विराटनगर, साउन १४ गते । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र१–०२–००१ख८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा छ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । गाडीमा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो । 
ढल्केवर, साउन १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै
सिरहा,साउन १० गते ।नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ।गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ।उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिर
सिरहा,साउन १० गते । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८।२०७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ। मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो ।आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रह
राजविराज, ८ साउन । दलित समुदायमाथि भएको हत्या, हिंसा, कुटपिट तथा बलात्कार जस्ता घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गर्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । राजविराजस्थित शिबमन्दीर प्राङ्गणबाट निष्केको दलित समुदायको ¥याली नगर परिक्रममा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, मानवअधिकार आयोगलाई बोधार्थसहित बुझाएकोे ज्ञापनपत्रमा सप्तरी जिल्लाम
जनकपुरधाम, ६ साउन । बढ्दो सबारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिबिरमा १०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन् । माँ जानकी यातायात प्रालि जनकपुरधामको सहयोगमा जिल्ला ट्राफिक कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका २१ स्थित बसपार्कमा आयोजित निःशुल्क शिबिरमा चालक तथा सहचालकहरुले आँखा, कान, रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन् ।शिबिरमा जनकपुरधामस्थित म्याक्स लाइफ हस्पीटलका जेनरल फिजिसियन डा. कृष्ण कुमार साह, डा. अभिजित साह, न्यूरो सर्जन डा. रवि श्रीवास्तव, डा. नेहा साह तथा नाक, कान घाँटी रोग बिशेषज्ञ डा
जनकपुरधाम, ५ साउन ः गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष ०७८÷०७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कार्वाही गरेको छ । बिभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरितको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाईएपछि व्यापारीमाथि कार्वाह िगरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिनुभयो । यस्तै सो अबधीमा बिभिन्न शिर्षकमा ३५ लाख ९० हजार ९९५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । बजार अनुगमनसँगै जिल्ला जिल्ला डोर खटाएपछि यस आर्थिक बर्षमा गत आर्थिक बर्ष ०७७÷०७८ को तुलनामा करिब ४
काठमाडौं, साउन ५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ । प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।
काठमाडौँ, साउन ३ गते । न्यायपरिषद्ले थप दुई न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको छ । परिषद्को सिफारिसअनुसार अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुनेछ । पछिल्लो समय न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको परिषद्ले दस दिनयता पाँच न्यायाधीश बर्खास्त गरेको हो । प्राप्त उजुरी र परिषद्को निगरानीमा छानबिनपछि न्यायाधीश पदमुक्त भएका हुन् ।सोमबार परिषद्ले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँमा कार्यरत अनिलकुमार शर्मालाई बर्खास्त गरेको हो । खराब आचरण, कार्यक्षमता अभावमा प्राप्त उजुरी छानबिनपछि बर्खास्तको निर्णय भएको न्याय परिषद्का प
जनकपुरधाम, ३१ असार । मधेस प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सबारी साधन प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच गहृ तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सबारी साधन हस्तान्तरण गर्नुभयो । गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषा, इलाका प्रहरी कार्यालय गौशाला महोत्तरी, इलाका प्रहरी कार्यालय बर्दिबास, इलाका प्रहरी कार्यालय हनुम
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.