X wada

मुख्य समाचार

    Showing १,१५१-१,१६० of २,९६८ items.
  • ५३ पालिकाको मतपत्र दोहोर्‍याएर छापिँदै

    काठमाडौं,बैशाख २० गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्‍याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्‍याएर छाप्न लागिएको हो। आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो। ‘स्वतन्त्र उम्मेदवार हामीले अपेक्ष गरेभन्दा बढी भए’, आयोग स्रोतले भन्यो, ‘त्यसैले पहिला छापिएको मतपत्र काम नलाग्ने भए, नयाँ मतपत्र डिजाइन गरेर छाप्दैछौं।’स्रोतका अनुसार दोहोर्‍याएर छाप्नुपर्न

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १९५ पटक पढिएको
  • उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिन आयोगको आग्रह

    काठमाडौं, वैशाख १६ गते। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी  धाकधम्की नदिन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की र धरपकड नगर्न आग्रह गरेको गरेको हो। यस्तो हर्कत् नगर्न आयोगले राजनीतिक दल, तीनका भ्रातृ सङ्गठन र सरोकारवालालाई आग्रह गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। प्रवक्ता पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उम्मेदवारी दर्ता मनोनयनका उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। उम्म

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १८० पटक पढिएको
  • धनुषा:मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

    काठमाडौं, वैशाख १६ गते। भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिलकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झाले घुस लिएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले झालाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो। मालपोत अधिकृत रहेका झाले जग्गासम्बन्धी मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग पाँच लाख रुपियाँ घुस लिएको आरोप आयोगले लगाएको छ। 

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १६१ पटक पढिएको
  • उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्म समय

    सिरहा,बैशाख १६ गते । उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ।वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्।आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ।यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारबाहेक पार्टीकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता लिन अपिल गरेका छन्।उनले निर्वाचन आयोगले दिएको समयभित्रै बागी उम्मेदवारले

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १६४ पटक पढिएको
  • बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट उद्योग

    उदयपुर ,बैशाख १५ गते । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले बिक्री लक्ष्य पूरा गर्ने भएको छ। चालू आर्थिक वर्ष २०७८र७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य सहित सञ्चालनमा आएको उद्योगले हालसम्म १८ लाख ९ हजार बोरा गैंडा छाप सिमेन्ट बिक्री गरिसकेको उद्योगका महाप्रबन्धक  गोपीकृष्ण न्यौपानेले जानकारी दिए। उनका अनुसार आगामी साढे दुई महिनामा ५ लाख ९१ हजार बोरा बिक्री गर्न सके लक्ष्य हासिल हुनेछ।बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने उनको भनाइ छ। उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य बजेटमा प्रक्षेप

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ३६१ पटक पढिएको
  • दुई बालवालिकाको उद्धार

    जाजरकोट, वैशाख १५ गते । जाजरकोटमा दुई जना अनाथ बालवालिकालाई उद्धार गरिएको छ । भेरी नगरपालिका–  ३ थाप्लेमा रहेको बालवालिका उद्धार केन्द्रले दुई जना बालबालिका उद्धार गरेको छ । भेरी नगरपालिका – १ रावतगाउँका ५ वर्षीय सन्तोष बिक र नलगाड नगरपालिकाकी वर्षीया १० की इश्वरी बिकलाई उद्धार गरिएको हो । बालवालिका उद्धार केन्द्रका अध्यक्ष लालबहादुर नेपालीले उद्धार गरिएका बालवालिकालाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने बताउनु भयो । उद्धार बालक सन्तोष बिकको आमा सुस्त मनस्थिति बिरामीका कारण सुर्खेत मानब आश्रममा रहेको र बुवा कमाईको शिलसिलामा भारत भएको तर सम्र्पकमा नभएको कारण समस्यामा रहनु भएको थ

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १३९ पटक पढिएको
  • अग्निपीडितले पाएनन् राहत

    धनगढी, वैशाख १५ गते । पश्चिमतर्फबाट तातो हावा ‘लु’ चलेको थियो । सोही दिशामा गहुँको नलमा ह्वारह्वार्ती दन्कियो आगो । पूर्वतिरको नजिकै रहेको विपतपुर गाउँवासी चिच्याउन थाले, ‘आगो, आगो ।’उनीहरू आगो निभाउन खेततिर दगुरे । हावाका कारण ह्वारह्वार्ती दन्किएको आगो नियन्त्रणमा लिन सम्भव भएन र आगो सोझियो बस्तीतिर । क्षणभरमै आसपासका घरमा आगो दन्किन थाल्यो । घर बलिरहेको देखेर कैयौँ स्थानीय खेतमै बेहोस भएर ढले । “खेतबाट घर पुग्न नपाउँदै मिनेटमा नै एक घरबाट अर्को घरमा, अर्कोबाट अर्कोमा आगो लाग्योे,” अग्निपीडित सुनीता चौधरी भन्नुहुन्छ, “त्यसपछि ज्यान बचाउने कि सम्पत्ति, केही सोच्नै सकेनौँ । हेर्दाहेर्दै आँखै अ

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १५७ पटक पढिएको
  • बन्दसूचीमा रहेकाको उम्मेदवारी खारेज

    काठमाडौँ, वैशाख १५ गते । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो । उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि वा प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवार कायम रहेको महसुस गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकामा उपप्रमुख

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १५४ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    म्याग्दी,बैशाख १५ गते । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ​दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई  सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । 

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १५२ पटक पढिएको
  • पूर्व राज्यमन्त्री झाको निधन

    काठमाडौं,बैशाख ११ गते । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा.डिम्पल कुमारी झाको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी जनाउनु भयो ।‘करिब डेढरदुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको लगातार उपचार भइरहेको थियो । पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो ।डा.झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ९६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२