X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ७०१-७१० of ९१८ items.
  • सप्तकोसी नगरपालिका भवन तोडफोड

    सप्तरी,फाल्गुन ९ गते । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ ।कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०,  जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २३९ पटक पढिएको
  • यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजूको हत्या

    सिरहा,फाल्गुन ९ गते । केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको  वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले  झण्डै ३ महिना पछि हत्या अभियोगी पत्ता लगाएको हो । हत्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने  ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले पक्राउ गरेको छ ।  हत्या आरोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ ।फागुन  ५ गते  पक्राउ गरिएका अभियुक

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २३० पटक पढिएको
  • रङ्गशाला जङ्गलमा परिणत हुँदा...

    सिरहा,फाल्गुन ९ गते । कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएको थियो ।  पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा  टीकापुरले पाउनुपर्ने सफलता अझै पाउन सकेको छैन ।टीकापुर नगर खेलकुद विकास समितिको नाममा अहिले पनि २२ बिघा जग्गा छ । सरकारले अहिलेसम्म त्यो रङ्गशालाको स्तरोन्नतिका लागि करोडको लगानी गरिसकेको छ । राज्यको करोडौँ खर्च भएको रङ्गशाला जङ्गलमा परिणत छ । निर्माण भएका संरचना पनि संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १४७ पटक पढिएको
  • न्याय सेवा आयोगको बैठक आज बस्दै

    काठमाडौं,फाल्गुन ८ गते ।  आज न्याय सेवा आयोगको बैठक आज बस्दै छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक डाकेका हुन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन । तर कागजी प्रक्रिया पुर्‍याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए ।आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको परिषद स्रोतले बतायो ।न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १९९ पटक पढिएको
  • एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    सिरहा,फाल्गुन ८ गते । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।साझा धारणा बनाउने प्रयासमा यसअघि पटक(पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १३४ पटक पढिएको
  • दुई वर्षभित्र सबै पालिकामा अस्पताल

    काठमाडौँ, फागुन ८ गते । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ श(याका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १५९ पटक पढिएको
  • भव्यताका साथ विदाई कार्यक्रम सम्पन्न

    प्रमोद सहनी राैतहट फाल्गुन ८ गते । जय किसान बहुप्राबिधिक शिक्षालयका शिक्षालय प्रमुख ई.विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवलाई हाल अहिलेका नव शिक्षालय प्रमुख धनोज कुमार यादवले भव्यताका साथ विदाई कार्यक्रम सम्पन्न गरेका हुन । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ९ स्थित उक्त शिक्षालयका सिभिल विभागका प्रमुख ई.नन्द किशोर राय यादवले आफ्नो मन्तव्य ब्यक्त गर्दै भने विगत पाँच वर्ष देखि यो शिक्षालयलाई भौतिक तथा शैक्षिक रूपमा अगाडी बढाएको बताए ।यति छोटो समयमा सबैको मन जितेर हामी बिच अभिभावकको जुन भूमिका निर्वाह गर्नु भएका छन,त्यो श्रेय चाहि पूर्व शिक्षालय प्रमुख झालाई दिन चाहान्

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • ७०५ पटक पढिएको
  • आज प्रजातन्त्र दिवस

    सिरहा,फाल्गुन ७ गते । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १२१ पटक पढिएको
  • फेरि काँग्रेस जिल्ला अधिवेशन दुई दिन सर्‍यो

    काठमाडौं, फाल्गुन ५ गते। नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो।काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो।काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २३२ पटक पढिएको
  • मधेश प्रदेशका १२ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

    सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा भएको छ । राजनीतिक दलसहित स्थानीय तहका जनप्रतिनिधिहरु समेत चुनावी गतिविधिमा होमिसकेका छन् ।तर स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा समेत केही स्थानीय तहहरुले यो वर्षको बजेट अहिलेसम्म ल्याउन सकेका छैनन् ।स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा पेश गर्नुपर्ने प्रावधान छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने उल्लेख छ । तर केही स्थानीय तहले अझैसम्म बजेट ल्याउन सकेका छैनन् ।राजनीतिक दल र जनप्रतिनिधि

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ३३५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२