X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ५०१-५१० of ९१८ items.
  • उत्तरी क्षेत्रमा बढ्दैछ खानेपानी संकट

    महोत्तरी,चैत २५ गते । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्यचैतपछि नै पानीका मुहान

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १४९ पटक पढिएको
  • हतियारसहित तीन जना पक्राउ

    पर्सा,चैत २५ गते । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका  ५५ वर्षीय  रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १५३ पटक पढिएको
  • घरैपिच्छे पेट्रोलका ट्यांकर पार्किङ ! दुर्घटनाको डर

    बारा,चैत २५ गते । अति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु आयल निगम अमलेखगञ्ज डिपो आसपासको बस्तीमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र बस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ हुने गरेका छन् । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अति प्रज्वलनशील भएकाले सानो आगोले झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा अम्लेखगञ्जमा आगलागीको घटनासमेत भएको थियो । निगमभित्रै पनि गत साता तार सर्ट भएर आगलागी हु

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १३९ पटक पढिएको
  • मधेशका १० भन्दा बढी युवा दुबईमा अलपत्र

    जनकपुरधाम चैत २४ गते । चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् ।ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेका हुन् । सिरहा, धनुषा, रौतहटका ती युवाहरु सुफी इन्टरनेशनल सर्भिस प्रालिबाट दुबई गएका थिए ।स्काफोल्डिङको कामका लागि भन्दै म्यानपावरले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिएर दुबई पठाइएको सिरहाका रामवृक्ष महराले सामाजिक सञ्जालमार्फत अनलाइनखबरलाई बताए । महराका अनुसार उनीहरुसँग विजय

    • प्रकाशित मितिः चैत २४, २०७८
    • ३६२ पटक पढिएको
  • मिथिलामा आज चैती छठ

    सिरहा,चैत २४ गते । मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदैछ । मंगलबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन अर्थात बिहीबार मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिँदै शुक्रबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा ब्रतालुहरु निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने खाने चलन छ । प्रसादमा खीर ,केरा, दुध एवम् मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ । पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सू

    • प्रकाशित मितिः चैत २४, २०७८
    • १३१ पटक पढिएको
  • नेपालले ३६४ मेगावाट बिजुली भारतलाई बेच्ने

    काठमाडौँ, चैत २४ गते । नेपालको भारतीय बजारमा थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न पाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणका क्रममा जारी भएको ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोणअनुरूप यस्तो अनुमति प्राप्त भएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । यससँगै नेपालको ३६४ मेगावाट विद्युत् भारत निर्यात हुने भएको छ ।संयुक्त दृष्टिकोणको घोषणामा उल्लिखित सहकार्यका तीन क्षेत्रमध्ये नेपाल–भारत विद्युतीय व्यापारलाई व्यावसायिक हिसाबले सहज बनाउने सहमति भएको थियो । सहमतिको एक साता नबित्दै सरकारी स्वामित्वका तीन र एक निजी प्रवद्र्धकको जलविद्युत् आयोजनाको बिजु

    • प्रकाशित मितिः चैत २४, २०७८
    • ३१९ पटक पढिएको
  • सर्लाहीमा गोली चल्दा एक जना घाइते

    सर्लाही,चैत २४ गते । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् ।बुधबार साँझ मलंगवा नगरपालिका–९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन ।घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाइते भारतीय नागरिक भएको आशङ्का

    • प्रकाशित मितिः चैत २४, २०७८
    • १५५ पटक पढिएको
  • बियरको बोतल प्रहार गरी साथीको हत्या गरेको स्वीकार

    उदयपुर, चैत २४ गते । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो ।प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको

    • प्रकाशित मितिः चैत २४, २०७८
    • १११ पटक पढिएको
  • धनुषामा एक युवकको शव फेला :हत्या गरेको आशंका

    जनकपुरधाम,चैत २३ गते ।  धनुषाको हंसपुर नगरपालिकामा गोली तथा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।धनुषाको हंसपुर नगरपालिका७ लोहाफोरस्थित गहुँ खेतमा सोही स्थानका करिब १८ वर्षीय विजय महराको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। स्थानीयहरुले शव देखेपछि विहान करिब ११ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेका थिए।प्रहरी उपरीक्षक रजौरेले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए। उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको जस्तो देखिएको छ भने पछाडी ढाडमा दुई पटक चक्कुले प्रहार गरे

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १३५ पटक पढिएको
  • गिटी अनलोड गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    झापा,चैत २३ गते । झापाको हल्दिबारी गाउँपालिका२ पशुपति चोक स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्बर को टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी ५ का ४८ वर्षीय बिक्रम तामाङ घाईते भएका हुन् ।तामाङ लाई तत्काल उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • ११७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२