X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ४६१-४७० of ८९३ items.
  • प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीले पठाएका बधाइपत्र हस्तान्तरण

    काठमाडौं, पुस १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाइपत्र हस्तान्तरण गर्नुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।प्रेस संयोजक शर्माकाअनुसार भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो । गोरखापत्र अनलाईन बाट

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १३१ पटक पढिएको
  • गृहमन्त्री : सरुवा-बढुवाका लागि नेताको घर गए कारबाही गर्छु

    काठमाण्डौ, पुस १५ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए ।गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १२७ पटक पढिएको
  • मधेश प्रदेश सभाले पुस १८ गते पहिलो अधिवेशन गर्ने

    धनुषा, पुस १५ गते । मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गर्नुभएको हो ।नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकबाट प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयक

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १५६ पटक पढिएको
  • एमडिएमएस प्रणाली कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ, पुस १५ गते । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहनदिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।नेपाल

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १३६ पटक पढिएको
  • आज तोला लोसार मनाउँदै

    काठमाडौँ, पुस १५ गते । नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार मनाउँदै आएका छन् । तोला लोसार लाई विशेष गरी गुरुङ समुदाय तमु लोसारको नाम दिएर विशेष प्राथमिकताका साथ मनाउँदै आएका छन् । सरकारले समेत तमु लोसार भनी शुक्रवार सार्वजनिक बिदा दिएको छ । बुधवार देखिनै काठमाडौँको टुँडिखेल लगायत देशैभर तमु समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएका छन् । बौद्धधर्म अन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपिल

    • प्रकाशित मितिः पुस १५, २०७९
    • ११९ पटक पढिएको
  • साझा कार्यक्रम तयार पार्ने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता ,साझा कार्यक्रम तयार पार्ने

    काठमाण्डौ,पुस १५ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको थियो । अनलाईन खवर बाट 

    • प्रकाशित मितिः पुस १५, २०७९
    • १४५ पटक पढिएको
  • आम जनता पार्टी गठन, ५१ सदस्यीय तदर्थ समिति घोषणा

    काठमाण्डौ,पुस १४ गते । ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।जस अनुसार प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द

    • प्रकाशित मितिः पुस १४, २०७९
    • १४३ पटक पढिएको
  • प्रदेश सभाका ज्येष्ठ सदस्य ७१ वर्षीय न्यौपानेले लिए शपथ

    धनुषा,पुस १४ गते ।  मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।१०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार

    • प्रकाशित मितिः पुस १४, २०७९
    • १३२ पटक पढिएको
  • धनुषाको हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    धनुषा,पुस १४ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार (आज) बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका(६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।उनका अनुसार मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपु

    • प्रकाशित मितिः पुस १४, २०७९
    • ११५ पटक पढिएको
  • गृह मन्त्रालय स् विभागीय स्वीकृति लिएर मात्रै नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन

    काठमाण्डौ,पुस १४ गते । गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको छ ।मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई अनुशासनको कारबाही हुने छ ।‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिक

    • प्रकाशित मितिः पुस १४, २०७९
    • १३० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२