X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ८७१-८८० of ९१८ items.
  • चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

    महोत्तरी कार्तिक ६ गते। दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ ।मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला(चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले खुसी छाएको हो ।वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरुको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हाँमी गरिबका घरमा पनि हुन्छन्”, पर्व विशेषका लागि चोयाको

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ९८ पटक पढिएको
  • पत्रकार गुप्ताको निधन

    सिरहा,कार्तिक ६ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा पूर्व सिरहा जिल्ला सभापति रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । सिरहाको लहान नपा १ का पत्रकार गुप्ताको उपचारको क्रममा शुक्रबार राती दुई बजेर ३० मिनेटमा  विराटनगरमा निधन भएको हो ।उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।गुप्ताको शव आजै  अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।लामो समयदेखि पत्रकारीताका सक्रिय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०३ पटक पढिएको
  • विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित

    विराटनगर,कार्तिक ३ गते । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी बुधबार बिहान विराटनगर विमानस्थलमा पसेको छ ।  विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५४ पटक पढिएको
  • करणी गरेको अभियोगमा पक्राउ

    पाल्पा,कार्तिक २ गते । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका(११ बस्ने २० वर्षीय प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते  किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर  प्रहरीमा आएका थिए । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १४५ पटक पढिएको
  • ब्राउनसुगर सहित पक्राउ

    झापा,कार्तिक २ गते । अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिर्तामोड नगरपालिका ९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई चेक जाँच गर्ने क्रममा  ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो  फाउ परेका ओलीलाई  ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १६६ पटक पढिएको
  • पानीले रुनु न हाँस्नु बनाए

    सिरहा,कार्तिक २ गते । राति देखी परेको अबिरल बर्षाले किसानले घर भित्रयाउने वेलामा धान वाली नष्ट भएपछि किसान चिन्तित भएको छ ।खेतमा पाकेर थन्क्याउने बेलामा धान बालीमा क्षति पुगे पछि यहाँका किसानहरु चिन्तित भएका छन ।अविर वर्षाले धानलाई झार्नुका साथै बोट समेत ढलेका छ । भित्रियाउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको किसान शिब शंकर यादबले बताउनुभयो ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?”उहाँले भन्नु भयो, रातिदेखि भएको अविरल वर्षाका कार

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १८७ पटक पढिएको
  • कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम

    डोटी,कार्तिक २ गते । सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८।४ क्युसेक पुगे

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १३१ पटक पढिएको
  • कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम

    टीकापुर (कैलाली) कार्तिक २ गते । बेमौसमी वर्षाका कारण कर्णाली नदीमा मंगलबार बिहान ९ः०० बजे खतराको तह नाघेको छ । कर्णाली चिसापानीका गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार विहान ९ बजे नदीको बाढी ११ मिटर २० सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको सतह ११ मिटर पार गर्नुलाई खतराको तह मानिन्छ । यस वर्ष वर्षामा पनि कर्णालीको सतह ९ मिटर ८० सेन्टिमिटर मात्रै पुगेको थियो ।कर्णालीमा बाढी बढ्दा दक्षिणका तटीय क्षेत्रहरु टीकापुर नगरपालिका र जानकी गाउँपालिका भूभागमा जोखिम बढने गरेको छ । टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरका बडघर चन्द्र रोकामगरले कर्णाली नदीले शाहीपुरमा निर्माणाधीन तटबन्धमा कटान शुरु गरेको जानकारी

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १०० पटक पढिएको
  • नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाले गर्याे ४३ लाख २१ हजार ८ सय २० मृत्यु दाबी भुक्तानी

    रामनारायण ठाकुरसिरहा,कार्तिक १ गते । जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।लहान नगरपालिका वडा नं.६ निवासी बिमित स्व.जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्र्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।सो बिमा वापतको रकम परिवारले बुझे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • २३५ पटक पढिएको
  • ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं,असोज ३१ गते । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।काठ

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १२२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२