X wada

मुख्य समाचार

    Showing १,०८१-१,०९० of २,९६८ items.
  • ईन्द्र मन्दिरको जिर्णोदार तथा पुनःनिर्माण

    सिरहा,जेष्ठ १८ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र वरियारपट्टी गाउँपालीका वडा नं.१ स्थित बडहरीमा अवस्थित वर्षौ पुरानो ईन्द्र मन्दिरको जिर्णोदारको लागि मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले प्रदान गरेको २० लाख रकमबाट मन्दिरको पुनःनिर्माण कार्य भईरहेको छ । २०३९ सालमा स्थापना भएको इन्द्र मन्दिरको जिर्णेदार अभावका कारण मन्दिरको सौन्दर्यकरण घट्दै गएको थियो । मधेश प्रदेश सरकारको सहयोगले मन्दिरको पुनःनिर्माण हुन थालेपछि स्थानीय खुशी भएका छन् । आस्थाको केन्द्रको रुपमा रहेको ईन्द्रम मन्दिरमा भदौ महिनाको पूर्णिमामा धुमधामसँग भव्य तरिकाले मेला लाग्ने गरेको छ । ईन्द्र मेलामा सिरहा

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • २०० पटक पढिएको
  • माओवादी केन्द्रद्वारा कार्वाही

    १७ जेठ, सिरहा । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिका सिरहाका आधिकारिक उम्मेद्वार विरुद्ध अन्य पार्टीलाई सहयोग गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी केही व्यक्तिहरुलाई कार्वाही गरेको छ । माओवादी केन्द्र धनगढीमाई नगर  समितिको कार्वाहीमा पर्नेहरुमा प्रदेश सम्मेलन समितिका किसुन मण्डल, श्रीप्रसाद यादव, नगर सल्लाहकार समितिका कुसुम कुमार मोक्तान, जेष्ठ कम्युनिष्ट मंचका अध्यक्ष सिंहेश्वर महतो, नगर समिति (नेकपा माओवादी केन्द्र) का उपाध्यक्ष बुद्धिलाल चौधरी, नगर समिति सदस्यहरु रामनाथ महतो, गणेश कुमार मोक्तान, सुरेश कुमार महतो, सोमबहादुर लामा र बलिर

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • १,१०२ पटक पढिएको
  • कुकुरले टोक्दा सोह्र जना बिरामी

    सर्लाही, जेठ १६ गते  । सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा छ जना बिरामी परेको स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि क

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १८४ पटक पढिएको
  • थप चार जनामा मलेरिया पुष्टी

    सर्लाही, जेठ १६ गते । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । बलरा नगरपालिकाको वडा २ हथियौल र वडा ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया अर्थात् औलो देखापरेको थियो । ठूलो सङ्ख्यामा मलेरियाका बिरामी भेटिएपछि सदरमुकाम मलङ्गवाबाट किट र औषधिसहित चिकित्सकको टोली गाउँमा खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा। नवलकिशोर झाले जानकारी दिनुभयो । उहाँकाअनुसार बिरामीको अवस्था सामान्य छ । एनोफिलिज जातक

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १९० पटक पढिएको
  • धनुषाको लोटा गाउँ शोकमग्न,विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु,

    ढल्केबर, जेठ १६ गते । विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । मुस्ताङको थासाङ गाउँपालिका –२, सानुसरे भीरमा सोमबार बिहान विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा सवार चालकदलसहित सबैको मृत्यु भएको खबर आएको छ । विमान दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११, लोटाका राजनकुमार गोलेसहित उहाँका बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङको मृत्यु भए

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १७१ पटक पढिएको
  • आर्थिक वर्ष २०७९/०८० को बजेट आज

    सिरहा,जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम भएकाले उ

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १७१ पटक पढिएको
  • दस महिनामा आधा खर्च

    विराटनगर, जेठ १५ गते । आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिरहेको प्रदेश १ सरकारले चालू आर्थिक वर्षको दस महिनामा ५० दशमलव १५ प्रतिशत खर्च गरेको छ । आव २०७८/७९ का लागि ३२ अर्ब ९८ करोड ७० लाख रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले वैशाख मसान्तसम्ममा १७ अर्ब ३२ करोड १५ लाख रुपियाँ खर्च गरेको हो । कुल बजेटमा सङ्घको ससर्त अनुदान दुई अर्ब सात करोड २१ लाख रुपियाँसमेत समावेश छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालका अनुसार यस अवधिमा चालू खर्चतर्फ छ अर्ब २३ करोड ५५ लाख, पुँजीगत खर्चतर्फ आठ अर्ब ५१ करोड ६८ लाख रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा भएको यो खर्च चाल

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १६२ पटक पढिएको
  • किसानलाई धानको बीउको पिरोलो

    महोत्तरी, १५ जेठ गते । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला रु”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भन्नुभयो  ।“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभि

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १४६ पटक पढिएको
  • ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    सिरहा,जेठ १४ गते । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचि

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १८५ पटक पढिएको
  • धनगढीमा गठबन्धनका उम्मेद्वार निर्वाचित

    सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज सम्पन्न कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा निर्वाचित भएका महिला सदस्यहरुमा नेपाली कांग्रेसबाट कल्याणी देवी पासमान, ज्ञान कुमारी चौधरी, देव माया आले, संगिता कुमारी साह र नेकपा माओवादी केन्द्रका अनिता देवी राम विजयी भएका छन् । त्यस्तै अल्पसंख्यक÷दलित सदस्यहरुमा (खुल्लातर्फ) माओवादी केन्द्रका सतिलाल सदा, टिकाराम विश्वकर्मा तथा नेपाली कांग्रेसबाट दिलिप कुमार राय (अमात) विजयी भएका हुन् ।सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धन

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६४६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२