सिरहा,भाद्र २७ गते । सिरहाको लहानमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाट जीनजीका प्रदर्शनकारीहरुले हिजो मंगलबार साँझ करिव दश करोड भन्दा बढीको खाद्यान्न सामाग्री लुटेर लगेको छ । 

जीनजीको प्रदर्शनको क्रममा कार्यालय प्रवेश गरेको प्रदर्शनकारीहरुले कार्यालय तोडफोड र आगजनी गर्दै उक्त कम्पनी लिमिटेडमा रहेको चारवटा गोदामबाट विभिन्न भेराइटीका करिव आठ हजार पाँच सय क्वीन्टल चामल र तीन हजार दुई क्वीन्टल चिनी लुटपाट गरेर लगेको कम्पनीका सूचना अधिकारी अनिल कुमार महतोले जानकारी दिनुभयो ।

बाईट ः अनिल कुमार महतो, सूचना अधिकारी ःखाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहान, सिरहा ।

अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिेटेडको गोदामहरु पूर्ण रुपमा रित्तो भएको छ भने कार्यालय खण्डहरमा परिणत भएको छ । भागदौडको क्रममा कार्यालय हाताभित्र चप्पलहरु चरपस्ट रहेको छ । 

लहानमा रहेको उक्त कम्पनी लिमिटेडले सिरहा, सप्तरी र उदयपुर कारागार एवम् ओखलढुंगा, सोलुखुम्बु, खोटांग, भोजपुर लगायत माग अनुसार अधिराज्यभरि पैठारी गर्ने गरेको कार्यालय स्रोतले जानकारी दिएको छ ।