सिरहा .मंसिर  ७ गते। थारु अगुवा तथा धनगढीमाई नगरपालिकाका पूर्व नगरप्रमुख हरिनारायण चौधरीले मिथिला सभ्यतासँग जोडिएको लोकपरम्पराको सामा–चकेवा पर्वको  ऐतिहासिक पृष्ठभूमि र यसले परिवार तथा समाजलाई दिएको संदेशलाई आत्मसात गर्नुपर्ने वताउनुभएको छ । 

WhatsApp Image 2026-11-22 at 4.36.52 PM

सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ महदेवामा थारु संरक्षण संघले आयोजना गरेको  सामा–चकेवा महोत्सव २०८३ लाई सम्बोधन गर्नुहुँदै चौधरीले  सामा चकेवा पर्व मिथिला क्षेत्रको ग्रामीण जीवन, कृषि संस्कृति र सामुदायिक परम्परासँग जोडिएकोले यसलाई समय सन्दर्भ परिस्कृत गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । 

महोत्सवको अवसरमा स्थानीय गीतकार तथा कलाकारद्वारा विविध पौराणिक लोक गित, नृत्य प्रस्तुत गरेका थिए । 

सामा–चकेवा प्राचीन लोकपरम्परा, लोककला र सांस्कृतिक पर्व दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, प्रकृतिप्रतिको सम्मान, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको सामा चकेवा पर्व छठ पर्व सकिएपछि मनाउने गरिन्छ ।

थारु संरक्षण नगर समिति सुखीपुरको अध्यक्षत राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन श्री नारायण चौधरीले गर्नुभएको थियो ।WhatsApp Image 2026-11-22 at 2.12.17 PM