राजविराज, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवार बरिष्ठ अधिबक्ता मिथिलेश सिंहले संघीयताको रक्षा र उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो पार्टीलाई जिताउनुपर्ने बताउनुभएको छ ।
मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचका लागि मत माग्न आफ्नो गृहजिल्ला सप्तरीमा रहनुभएका सिंहले सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै संघीयताको सुत्रधारकर्ता नै आफ्नो पार्टी जसपा नै रहेकोले यसको रक्षाका लागि पनि जिताउनुपर्ने बताउनुभयो ।
सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कृषि विश्व विद्यालय, इन्जिनियरिङ्ग कलेज जस्ता स्वास्थ्य तथा शैक्षिक विकासका ठुला योजनाहरु ल्याउने प्रमुख व्यक्तित्व नै आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको जिकिर गर्नुहुँदै यी कार्यहरुलाई पुर्णता दिन उहाँलाई जिताउनुपर्ने बरिष्ठ अधिबक्ता समेत रहनुभएका सिंहको भनाई छ ।
आफ्नो स्थापनाकालदेखि नै जसपाले मधेशी, मुस्लिम, महिला, दलित, अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तीका लागि संघर्ष गर्दै आएको दाबी गर्नुहुँदै उहाँले जसपाले जिते मात्र सबैको अधिकार सुरक्षित हुने उल्लेख गर्नुभयो ।
पार्टीले आफुलाई प्रनितिधिसभा समानुपातिक सूचीमा मधेशीतर्फ पहिलो नम्बरमा राखेर कानुन व्यवसायीहरुको उच्च सम्मान गरेकोमा सिंहले पार्टी नेतृत्वप्रति आभार समेत व्यक्त गर्नुभयो ।
‘‘हाम्रो पार्टी बाहेक कुनै पनि पार्टीले कानुन व्यवसायीलाई समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेको छैन्”, बिगत ३७ बर्षदेखि सर्बाेच्च अदालतका अधिबक्ताको रुपमा क्रियाशिल रहनुभएका सिंहले भन्नुभयो,‘‘ यो मुलुकका सबै कानुन व्यवसायीहरुको उच्च सम्मान हो ।” यसलाई सबै कानुन व्यवसायीहरुले सम्मानको रुपमा लिनुपर्छ उहाँको भर्ना थियो । वि.सं. २०११ सालमा जन्मिनुभएका सिंह २०३८ सालदेखि कानुनी व्यवसायीमा क्रियााशील हुनुहुन्छ ।




















