सिरहा,भदौ ३१ गते । सिरहाको धनगढीमा मोटरसाईकल दुर्घटनामा भरी एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

धनगढीमाई नगरपालिका वडा नं.९ मुसर्हनिया स्थित आफै चलाएको मोटर साईकल अनियत्रित भई दुर्घटना हुदाँ स्थानिय वडा नं.१० बस्ने वर्ष २५ को सुमित सिंहको मृत्यू भएको छ । भने सोही ठाँउका शिब कुमार सिंह घाईते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार पश्चिमबाट पूर्व तर्फ आउदै गर्दा स.५प.११९६ नं.को मोटरसाईल दुर्घटना भएको हो ।

घाईते सिंहको स्थानिय आरके मेडिसिटीमा अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

मृतकको शब फोस्टमाडमको लागी प्रादेशिक अस्पताल लहानमा पठाईएको छ । 

WhatsApp Image 2024-09-16 at 8.32.58 PM