काठमाण्डौ–युद्ध, महामारी र आर्थिक मन्दीले यो वर्ष विश्वभर अर्बपतिको संख्यामा पनि गिरावट आएको छ । यो वर्ष अर्बपतिको संख्या २६६८ जना रहेको फोर्ब्सको ३६ औं वार्षिक र्याङकिङले देखाएको छ । यो संख्या गत वर्षको तुलनामा ८७ जनाले कम हो । उनीहरुको कुल सम्पत्ति १२७ खर्ब डलर रहेको छ । यो २०२१ को तुलनामा ४ खर्बले कम हो । रुसमा अर्बपतिको संख्यामा गिरावट आएको छ । त्यहाँ गत वर्षको तुलनामा ३४ जना कम अर्बपतिको संख्या रहेको छ । यसैगरी चीनमा पनि अर्बपतिहरुको संख्यामा कमी आएको छ । चिनियाँ सरकार प्रविधि कम्पनीहरूमाथि जाइलागेपछि सूचीमा चिनियाँ अर्बपतिको संख्यामा ८७ जनाले कमी आएको बताइएको छ । यद्यपि फोब्र्सकाअन
सिरहा,चैत २३ गते । सिराहाको मुख्य भन्सार नाका माडरमा लक्ष्यअनुसारको राजस्व असुली हुन सकेको छैन । नाकामा तस्करी फस्टाएसँगै लक्ष्यअनुसार राजस्व असुली हुन नसकेको हो । माडर भन्सार कार्यालयले पछिल्लो १४ महिनादेखि लक्ष्यअनुसारको राजस्व असुली गर्न सकिरहेको छैन । स्थानीय प्रहरीसँगको मिलेमतोका कारण तस्करी फस्टाएपछि राजस्व लक्ष्यअनुसार असुली हुन नसकेको हो । आव ०७७र७८ को माघदेखि राजस्व असुली ओरालो लागेको छ । माडर भन्सार कार्यालयको तथ्यांकअनुसार चालू आवको आठ महिनामा वार्षिक लक्ष्यको ३४ प्रतिशत अर्थात् आठ करोड १२ लाख चार हजार रुपैयाँ मात्र राजस्व असुली गरेको छ । ओरालोतर्फ भन्सार असुलीपछिल्लो तीन वर्षक
काठमाडौं,चैत २३ गते । अघिल्लो अर्थात् २०७४ सालको स्थानीय तह निर्वाचनमा १ करोड ४ लाख मत खसेकोमा ३।४४ प्रतिशत मत बदर भएको थियो । त्यतिबेला निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएको प्रतिक्रिया दिएको थियो ।आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा मतदाता शिक्षा तथा तालिमका लागि १ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको थियो । त्यसमध्ये ५० करोड ४० लाख ७१ हजार तालिमका लागि थियो भने मतदाता शिक्षाका लागि ८५ करोड ४३ लाख १२ हजार छुट्याएको थियो । प्रतिमत बराबर ४९० रुपैयाँ खर्च भएको आयोगले हिसाब देखाएको थियो । त्यति हुँदा पनि मत बदर हुने क्रम घटेन ।अघिल्लो स्थानीय निर्वाचनमा अधिकांश ठाउँमा नेपा
सिरहा,चैत २३ गते । राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।स्वचालित बनाउने तयारीउता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको
काठमाण्डौ–सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध(तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ।बैठकमा बोल्दै कार्यकारी अधिकृत पौडेलले दिनभर कालोपत्रे गरी रातिबाट फोहोर व्यवस्थापन गर्ने व्य
काठमाण्डौं,चैत २३ गते । उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल ९जीवनजल० उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एकरदुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् । ।नेपाल औषधि उत्पादन सङ्घका उपाध्यक्ष सन्तोष बरालले भारत, बङ्गलादेश र चीनबाट महँगोमा कच्चा पद
बारा, चैत २२ गते । बेमौसमी बर्षाबाट जोगाउन बाराका कृषकलाई यस वर्ष खेती गरेको दलहन मसुरो तथा गहुँ बाली भित्र्याउन भ्याई नभ्याई भएको छ । पाकेको गहुँबालीलाई बेमौसमी वर्षाबाट क्षति हुनबाट जोगाउन कृषकले बाली भित्र्याउन बिहानैदेखि खेतमा व्यस्त रहने गरेका छन् ।बाराका कृषकले यस वर्ष विभिन्न जातका दलहन बाली मसुरो, रहर, मुङ, र नेपाल २९७, ७९१ भृकुटी, किष, आदित्य, डब्बलु १४०४ जातका गहँु कुल २९ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर २।८ मेट्रिकटनले ८३ हजार १६० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।गतवर्ष जिल्लामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती हुँ
काठमाडौं, चैत २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यौनजन्य हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने तथा फौजदारी कसूर कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने लागयतका पाँच वटा अध्याधेश जारी गर्नुभएको छ ।उहाँले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय ) पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं, चैत २२ गते। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि ७९ वटा राजनीतिक दलबाट प्रतिबद्धता लिएको छ।मङ्गलबार आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गर्न ७९ वटा दललाई आयोग बोलाएको थियो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि मङ्गलबार प्रतिबद्धता लिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।उहाँका अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिले आचारसंहितामा हस्ताक्षर गरेर पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हु
पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा स्थायी रूपले बसोबास गरिरहेको पाइएको छ । निकुञ्जमा यस वर्ष गरिएको गैंडा गणनाको हालै आएको नतिजाले निकुञ्जमा ३ वटा गैंडा रहेको देखाएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहकाअनुसार निकुञ्जको मकवानपुरस्थित रमौली प्रतापपुर पोस्ट क्षेत्रमा ३ वटा गैंडा देखिएको छ । उनले निकुञ्जमा ८ वटासम्म गैंडा रहेको अनुमान रहे पनि गणनामा ३ वटा मात्र फेला परेको बताए । ‘निकुञ्जकर्मीको पटकपटकको स्थलगत भ्रमणबाट निकुञ्जमा ८ वटासम्म गैंडा रहेको हाम्रो अनुमान छ,’ उनले भने,‘तर गणनाको समयमा ३ वटा मात्र फेला परेको हुनसक्छ ।’जनवरी ४ बाट १ महिनासम्म पर्सालगायत, चितवन, बर
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.