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं,चैत ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, सुनसरीमा अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अनुसन्धानमा पुष्टि भएको भन्दै मंगलबार सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।बंगुर अनुसन्धान एकाइमा इकाइ प्रमुखका रूपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरूमा शकुन्तला राई र प्रकाशकुमार यादव तथा बंगुर बेच्न प्रयोग हुने कुलिङ कार्डमा हस्ताक्षर भएको भेटिएको छ । साथै आयोगले अनुसनधान केन्द्रका कर्मचारी लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशास

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १७१ पटक पढिएको
  • राष्ट्रपतिबाट निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

    काठमाडौं, चैत ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुनुहुन्छ ।‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालन गरिएको हो ।सुरक्षा योजनामा नेपाल प्रहरीको मातहत म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा रहने छ । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति प्रदान गरिएको जानकारी

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १४७ पटक पढिएको
  • २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

    काठमाडौं, चैत २८ गते । निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो ।उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • २३८ पटक पढिएको
  • स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्च द्वारा स्थगित

    सिरहा,चैत २८ गते । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो ।जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो । सूचीबाट हटेसँगै स्थानीय तहको निर्वाचन रोक्न आदेश आउनसक्ने सम्भावना तत्कालका लागि टरेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • २५१ पटक पढिएको
  • पाँच लाख घुससहित मालपोत प्रमुख झा पक्राउ

    जनकपुर,चैत २८ गते । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झालाई ५ लाख नगद रुपैयाँ घुस सहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले प्रमुख झालाई आज बिहान जनकपुरको भानुचोकबाट पाँच लाख घुस रकम सहित नियन्त्रणमा लिएको हो ।प्रमुख झाले जग्गाको हकछाप सम्वन्धि मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । पक्राउ परेका झा माथि  थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १७६ पटक पढिएको
  • नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल

    काठमाडौँ, चैत २८ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल’ गठन गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ ।उहाँले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताउनुभयो । सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ । चार जना

    • प्रकाशित मितिः चैत २८, २०७८
    • २१४ पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक बस्दै

    सिरहा,चैत २८ गते । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन । 

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १७८ पटक पढिएको
  • श्रीमानको हत्या गरेर प्रहरीलाई जानकारी

    कैलाली,चैत २८ गते । कैलालीको मोहन्यालमा  श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको  हत्या गरेकी हुन् ।​ चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा जानकारी गराएकी छिन् ।मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीक

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १५५ पटक पढिएको
  • महोत्तरीमा ९३ केजी गाजासहित एक जना पक्राउ

    महोत्तरी,चैत २८ गते । महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन् । विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति  धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो । छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ ।थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १६९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२