राजविराज, ३० कार्तिक । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसहित आज राजविराजमा ठुलो शक्ति प्रर्दशन गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा गठबन्धनले आयोजना गरेको विशाल ¥यालीमा सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिससभा सदस्यका साझा उम्मेदवार जयप्रकाश ठाकुर, प्रदेश सभा २ (क) का उम्मेदवार सरोज मण्डल र प्रदेश सभा २ (ख) का उम्मेदवार उमेश कुमार यादव सहित हजारौं जना सहभागी भएको थियो ।
राजविराजस्थित पविमावि राजविराजको खेल मैदानबाट निकालिएको ¥यालीमा सप्तरी क्षेत्र नंं २ अन्तर्गत पर्ने छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका करिव दश हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरुले गठबन्धनको पक्षमा नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।
आफ्नो उम्मेदवारलाई जिताउन हजारौंको संख्यामा गठबन्धनका नेता कार्यकर्ता ¥यालीमा सहभागी भएको माओवादीका नेता केदार देवले जानकारी दिनुभयो ।
¥यालीमा पाँचदलिय गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




















