X wada

मुख्य समाचार

    Showing १,१४१-१,१५० of २,९६८ items.
  • मङ्गलबार रातिदेखि सीमानाका बन्द हुने

    सप्तरी,बैशाख २६ गते । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति  १२ बजे सम्मका लागि  बन्द गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ । मदिराका

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • २१३ पटक पढिएको
  • निर्वाचन:अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह

    काठमाडौँ, वैशाख २५  गते  । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।त्यसरी झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम ३र३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न प्रयोग गर्न

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १६३ पटक पढिएको
  • मतदाता परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

    काठमाडौँ, वैशाख २५  गते  । स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र नहुने मतदाताका हकमा आयोगले हालसम्म कुनै निर्णय नगरेको प्रस्ट्याउनुभयो । आयोगले जारी गरेको मतदाता परिचयपत्रका आधारमा मात्रै मतदान गर्न पाउने निर्वाचन ऐनले व्यवस्था गरेको छ । यद्यपि, राजनीतिक सहमति वा आयोग पदाधिकारीको निर्णयले वैकल्पिक व्यवस्थासमेत गरि

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १७० पटक पढिएको
  • पर्सामा बाख्रापालन तालिम सम्पन्न

    पर्सा,वैशाख २४ । प्रधानमन्त्री कृषी परियोजनाअन्तरगतपर्साको पर्सागढी नगरपलिकामातिनदिने बाख्रापालन स्तलगत तालिम सम्पन्न भएको छ ।मधेश प्रदेश सरकारको सहकार्यमा भेटेनरी अस्पताल तथापशुसेवा विज्ञकेन्द्र पर्साद्धारा पर्सागढी नगरपलिका वडा नं ३ र ४का १६ वटा बाख्रा समुहमध्ये छनौटमा परेका बाख्रापालन गर्ने किसानहरुकालागी तिनदिने तालिम सम्पन्नभएको हो ।प्रधानमन्त्री कृषी परियोजना बलकविकास कार्यक्रमगत अ.व. २०७७÷०७८ मा ३० लाखको अनुदानले सुरु भएको थियो उक्त कार्यक्रमलाई निरन्तरतादिदै चालु आ.व. २०७८÷०७९ मा नयाँ किसानहरुकालागी तालिम सँचालन गरीएको भेटेनरी अस्पताल तथापशुसेवा विज्ञकेन्द्र पर्साका कार्यालय प्रमुख राम

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • १७१ पटक पढिएको
  • ४६ जना म्यादी प्रहरीको जागिर चट !

    काठमाडौं,बैशाख २४ गते। आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए ।कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए । केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आच

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • १३७ पटक पढिएको
  • काँग्रेसबाट ३२ जना निष्कासित

    महोत्तरी,बैशाख २४ गते । नेपाली काँग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ । अनुशासन समितिको शुक्रबारको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको महोत्तरी काँग्रेसले जनाएको छ ।पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका जिल्लाका ३२ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जिल्ला सभापति नागेस्वर यादवले जानकारी दिए । निष्कासनमा पर्नेहरूमा बर्दिबासबाट काँग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • ११५ पटक पढिएको
  • मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

    झापा,बैशाख २४ गते । विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर  नगरपालिका ४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन् । मेचीनगर  १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा डेबिटले दाइजोमा मोटरसाइकल  नदिएको भनी विवाद गरेका थिए ।त्यसलगत्तै  पुष्पलालले डेबिटलाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाए

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • १७१ पटक पढिएको
  • गृहमन्त्री राजविराजमा,निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने

    सप्तरी,बैशाख २२ गते । गृहमन्त्री बालकृष्ण खाण निर्वाचन सुरक्षाबारे जानकारी लिन सप्तरीको राजविराज पुगेका छन् ।  सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार गृहमन्त्री खाण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि आज बिहान राजविराज पुगेको जनाउनु भयो । गृहमन्त्री खाणले बिहान ११ बजे देखि राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने भएका छन् । उनले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजक समेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १७२ पटक पढिएको
  • वाडाध्यक्ष उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार

    जनकपुर,बैशाख २२ गते । धनुषाको कमला नगरपालिमा उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वाडा नं. १ का नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार सर्वदेव यादवका  ७० वर्षीय बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको हो ।राती घरमै रहेको बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा रहेका व्यक्तिहरु धारीलो हतीयार प्रहार गरि गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।आक्रमणमा संलग्न व्यक्तिहरु जसपाको रहेको उनको आरोप छ । उनले घटनामा संलग्न व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।घाइते यादवको उप

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १७० पटक पढिएको
  • मावि शिक्षकको नतिजा सार्वजनिक

    काठमाडौं,बैशाख २० गते । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षको नितिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको परीक्षको नतिजा सार्वजनिक गरेको आयोगले जनाको छ। आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन आयोगको वेब साइटमा राखेको छ। विस्तृत विवरण आयोगको वेब साइटमा हेर्न सकिन्छ। 

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ३२४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२