सिरहा,मंसिर ८ गते ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् अमरेश कुमार सिंहले मधेशमा व्याप्त ६ समस्या, शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, शान्ति सुरक्षा र सुरक्षा लगायतका समस्या सुनी पार्टी र संसद्मा उठाउने उद्देश्यले पद यात्राको शुरुआत गरेको उल्लेख गर्नुभयो ।
पद यात्राको क्रममा सिरहा आइपुग्नु भएका सांसद् सिंहले पत्रकारहरुको जिज्ञासामा मधेश जनसांख्यिक रुपमा बढी रहेकाले विभिन्न देशी विदेशी शक्तिहरुको आडमा आन्दोलन गर्ने, हिंसाको फ्याक्ट्री बनाउने कार्यलाई रोक्नुको लागि पनि आफ्नो पद यात्राको उद्देश्य रहेको वताउनुभयो ।
सिंहको पद यात्रा मेची पुलबाट शुरु भई आज सिरहा आइपुग्नु भएको हो । ६० दिनसम्म चल्ने पद यात्राको क्रममा विभिन्न जनभेट गर्दै माघको १ गते महाकालीमा समापन हुने कार्यक्रम रहेको वताइएको छ ।

















