X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ७११-७२० of ९१८ items.
  • स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

    सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।पेस गर्नु  पर्ने कागजातहरू दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात त

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १४२ पटक पढिएको
  • बैवाहिक बलात्कारमा श्रीमानलाई साढे तीन वर्ष कैद

    डोटी,फाल्गुन ३ गते । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूविरुद्ध मुद्धा गरेको आक्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पीडितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अव

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • २१६ पटक पढिएको
  • फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

    पेरिस, फागुन ३ गते । दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् ।फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।आगो भुइँतलामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो ।आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५३ पटक पढिएको
  • मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

    जनकपुर, फागुन ३ गते । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो ।सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५५ पटक पढिएको
  • एमसीसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

    काठमाडौं, फागुन ३ गते। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्‍बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ।काँग्रेस संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो। उहाँले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको काँग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो।एमसीसीसम्बन्धी प्रस्ताव तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट पारित गरेर २०७६ सा

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १६२ पटक पढिएको
  • राजदेबी कलशयात्रामा हजारौ सहभागी

    महेश प्रसाद चौधरीसिरहा,फाल्गुन २ गते । राजदेबी कलश शोभा यात्रामा हजारौको सहभागी मनोकामना पुरा हुने जनविस्वास रहेको छ । सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाही स्थित रहेका राजदेबी सातसती दुदहा भवड्ी मन्दिरको प्राङ्गणबाट निकालिएको कलश यात्रामा हजारौको संख्यामा महिला तथा कुमारी कन्याहरुको सहभागी रहेका थिए ।उक्त राजदेबी मन्दिरमा जानेहरुको रोग कलह तथा टुनामुना निको हुने, मनोकामना पुरा हुने स्थानियहरुको जन विस्वास रहेको मेला समितिका अध्यक्ष राम कुमार कामतीले बताए । राजदेबी मंन्दिरमा प्रत्येक वर्ष माघको पूर्णिमा नजिक हजारौको संख्यामा स्थानिय तथा अन्य ठाँउका भक्तजनहरुको उल्लेखनी सहभागी हुने गरेको म

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ४७८ पटक पढिएको
  • थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

    नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ४ हजार २ सय ६० पिसिआर परिक्षणका क्रममा ४ सय ९१ जना र २ हजार ३ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ ।हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् । हाल नेपालमा २६ हजार १ सय २ सक्रिय संक्रमित आइशोलेशन र १ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १५८ पटक पढिएको
  • प्रहरीकै सेटिङ्गमा तस्करी

    सिरहा,माघ २९ गते । भन्सार कार्यालयका कर्मचारी र प्रहरीहरुको मिलोमतोमा भन्सार नाकामा व्यापक तस्करी भइरहँदा समेत सम्बन्धित निकाय मौन बनेका छन् ।  भन्सार नै काटेर ल्याउनु पर्ने सामानहरु समेत प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक रुपमा लाखौको सामानहरु ओसार पसार भइरहँदा समेत सम्बन्धित निकायको उदासिनताको कारण राज्यको दैनिक रुपमा संकलन हुने लाखौं रुपैयाँ मूल्य बराबरको राजश्व छलि भइरहेको छ । एक जना व्यापारी नाम नछाप्ने सर्तमा बरियारपट्टी देखि धनगढीसम्म सबै प्रहरी कार्यालयहरुमा मासिक रुपले तीन हजार देखी १० हजारसम्म बुझाएपछि मात्र सामान ओसार गर्न दिइरहेको वताए । रकम बुझाउन ढिलाई भए घरसम्म

    • प्रकाशित मितिः माघ २९, २०७८
    • ९०४ पटक पढिएको
  • छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

    काठमाडौं,माघ २९ गते । चालू आ व २०७८÷७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ ।जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ करोड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्र

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १४७ पटक पढिएको
  • वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

    काठमाडौँ, माघ २९ गते । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको जानकारी दिनुभयो ।मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्

    • प्रकाशित मितिः माघ २९, २०७८
    • २५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२