सिरहा,मंसिर८ गते । सिरहा र धनुषा जिल्लाको सीमा भएर बग्ने कमला नदीमा आज कार्तिक पूर्णिमाको दिन नुहाउनेहरुको असंख्य घुइँचो लागेको छ । 

आजको दिन पवित्र नदीमा नुहाए पापबाट मुक्ति मिल्ने र पुण्य प्राप्त हुने धार्मिक विश्वास भए पनि पछिल्लो केही वर्षदेखि यसलाई भूत मेलाको रुपमा लिन थालिएको छ । 

स्थानीय धार्मिक विश्वासका अनुसार धामी–झाँक्रीहरूले आजका दिन कमला नदीमा स्नान गरी आफ्नो गुरुबाट सिकेको मन्त्र तथा तान्त्रिक विद्याको सिद्धि प्राप्त हुन्छ भन्ने मान्यताले पनि आजका दिन नुहाउन आउनेहरुको भीड लाग्ने गरेको वताइन्छ । 

धामी, झाँक्री एवम् वोक्सीकै कारण दर्जनौ महिलाहरु समाजमा प्रताडित छन्, यस्ता कुरितिलाई नेपालको संविधानले मान्यता दिएको छैन । आज कमला नदीमा देखिएको दृश्यले कतै सम्बन्धित निकायहरुबाटै यसले प्रश्रय त पाइरहेका छैनन् । सिरहा नगरपालिकाले भूत मेला सिरहा नगरपालिकाको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको उत्सव भन्दै आजको दिन सार्वजनिक विदा समेत दिएका छन् । 

२१ औं शताब्दीको विज्ञान युगमा पनि यस्ता खालका कुरितिले समाजमा जडा गाड्दै गए यसको परिणाम कतातिर जाला भन्ने विषयमा स्थानीय वुद्धिजीवीहरु सशंकित छन् ।