X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ५६१-५७० of ९१८ items.
  • ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ

    बर्दीवास,चैत १४ गते । महोत्तरीमा स्रोत नखुलेको नगद ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । औरही नगरपालिका–१ औरहीस्थित सडकबाट सो रकमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २१ वर्षीय धिरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेकसहित पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १६४ पटक पढिएको
  • मृतक चारमध्ये दुई जनाको सनाखत

    सर्लाही, चैत १३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । वीरगञ्जबाट जनकपुरका लागि हिडेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ११ बजेतिर लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।दुर्घटनामा ३२ जना घाइते भएका थिए । मृतकमध्ये आइतबार अपरान्हसम्म दुई जनाको मात्रै सनाखत भएको छ । मृतक सिन्धुलीको तीनपाटन गाउँपालिका –२, का ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवको सनाखत भएको प्रहरी

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १३१ पटक पढिएको
  • भारत लैजान लागेको हात्ती वीरगञ्जबाट नियन्त्रणमा

    सिरहा,चैत १३ गते । नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले बताए ।हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको

    • प्रकाशित मितिः चैत १३, २०७८
    • ११६ पटक पढिएको
  • स्वास्थ्य शिविरमा तीन सय ३३ जनाले उपचार पाए

    सिरहा,चैत १३ गते। सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित नयनपुर अस्पतालमा निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेषतः ग्रामीण महिलाहरु लक्षित आयोजित उक्त स्वास्थ्य शिविरमा तीन सय ३३ जनाले उपचार पाएका छन् । धनगढीमाई नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक परियोजना कार्यलय सिरहा र सि.एम.सी.को संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा सेतोपानी जाने, पाठेघर खसेको, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, पाठेघरको मुखको क्यान्सर लगायतका रोग जाँच गर्नुका साथै मानसिक स्वास्थ्यका लागि मनोविमर्श सेवा समेत दिएको थियो । शिविरमा अधिकांश महिला प्रजनन स्वास्थ्यसँग सम्

    • प्रकाशित मितिः चैत १३, २०७८
    • २४६ पटक पढिएको
  • सर्लाहीमा १३ घर जलेर नष्ट

    सर्लाही,चैत १३ गते । जिल्लाको धन्कौल गाउँपालिका ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो धनकौल गाउँपालिका ५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । एउटा घरमा आंशिक क्षति पुगेको छ । दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरुभएको प्रत्यक्षदर्शीको भनाई छ ।सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो । हावा चलेका कारण आगो नियन्त्रणमा लिन एकदमै कठिन भएको स्थानीय बताउँछन् ।आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान,

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १३७ पटक पढिएको
  • २१ हजार म्यादी प्रहरीका लागि ६८ हजारले दिए आवेदन

    सिरहा,चैत १३ गते ।  मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् ।आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले दरखास्त दिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।कार्यालयका अनुसार सप्तरीमा ९४३४, सिरहामा ६५०७, धनुषामा ९०२१, महोत्तरीमा ८०५४, सर्लाहीमा १०८५१, रौतहटमा ४४८४, बारामा ११२६७ र पर्सामा ६२०१ जनाले आवेदन दिएका छन् ।सप्तरीमा ३१३९, सिरहामा २३३१, धनुषामा ३४८६, महोत्तरीमा २७३७, सर्लाहीमा

    • प्रकाशित मितिः चैत १३, २०७८
    • ११९ पटक पढिएको
  • सबै जिल्लामा फरक-फरक मतपत्र

    सिरहा,चैत १३ गते । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो ।आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । ‘आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ,’ आयोग उच्च स्रोतले भन्यो ।आयोग

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १२१ पटक पढिएको
  • चुरे दहन रोकिनुपर्नेमा पूर्व राष्ट्रपति यादवको जोड

    नुवाकोट,चैत १३ गते । पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिवपुरी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। यादवले नयाँ भवनबाट शासन नभएर सेवा दिन आग्रह गरे । जसका लागि भनेर भवन बनेको हो उसैका लागि सेवा दिनुपर्ने उनले बताए । शिवपुरीमा आएर शीतलता महसुस गरेको बताउँदै डा। यादवले चुरे दहन रोकिनुपर्नेमा जोड दिए । यही क्रममा चुरेको नाश हुने हो भने तराई मरुभूमिमा परिणत हुने उनको भनाई थियो । सुविधा सम्पन्न प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता डा। रामशरण महतले गाउँपालिकामा भएका योजना सम्पन्न गर्ने तर्फ ध्यान दिन आग

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १११ पटक पढिएको
  • अन्तिम मतदाता नामावली प्रकाशन आज

    काठमाडौँ, चैत १३ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिनुुभयो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १५५ पटक पढिएको
  • स्रोत नखुलेको नगद सहित पक्राउ

    सिरहा, चैत १२ गते । सशस्त्र प्रहरीले सिहाबाट स्रोत नखुलेको ११ लाख २ हजार नौसय पचास रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेड क्वाटर सिरहाबाट खटिएको टोलिले लहान १ मटिअर्वाबाट भगवानपुर गापा ४ का ४४ वर्षिय दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको हो ।विशेष सुचनाको आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएका प्रहरीले लहानबाट ८ सय ३ थान हजाका नोट, ४ सय वटा पाँचसयको नोट ९ सय ९९ वटा सयको र एक थान ५० को नोट सहित नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रण लिएका साहलाई रकम सहित आवश्यक अनुसान्धान एवम् कार्वाहीको

    • प्रकाशित मितिः चैत १२, २०७८
    • २०० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२