काठमान्डौं,चैत ११ गते । कोभिडपछि मुलुकमा व्यावसायिक वातावरणको पुनः विकास भएसँगै औद्योगिक सम्पत्ति दर्ताको क्रम पनि बढ्न थालेको छ । उद्योग विभागका अनुसार गएको फागुनमा मात्रै ५०२ ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढेको छ भने सोही अवधिमा पाँच नयाँ डिजाइन दर्ताका लागि प्रस्ताव पेश भएको छ।विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना अधिकारी तथा निर्देशक भक्तराज जोशीले जानकारी दिए। विदेशबाट आयातित वस्तुको बजार सुनिश्चित गर्न औद्योगिक सम्पत्ति दर्ता
बर्दिवास,चैत ११ गते । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका प
हुम्ला, चैत १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले हुम्लाको सर्केगाड गाउँपालिका –३ का वडाध्यक्ष गजबहादुर रावत र तत्काली प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले चार जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।अख्तियारले आठ लाख रुपियाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले वडाध्यक्ष रावत‚
काठमाडौँ, चैत ११ गते । नेपालमा ट्राफिक लाइट ९बत्ती०को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउनुहुन्छ । “कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म
रौतहट,चैत १० गते । प्रहरीले भाउजु हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ ।४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका(२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही चैत्र १० गते । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश प्रमुख दशरथ झाद्धारा प्रदेशका विभिन्न शाखा र उप शाखाको अभिकर्ताहरुलाई आधारभुत तालिम सुरु गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय बिरगंजको आयोजनामा मधेश प्रदेशका ८ जिल्लामा एक दिने “अभिकर्ता पुनर्ताजगी कार्यक्रम” सुरु भएको छ ।उक्त कार्यक्रममा कम्पनीको विभिन्न जीवन बीमा योजनाको बारेमा छलफल गरिनुका साथै सहभागी अभिकर्ताहरु लागि जीवन बीमा अभिकर्ताको आधारभुत तालिम समेत प्रदान गरिएको थियो।त्यसै गरि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले भन्नुभयो, ‘बीमा विश्वासमा हुन्छ, अभि
जनकपुर,चैत १० गते । विश्व प्रसिद्ध जनकपुरधामस्थित जानकी मन्दिरमा विद्युतीकरणको नाममा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेको छ ।अख्तियारको टोलीले बुधवार बिहान वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यालयवाट विद्युतीकरण सम्वन्धी फाइल नियन्त्रणमा लिइ जानकी मन्दिरमा भएको विद्युतीकरणको अनुगमनसमेत गरेको छ । वृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी राज ढुङ्गानाले कार्यालयमाथि परेको उजुरीको आधारमा कागजातहरु अख्तियारको टोलीले लिएर गएको बताए । मधेश प्रदेश सरकार उद्योग, पर्यटन
तुलसीपुर, चैत १० गते । तुलसीपुर १९ सुन्दरखोलाका किसान शिवराम सार्की बेसार खेती गर्दै आउनुभएको छ । उहाँको जीवन धान्ने गतिलो अर्थउपार्जनको माध्यम बनेको छ, बेसार खेती । वार्षिक चारदेखि ६ क्वीन्टलसम्म काँचो बेसार उत्पादन गर्दै आएका शिवरामले बेसारको चाना बनाएर घट्टमा पिसाएर बेसार बिक्री गर्दै आउनुभएको छ । सार्कीले भन्नुभयो, ‘बेसार खेतीका लागि रासायनिक मल पनि आवश्यक पर्दैन, रोग कीरा नियन्त्रण गर्नका लागि विषादी पनि छर्कनुपर्दैन ।’ रोपेपछि एक पटक गोडमेल गरे राम्रै उत्पादन हुन्छ । बेसार प्रति केजी तीन सय रुपियाँमा बिक्री गर्दै आउनुभएको छ ।मकै, गहुँ, जौ, तोरीभन्दा तेब्बर बढी आम्दानी बेसार खेतीबाट हुन्छ
काठमाडौँ, चैत १० गते । युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि केही प्रक्रियामा भने युवा संलग्न हुनुपर्नेछ ।नवीनतम सोच लिएका युवालाई केन्द्रमार्फत आवश्यक परामर्शसाथ प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गरिनेछ । तालिमको माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्रले सहयोग गर्ने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।उहाँका अनुसार नवीनतम सोच लिएर केन्द्रमा जाने युवालाई बसोबास,
काठमाडौँ, चैत ९ गते । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ संसद्बाट पारित भएको तीन वर्षभन्दा बढी भइसकेको छ । तर, अझै पूर्ण कार्यान्वयनमा आएको छैन । संविधानअनुसार नागरिकको खाद्य, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्नका लागि सरकारले सो ऐन ल्याएको हो । तर, अझै कार्यान्वयनमा आएको छैन ।यसको कार्यान्वयनको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीमा सङ्घ तथा प्रदेशका विभिन्न सरोकारवालाको सहभागिता थियो । कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य सुरक्षा ऐन बने पनि सम
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.