अनुभक्त चौधरी,सिरहा,जेठ ११ गते । लहान नगरपालिका वडा नं। २२मा नेपाली कांग्रेस वडा अध्यक्ष सहित प्यानलनै विजय भए लगतै आज पदभार ग्रहण गरेका छन् ।स्थानिय स्तरबाट राजनैतिक सुरु गरेको श्याम कुमार अधिकारीथारुले २२६ मतान्तरले विजय भएका छन् । उनको निकटतम प्रतिद्धनदी जनता समाजबादी पार्टी,नेपालका योगेन्द्र प्रसाद यादबले ६ सय छियान्नबे मत ल्याएका छन् ।आधिकारी थारुले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए उनले जिते लगतै पदभार ग्रहन गर्दै विकास,शिक्षा ,स्वास्थ्य युवाहरुको रोजगार लगायतका कार्यहरु प्राथमिकताको साथ काम गर्ने बताए ।उनले भने यो मेरो जित होईन जनताको जितको हामी गरीब विपन्न जनताको हक र अधिकार
काठमाण्डौ,जेष्ठ १० गते । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ ।मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने उल्लेखगर्नु भयो ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।अनलाई खवर
लहान,जेष्ठ १० गते । लहान नगरपालिका मेयर महेश चौधरीले जनसंख्या र भुगोलको आधारमा सबै वडाले समानुपातिक बजेट पाउँने बताउँनुभयो । मेयर चौधरीले आज पदभार ग्रहण गर्दै लहान विकास निर्माणका साथै मानव संशाधन विकासको लागि जनप्रतिनिधि र कर्मचारी हातोमालो गरेर अघि बढ्न जोड दिनुभयो । मेयर चौधरीले आफनो सरकारी सुबिधाबाट समाजमा रहेका गरिब, दलित तथा विपन्नवर्गलाई राहतको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले गरिब, दलित ,निसहाय, मुसलिम, बिपन्नवर्ग र ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २२ गते राहत स्वरूप जनतामा बाँड्ने बताउँनुभयो ।समाजिक विकृति विकृति विसंगति र भ्रष्टाचारलाई पनि अन्त गरि लहानलाई पर्यटन विकासत
विराटनगर, जेष्ठ १० गते ।इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।&nbs
काठमाण्डौ, जेष्ठ १० गते ।विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्। आज तीन जना विद्यार्थीले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरी वृत्त कार्यालय गौशालाले जानकारी दिएको छ।कलेजका संयोजक समेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी समेत गरेका थिए। विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्क
काठमाण्डौ, जेष्ठ १० गते ।चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ। चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो। अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ। यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो। गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार रु १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो।सार्वजनिक तथ्याङ्कअनुसार वै
उदयपुर,जेष्ठ १० गते ।त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणना सुरु गरेका छौं ।’त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुग
सिरहा,जेष्ठ ८ गते । सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गापा १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो।सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँहले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए। स्थानीयका अनुसार राती करिव १२ बजे सम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए।घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुतेका थिए
महात्तरी,बैशाख २९ गते । महोत्तरीको औरहीमा दुईक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।बिहीबार बिहान जग्गाको विषयमा औहरी नगरपालिका २ बस्ने चन्देश्वर साह र राम जिवन यादव पक्षबीच झडप भएको हो । झडपमा चन्देश्वर साहकी श्रीमती ६५ वर्षीया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षीय रामसिकिल साह गम्भीर घाइते भएका छन् ।दुवैजनालाई उपचारको लागि धरान पठाएको छ । अर्को पक्षका ५५ वर्षीय रामजीवन यादव, उनका भाइ ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।समान्य घयतेको औरहीस्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहे
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.