जनकपुर,फाल्गुन १८ गते । धनुषाको विदेह नगरपालिका दिदी–बहिनी अदातलले गरेको फैसला कार्यान्वयन नहुँदा वर्षोदेखि बेगघर भएकी छिन् ।विदेह नगरपालिका–७ बस्ने किशोरी देवी सुडि र उनकी बहिनी पार्वती देवी सुडिले अंश मुद्दामा जिल्ला अदालत हुँदै सर्वोच्च र पुनः जिल्लाबाट दुवै दिदीबहिनीको पक्षमा फैसला भईसक्दा पनि उनी अंश पाउन सकेकी छैनन् । २०४९ सालमै जिल्ला अदालतमा किशोरी देवी र पार्वतीले साढे ४ कठ्ठा जग्गा र त्यसमा भएको घरमा अंशका लागि आफ्ना काकाका छोरा वैद्यनाथ महतो विरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला अदालतले सो मुद्दामा २०४९ साल चैत २४ गते दिदीबहिनको हकमा फैसला गरेको थियो । तर महतोले उक्त पैmसला विर
सिरहा,फाल्गुन १८ गते । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी
जनकपुर,फाल्गुन १८ गते । धनुषामा एमालेभित्रको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । धनुषा जिल्ला अधिवेशन तयारीका लागि बस्नु पर्ने बैठकलाई लिएर अध्यक्ष राजकिशोर यादव र सचिव तेजनारायण यादवबीच भएको विवादले उग्ररुपमा लिँदा समानान्तर कमिटी गठनसम्म पुगेको हो ।सोमबार अध्यक्ष राजकिशोर विना नै सचिव तेजनारायणले बैठक बोलाएर अध्यक्षसँग समन्वय गरेर जिल्ला अधिवेशन गर्ने तयारी गरेका थिए । तर एकदिन नबित्दै दुवै पक्षले जनकपुरधाम उपमहानगरको नगर अधिवेशन गरेर छुट्टाछुटै नगर कमिटी गठनको घोषणा गरेका छन् । दुई पक्षले छुट्टाछुटै गरेको नगर अधिवेशन गरी आफ्नो कमिटीलाई आधिकारिक कमिटीको दावी समेत गर्न थालेका छन् ।
काठमाडौँ, फागुन १८ गते । विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रक
संखुवासभा,फाल्गुन १७ गते । संखुवासभाको चैनपुर नगरपालिका –७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घरभई हाल चैनपुर –७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।प्रहरी निरिक्षक खतिवडाका अनुसार रतुवा मृग मार्न श्रेष्ठलाई प्रहरी भरुवा बन्दुकसहित चैनपुर –७ को वालेश्वरबाट पक्राउ गरेको बताए। अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले आइतबार दिउँसो अन्दाजी साढे ३ बजे बोरामा लुकाई राखेको रतुवा मृग सहित श्रेष्ठलाई पक्राउ गरिएको
काठमाडौं । एउटा प्रसारणलाइन आयोजना बनाउन कति सकसपूर्ण छ ? यसको जवाफ हो– हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलो भोल्ट (केभी) प्रसारणलाइन । एक दशकसम्म पनि विभिन्न ठाउँका अवरोध नहटेपछि दातृ निकाय विश्व बैंकले नेपालभित्रको सबैभन्दा उच्च क्षमतायुक्त यो प्रसारणलाइन परियोजनाबाट हात झिकेको छ ।करिब १४ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि प्रसारणलाइनको भविष्य अनिश्चयतर्फ धकेलिएपछि विश्व बैंकले परियोजना छाडेको हो । अब यो परियोजनाको बाँकी काममा नेपाल सरकार आफैंले लगानी गर्न सुरु गरेको आयोजना प्रमुख श्यामकुमार यादवले बताए ।मुलुक भित्रको विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि अत्यावश्यक उच्च क्षमताको
सिरहा,फाल्गुन १७ गते । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि एक सय न्यायाधीश र ७ सय उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।जिल्ला न्यायाधीश र न्यायसेवाका कर्मचारीहरुले नपुग्ने भएपछि आयोगले निजामती सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाउने गृहकार्य गरेको हो । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ ।आयोगका अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा जिल्ला न्यायाधीशले नै निर्वाचन अधिकृतको काम गर्नेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ८९२० मा भनिएको छ, ‘मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्व
जनकपुर,फाल्गुन १७ गते । धनुषा प्रहरीले डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ६ वटा बालविवाह रोक्न सफल भएको प्रहरीले बताएको हो ।धनुषाको शहिदनगर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा बालविवाह रोक्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउँछन्। सबैभन्दा बढी बालविवाह विदेह नगरपालिकामा भएको उनको भनाइ छ ।बस्नेतले भने, ‘बालविवाह हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी ट
सिरहा,फाल्गन १७ गते । पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको आगमनको संकेतका रुपमा पनि मानिन्छ ।शिवको अर्थ कल्याण, समृद्धि हो । संस्कृत भाषामा ‘शिव’ को अर्थ अरुको हित गर्ने, परोपकार गर्ने हो । समग्र चराचर जगतको कल्याणका लागि साधना, ध्यान, सिद्धि नै हो भनेर पूर्वीय दर्शनले मानेको छ । शिवजीको जुन आकृति प्रचलनमा छ, त्यसमा शिवजीले सधैँ
सिरहा,फाल्गुन १६ गते । उद्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर सरुवारानी गापा ६ प्यूठान का २८ वर्षिय बेच बहादुर पुण मगरको काम गरिरहेको अबस्थामा फलामे पाइपले टाउकोमा लागेर मृत्यु भएको हो ।काम गरिरहेको अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए ।पुनको मृत्यु पछि विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग राख्दै उद्योग बन्द गरेको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.