राजविराज, १९ कार्तिक । बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा सप्तरी क्षेत्र नम्बर २ (ख) का उम्मेदवार उमेश कुमार यादव आफ्नो एजेण्डासहित मत माग्न घरदैलो अभियानमा जुटेका छन् ।
नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष समेत रहनुभएका उम्मेदवार यादवले विकास पुर्वाधारदेखि सुशासन कायम गर्ने सम्ममा एजेण्डा बोकेका यतिबेला मतदाताहरुको घरघरमा पुग्न थालेका हुन् । उहाँले सप्तरीको विकासका लागि भारतीय नेशनल हाईवेसँग सडक सञ्जालले जोड्नै पर्ने एजेण्डालाई प्राथमिकतामा राख्नुभएको छ ।
राजबिराज भन्सारको स्तरोन्नती, भारतको नेशनल हाईवेसँग नेपालको हाईवेलाई जोड्ने, न्युनतम रेल–वे लाइनको पुर्वाधार निर्माण गर्ने तथा सप्तरीलाई पहाडी जिल्लासम्म सडक सञ्जालको निर्माण(उतर–दक्षिण सहायक राजमार्ग) गर्नुपर्ने एजेण्डालाई उहाँले अघि सार्नुभएको छ ।
उम्मेदवार यादवले राजविराज विमानस्थलको स्तरोन्नति तथा सप्तरीको औद्योगिक क्षेत्रको बिकास र बिस्तार एवम् निर्वाहमुखी कृषी प्रणालीलाई आत्मनिर्भर तथा निर्यातको स्तरमा उठाउने गरी आफुले काम गर्ने प्रतिबद्धता समेत मतदाता समक्ष प्रस्तुत गर्दै आउनुभएको छ ।
गत २०७० सालको संबिधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित यादव तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सिंचाईमन्त्री हुनुभएको थियो । उहाँले आफ्नो कार्यकालमा खाँडो नदी नियन्त्रणका लागि काम गर्नुको साथै सिंचाई र भौतिक पुर्वाधार विकासका लागि सप्तरीमा अहिलेसम्मकै सबैभन्दा बजेट बिनियोजन गराउन सफल हुनुभएको थियो ।
इमान्दार, स्वच्छ र जुझारु स्वभावका यादवलाई सप्तरीबासीले विकासप्रेमी र लगनशील नेताको रुपमा समेत चिन्ने गरेका छन् ।




















