X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ६८१-६९० of ८९३ items.
  • कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

    मोरङ,बैशाख २९ गते । मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।बुधबार राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजार नजिकै २ समूहबीच झडप भएको प्रहरीले जनाएको छ। मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिकको विपन्न बस्ती पुगेका दुवै समूहबीच जम्काभेट हुँदा झडप भएको हो।इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।नागरिक न्युज

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १६९ पटक पढिएको
  • आन्तरिक उडानमा भैरहवालाई दोस्रो हब बनाउँदै

    बुटवल,बैशाख २९ गते । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएका छन् ।काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।अब भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो । भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।निकट भविष्यमा भैरहवाबाट वि

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १३६ पटक पढिएको
  • पूर्व गा.वि.स.अध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ता माओवादीमा प्रवेश

    अनुभक्त चौधरी,सिरहा,बैशाख २८ गते । सिरहाको धनगढीमा नगरपालीका वडा नं.६ मा नेकपा एमाले पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको छ । नेकपा एमालेबाट पूर्व गा.वि.स.अध्यक्ष समेत भइसकेका रामस्वरुप चौधरीले पार्टीले वेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जनाउनुभयो । उहाँ कोर्डिनेशन कमिटीबाटै काम गर्दै आएका वामपन्थी चीर परिचित नेता हुनुहुन्छ ।आयोजित पार्टी प्रवेश कार्यक्रममा भूपू गाविस अध्यक्ष रामस्वरुप चौधरी, भरत चौधरी, जोगिन्द्र महतो, राम भरोसी राय, महादेव ठाकुर हिरालाल दास, रामदयाल राम, अरुण चौधरी, महिनारायण चौधरी, कामेश्वर चौधरी, देवन महतो, राजकुमार महत

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • २७५ पटक पढिएको
  • निर्वाचन अवधिभर मदिरा निषेध

    सुनसरी,बैशाख २७ गते । मोरङमा मंगलबार रातीदेखि चुनावको परिणाम घोषणा नभएसम्मका लागि मदिरा ओसार पसार, बिक्रि वितरण र सेवनमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी मोरङमा मंगलबार रातीदेखि निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्मका लागि मादक पदार्थ बिक्री, वितरण र सेवन निषेध गरिएको जनाएको हो।मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले मंगलबार राती १२ बजेदेखि निर्वाचनको मतपरिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थ ओसार पसार, बिक्री बितरण र सेवन निषेध गरिएको हुँदा आदेशको बर्खिलाप गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताए। नागरिक न्युज अनलाई

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • ८४ पटक पढिएको
  • निर्वाचन:अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह

    काठमाडौँ, वैशाख २५  गते  । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।त्यसरी झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम ३र३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न प्रयोग गर्न

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १५४ पटक पढिएको
  • मतदाता परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

    काठमाडौँ, वैशाख २५  गते  । स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र नहुने मतदाताका हकमा आयोगले हालसम्म कुनै निर्णय नगरेको प्रस्ट्याउनुभयो । आयोगले जारी गरेको मतदाता परिचयपत्रका आधारमा मात्रै मतदान गर्न पाउने निर्वाचन ऐनले व्यवस्था गरेको छ । यद्यपि, राजनीतिक सहमति वा आयोग पदाधिकारीको निर्णयले वैकल्पिक व्यवस्थासमेत गरि

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १६४ पटक पढिएको
  • गधा दिवस मनाइँदै

    काठमाडौँ,वैशाख २५ गते । सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ ।मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु(याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १३७ पटक पढिएको
  • पर्सामा बाख्रापालन तालिम सम्पन्न

    पर्सा,वैशाख २४ । प्रधानमन्त्री कृषी परियोजनाअन्तरगतपर्साको पर्सागढी नगरपलिकामातिनदिने बाख्रापालन स्तलगत तालिम सम्पन्न भएको छ ।मधेश प्रदेश सरकारको सहकार्यमा भेटेनरी अस्पताल तथापशुसेवा विज्ञकेन्द्र पर्साद्धारा पर्सागढी नगरपलिका वडा नं ३ र ४का १६ वटा बाख्रा समुहमध्ये छनौटमा परेका बाख्रापालन गर्ने किसानहरुकालागी तिनदिने तालिम सम्पन्नभएको हो ।प्रधानमन्त्री कृषी परियोजना बलकविकास कार्यक्रमगत अ.व. २०७७÷०७८ मा ३० लाखको अनुदानले सुरु भएको थियो उक्त कार्यक्रमलाई निरन्तरतादिदै चालु आ.व. २०७८÷०७९ मा नयाँ किसानहरुकालागी तालिम सँचालन गरीएको भेटेनरी अस्पताल तथापशुसेवा विज्ञकेन्द्र पर्साका कार्यालय प्रमुख राम

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • १६२ पटक पढिएको
  • गोली चल्यो

    पर्सा,बैशाख २३ गते । पर्साको सखुवाप्रसौनी गाउँपालिका १ औरहामा गएराति गोली चलेको छ ।स्थानीयले करिब ९ बजे  राती दुई राउण्ड गोलीको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ ।गोली कसले र किन चलायो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साले उल्लेख गर्नुभयो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाउनुभयो ।

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १६२ पटक पढिएको
  • गृहमन्त्री राजविराजमा,निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने

    सप्तरी,बैशाख २२ गते । गृहमन्त्री बालकृष्ण खाण निर्वाचन सुरक्षाबारे जानकारी लिन सप्तरीको राजविराज पुगेका छन् ।  सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार गृहमन्त्री खाण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि आज बिहान राजविराज पुगेको जनाउनु भयो । गृहमन्त्री खाणले बिहान ११ बजे देखि राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने भएका छन् । उनले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजक समेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १६६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२