X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ४६१-४७० of ९१८ items.
  • छोरी बलात्कार आरोपमा बुवा पक्राउ

    पाँचथर,बैशाख १ गते । आफ्नै छोरी बलात्कार आरोपमा एक एकजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।फिदिम नगरपालिका ५ का ४३ वर्षीय एक पुरुष १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।घरमा कोही नभएको बेला उनले छोरीलाई करणी गरेको बालिकाकी आमालाई उद्धरित गर्दै प्रहरीले जनाएको छ । आमाले प्रहरीमा दिएको उजुरीका आधारमा पक्राउ गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १३९ पटक पढिएको
  • ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कुटपिटसम्बन्धी कसुर अन्तर्गत सजाय

    जनकपुर,बैशाख १ गते । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ स्थित बहुअर्वा गाउँका सरोजकुमार मण्डलमाथि ७ महिना अघि छुरा प्रहार भएको थियो । उपचारकै क्रममा उनको सोमबार निधन भएको छ । तर, उनलाई छुरा प्रहार गर्ने व्यक्तिलाई भने अदालतले उपचार खर्च व्यहोर्ने गरी यस अघि नै रिहा गरिसकेकाले पीडित परिवारले न्यायको अनुभूति गर्न पाएका छैनन् ।गत भदौ २६ गते राति गणेश पूजाको क्रममा सरोजकुमारमाथि स्थानीय एक समूहले छुरा प्रहार गरेको थियो । बहुअर्वा गाउँमा गणेश पूजाको अवसरमा आयोजित मेला हेर्न पुगेका सरोजकुमार मण्डल उक्त मेलमा दुई पक्षबीच भएको विवाद मिलाउने क्रममा आक्रमणमा परेको परिवारजनको भनाइ छ ।मेलामा सोही गाउँका

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १४३ पटक पढिएको
  • शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

    नयाँ वर्षको पहिलो दिनको अवसरमा तपाईंहरु सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।सिरहा,बैशाख १ गते । आजबाट हामीले वि.सं२०७८ लाई विदाई गर्दै नयाँ संवत् २०७९ लाई स्वागत गरेका छौँ । अर्थात् आज नयाँ वर्षको पहिलो दिनको अवसरमा तपाईंहरु सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।विगतको वर्ष कोरोना महामारीका कारण आक्रान्त बन्यो । राजनीतिक उथलपुथलले अशान्त बन्यो । देशमा पछिल्लो समय देखिएको आर्थिक संकटको अवस्थाले नैराश्यता सिर्जना गरेको छ । समग्रमा भन्दा गएको वर्ष २०७८ नेपाल र नेपालीका लाग

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • २८७ पटक पढिएको
  • राजा सलहेश संग जोडिएको सिरहाको ऐतिहासिक महत्वका स्थलहरु

    लहान,चैत ३० गते । मधेश अन्तर्गत पर्ने सिरहा जिल्लामा पनि विभिन्न समुदायको बसोवास छन । सबैको परम्परा लोकदेवतासँग सम्वन्धित रहेको देखिन्छ । यस जिल्लाका लोकगाथाहरुमा सवभन्दा लोकप्रिय सलहेशको लोकगाथा मानिन्छ । यस गाथाको पूरा परिवेश सिरहामै रहेको देखिन्छ । सिरहामा सलहेश गाथाको परिवेश ऐतिहासिक तथ्य माथि आधारित छन । सलहेश कुनै काल्पनिक पात्र नभई आफ्नो क्षेत्रका लोक नायक मान्निथ्यो । उनी आफ्नो पराक्रम राष्ट्रप्रेमी र नेतृत्वशक्तिले गर्दा पुज्य भए । उनी अहिंसावादी थिए । उनी आफ्नो बाहुवल तथा बृद्धिले त्यस क्षेत्रका राजा भएका थिए । आफ्नाक्षेत्रका जनतालाई सुरक्षा दिएर अन्य शक्तिको आक्रमण विफल तुल्याइदिएका

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • २९३ पटक पढिएको
  • काठमाडौँको फोहोर उठ्न अझै अनिश्चित

    काठमाडौँ, चैत ३० गते । नयाँ वर्ष (२०७९)मा पनि महानगरका सडक किनारमा फोहोर थुप्रिएका दृश्य देख्नुपर्ने भएको छ । एक सातादेखि थुप्रिएको फोहोर आगामी केही दिनसम्म सफा हुन सक्ने अवस्था छैन । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार तीनपिप्लेमा स्थानीयले फोहोरका कन्टेनरलाई सिसडोलस्थित डम्पिङ साइटमा लैजान दिएका छैनन् ।राति २ देखि बिहान ८ बजेसम्म मात्र केही कन्टेनर सिसडोल लैजाने गरिएको छ । बिहान ८ बजेपछि पुगेका कन्टेनर तीनपिप्लेबाट फर्काउने गरिएको छ । आइतबार र सोमबार ३४० कन्टेनर फोहोर सिसडोल लैजान सकिएको छ । काठमाडौँ महानगरपालिकाको भित्री सहरको फोहोर टेकुमा व्यवस्थापन गरिएको छ । तीन

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • २५१ पटक पढिएको
  • ‘भूमाफिया नियन्त्रण नगरे कुनै ठाउँ बाँकी रहन्न’

    काठमाडौँ, चैत ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा समन्वय नहुँदा आउने समस्या समाधानका लागि समन्वय गर्ने एकीकृत कानुनी व्यवस्था गरिने बताउनुभएको छ । उहाँले यससम्बन्धी कानुनी दोहोरोपन पनि अन्त्य गरिने बताउनुभयो राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमाका लागि सहरी विकास मन्त्रालयले मङ्गलबार यहाँ आयोजना गरेको परामर्श गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी कोरिडोरसहितको सहरी विकास विधेयक आवश्यक रहेको बताउनुभयो ।उहाँले उक्त अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरमा आगामी आर्थिक वर्षदेखि मार

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १६४ पटक पढिएको
  • निर्वाचन सारिए देश दुर्घटनामाःप्रमुख निर्वाचन आयुक्त

    काठमाडौं,चैत ३० गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् ।मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्र समेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलु्कका लागि दुर्भाग्यपूर्ण हुने बताए ।उनले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिए । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १९१ पटक पढिएको
  • अख्तियारद्वारा एकै दिन १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं,चैत ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, सुनसरीमा अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अनुसन्धानमा पुष्टि भएको भन्दै मंगलबार सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।बंगुर अनुसन्धान एकाइमा इकाइ प्रमुखका रूपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरूमा शकुन्तला राई र प्रकाशकुमार यादव तथा बंगुर बेच्न प्रयोग हुने कुलिङ कार्डमा हस्ताक्षर भएको भेटिएको छ । साथै आयोगले अनुसनधान केन्द्रका कर्मचारी लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशास

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १७० पटक पढिएको
  • राष्ट्रपतिबाट निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

    काठमाडौं, चैत ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुनुहुन्छ ।‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालन गरिएको हो ।सुरक्षा योजनामा नेपाल प्रहरीको मातहत म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा रहने छ । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति प्रदान गरिएको जानकारी

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १४७ पटक पढिएको
  • २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

    काठमाडौं, चैत २८ गते । निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो ।उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • २३८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२