सिरहा,माघ २५ गते –  । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउंपालिका– ४ विशाल चोकमा सोमबार मेची–महाकाली उल्टो पैदल यात्रामा रहेका ऋृषि परियारलाई भव्य स्वागत गरिएको छ ।

दशदिनको कठोर उल्टो पदयात्रा गरी साँझ विशाल चोक पुगेका ३० बर्षीय परियारलाई स्थानीयवासीहरुले खादा अबिर लगाएर स्वागत गरेको हो । मेची–महाकाली उल्टो पदयात्री परियार चोकमा आइ पुग्नासाथ स्थानीयवासीले अबिर खादा लगाइ स्वागत गरेका थिए । उनलाई स्थानीयवासीले खान बस्नको समेत व्यवस्था गरेको स्थानीय रामी यादवले बताए ।

उल्टो पदयात्री परियारलाई मंगलबार दोसल्ला ओढाएर सम्मान गरी विदाइ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । स्थानीय वासीहरुले ठाउँ –ठाउँमा गरेको माया र सम्मानले आपूm थप उत्साहित भएको उल्टो पदयात्री परियारले बताए । उल्टो पदयात्रा गरेर नेपालको नाम विश्वमा चिनाउने तथा स्वास्थ्यका लागि उल्टो हिंड्नुपर्छ भन्ने संदेश दिन उल्टो यात्रा गरेको उनले जानकारी दिए ।

२ महिनामा महाकाली पुग्ने लक्ष्य राखी हिँड्न शुरु गरे, परियारले भने, १० दिनमा सप्तरीको मध्य भागमा आइपुग्दा अझै महाकाली पुग्न ५ महिना लाग्ने अनुमान गरेको छु, उनले थपे, दैनिक २० देखि २५ किलोमिटर हिड्ने उद्देश्य राखिए पनि सबैले गरेको स्वागत र सम्मान ग्रहण गर्दा दिनमा १० देखि १५ किलो मिटर मात्र यात्रा भएको छ । दांगको तुलसीपुर उपमहानगर पालिका–३ रानागाउँ निवासी परियार स्वास्थ्यको लागि मेची–महाकाली उल्टो पदयात्रा भन्ने मुल नराका साथ उल्टो हिँडेर १ हजार २७ किलो मिटरको यात्रा गर्दैछ्न । उल्टो पदयात्री परियार परिवारको एक्लो छोरा हुन् । पाँचजना बहिनीहरुको एक मात्र दाजु आफू अविवाहित रहेको उनले बताए । व्यापार व्यवसाय संचालन गरी जिविकोपार्जन गर्दै आएको बताउंदै उनले तीन बहिनीको विवाह भइसकेको तथा आमाबुबा र २ बहिनी सहित अहिले ५ जनाको परिवार रहेको बताए