सिरहा,असार २१ गते । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले स्पष्टीकरण दिने भएका हुन् । यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।सोमबारको बैठकमा ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरुले स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्ट
जनकपुरधाम, असार २१ गते । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो÷एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना लोककल्याणकारी विज्ञापनको रूपमा विरतण गर्न लागेको छ ।यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन
लाहान, असार २१ गते । सिराहा र सप्तरी जिल्लाको सीमाना रहेको बलान नदीले पश्चिम किनारा लाहान नगरपालिका–२३ कडरिया र तिलेवोनामा तीव्र रुपमा कटान गरिरहेको छ । २० मिटर अझै कटान ग¥यो भने दक्षिणतर्फ बगिरहेको नदी पश्चिमतर्फ बग्न थाल्ने हो कि भन्ने भयले स्थानीयहरु त्रसित छन् । सुख्खा समयमा समेत कटान गरिरहेको बलान नदी वर्षाको समयमा झन् तीव्र रुपमा कटान गर्न थालेपछि तिलोबोना, पोर्ताहा र सिमराहा गाउँका स्थानीयहरु निकै त्रसित भएको स्थानीय मुशहरु यादवले बताउनुभयो । तीन दशक अगाडि पाँच सय मिटर पूर्वतर्फबाट बगिरहेको नदी केही वर्षयता पश्चिमतर्फ कटान तीव्र रुपमा गरिरहेको कटानबाट तिलोबोनाका कृषकहरुको मात्
काठमाडौं । न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ ।तर, सो प्रतिवेदन सर्वोच्च प्रशासनले दराजमा थन्काएर राख्दै आएको छ । समितिहरूले दिएको सुझाव कार्यान्वयन हुन नसक्दा अहिले पनि न्यायालय बिचौलियाकै घेरामा रहने गरेको र न्यायालयभित्रै न्याय किनबेच हुने गरेको सरोकारवालाको दाबी छ ।कहिले होला सुधार ?पछिल्लोपटक सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले न्यायालयमा व्यापक रूपमा भ्रष्टाचार हुने गरेको र
काठमाडौं, असार २० गते । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोब
काठमाडौँ, असार १९ गते । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०ले जनाएको
जलेश्वर, असार १८ गते । महोत्तरीमा आत्महत्याका घटना दिनानुदिन डरलाग्दो रूपमा वृद्धि हुँदै गएका छन् । गएको दुई महिनाकै अन्तरालमा आठ जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । पछिल्लो दुई आर्थिक वर्षमा आत्महत्याको अवस्था झन् भयावह देखिएको छ । यस अवधिमा २२९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घटना दर्ता रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार यही असार महिनाको बितेको दुई साताभित्र पाँच जनाले आत्महत्या गरेका छन् भने एक जनाले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । यस्तै गएको जेठ महिनामा ती
सिरहा,असार १८ गते । राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ ।शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गर्नुभएको थियो ।छलफलमा क्रममा सांसदहरुले विधेयकका उल्लेख केहि बिषयमा संशोधन गर्नुपर्ने बताएका थिए । मन्त्री यादवले निश्चित समयमा ऐन कार्यान्वयनको मापन गर्दै त्यसको जानकारी सदनमा गराउने बताउनुभयो । रेलवे बोर्डको काम कर्तव्य र अधिकारका बिषयमा पनि सांसदहरुले उठाएका बिषयलाई सम्बोधन गर्ने उहाको भनाई । मन्त्री यादवले परिमार्जन गर्दै रेल्वे विधेयकमा पूर्ण बनाउने जिकिर गर्नुभयो ।छलफलपछि बैठकले रेल्वे वि
सिरहा,असार १८ गते । लागूऔषध ब्राउन सुगरसहित एक युवक र एक युवती जनकपुरबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेन रहेका जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको उनले बताए ।उनका अनुसार दुबैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको छ । संगै हिंडिरहेका चौधरी र हुसेनमाथि शंका
धनगढी, असार १७ गते । कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई सास्ती भएको छ । बिहीबार आएको बाढीले कृषि सडक अन्तर्गतको काठे पुल बगाएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती भएको हो । अहिले खेतीपातीको काम भइरहेका बेला सो पुल भएर केयौं गाउँका स्थानीयवासी खेतसम्म आउनेजाने गरेका थिए । बाढीले काठे पुल भत्काएपछि जोखिम मोलेर खेतमा जान बाध्य भएको रामपुर गाउँका स्थानीय रामलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार ओहोरदोहोरका लागि रामपुर, भुईयाँफाँटा, तिघरीका स्थानीयले मिलेर बनाएको काठे पुल भत्केपछि यी तीन गाउँवासीलाई सबैभन्दा बढी समस्या झेल्नुपरिरहेको छ । 
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.