राजविराज, २४ कात्तिक । सप्तरी क्षेत्र नम्बर २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका निरज शाही खडगीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमेश कुमार यादवलाई समर्थन गर्नुभएको छ ।

खडगीले बिहीवार प्रेस बिज्ञप्ती जारी गरी गठबन्धनका उम्मेदवार यादवलाई समर्थन गर्दै सक्रिय पुर्वक उहाँको पक्षमा चुनाब प्रचारमा लाग्ने जानकारी दिनुभएको छ ।

खडगीको समर्थनसँगै आफु अझै मजबुत भएको र आफ्नो जित सुनिश्चित भएको नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष समेत रहनुभएका उम्मेदवार यादवले बताउनुभयो ।

साथै उहाँले आफुलाई समर्थन गरेकोमा खडगीप्रति धन्यवाद तथा आभार समेत प्रकट गर्नुभएको छ ।  

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय खडगीले अगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।