सिरहा,मंसिर १९ गते – सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको आज तेस्रो दिन धनुषयज्ञ हुने भएको छ ।

सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शन दोस्रो दिन फूलबारी लीला भएसंगै आज धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ । त्रेतायुगमा भगवान श्री राम एवम् जगत जननी माता सीताको स्वयम्वर भएको दिनलाई प्रतिकात्मक बनाई प्रत्येक वर्ष जनकपुरधाममा धनुषयज्ञ गरिदै आएको छ । आज अपरान्ह करिब ४ बजेदेखि बाह्रविघा रंगभूमि मैदानमा धनुषयज्ञ हुनेछ ।rama

धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन , दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर १५ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । रामजानकी विवाहमहोत्सव त्रेता युगमा भगवान रामजानकीको विवाह भएको संस्मरणमा मनाईदै आएको छ