X wada

समाज

    Showing ६५१-६६० of १,४५० items.
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    म्याग्दी,बैशाख १५ गते । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ​दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई  सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । 

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १५० पटक पढिएको
  • दुई मोटरसाइकल ठोकिदा तिनको जनाको मृत्यू

    सप्तरी १०,बैसाख,सप्तरीमा दुई ओटा मोटरसाइकल एक आपस्मा ठोकिदा तिनजनाको मृत्यू भएको छ ।                                      मध्यराती सप्तरी जिल्लाको राजगढ नगरपालिका मलेकपुर स्थित हुलाकी सडकमा पश्चिम तर्फ जाँदै गरेको प्र १(०२४१ प २२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र १(०२०४१ प ९५४१ नम्बरको मोटरसाइकल एक आपस्मा ठोकिदा दुर्घटना भएको थियो ।                                           

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • २१० पटक पढिएको
  • बिरगन्जमा चुनाबकोलागि गठबन्धन रिन्युअल

    १० वैशाख, वीरगञ्ज । सत्तारुढ गठबन्धनको भागवण्डामा जनता समाजवादी पार्टी ९जसपा० को भागमा वीरगञ्ज महानगरपालिका परेपछि नेपाली कांग्रेसका स्थानीय नेतृत्व असन्तुष्ट बनेको छ ।कांग्रेस–जसपाबीच पर्साका सबै स्थानीय तहमा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने जिल्ला स्तरीय सहमति भइसकेको अवस्थामा साझा उम्मेदवारी दिने केन्द्रीय नेतृत्वको निर्णयले कांग्रेसभित्र असन्तुष्टि देखिएको हो ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पर्साका कांग्रेस नेताहरुले असन्तुष्टि  राखिसकेका छन् । तर सुनुवाइ हुने सम्भावना देखिन्न । किनकि वीरगञ्जको जस्तै समस्या अन्यत्र पनि छ । वीरगञ्जमा गठबन्धनकै दलहरू नेकपा माओवा

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • १३४ पटक पढिएको
  • सप्तरीका प्रहरी निरीक्षक पासवान र साह सम्मानित

    राजविराज,बैशाख ७ गते। अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट भुमिका निर्वाह गर्ने सप्तरीका दुई जना प्रहरी निरीक्षलाई आज सप्तरी जिल्ला अदालतले सम्मान गरेको छ ।  बिभिन्न अदालत र न्यायाधिकरणको फैसला बमोजिम ठहर भएको कैद जरिवाना असूली फर्छाैटका क्रममा सक्रिया देखाएको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवान र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरक्षक उमाशंकर प्रसाद साहलाई जिल्ला अदालतले सम्मान गरेको हो ।  राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधिश चन्द्रमणि ज्ञवालीले उहाँहरुलाई कदरपत्रसहित सम्मान गर्नुभयो । 

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • १५७ पटक पढिएको
  • मधेस प्रदेशमा तेत्तीस लाख बढी मतदाता

    जनकपुर, वैशाख  ६ गते ।  मधेस प्रदेशमा स्थानीय तह निर्वाचनको लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ ।प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कुुल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोग नेपालले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावली समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिनुभयो । प्रदेशको सप्तरीमा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजा

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १९४ पटक पढिएको
  • घरमा शौचालय छन्, तर प्रयोग गर्दैनन् महिला

    जनकपुरधाम, वैशाख ६ गते । धनुषाका अधिकांश ग्रामीण भेगका घरघरमा शौचालय छन्, तर शौचालय प्रयोगमा महिलाहरू तत्परता देखाउँदैनन् । हुलमै बाँधिएर बस्ती परको खेतबारीमा शौच गर्न जाने परम्परागत अभ्यासलाई धान्दै आएका ती महिलाका घरमा भएका शौचालय भने अन्न, इन्धन र निर्माण सामग्री भण्डारण गर्ने ठाउँ बनेका छन् ।धनुषाको सबैला नगरपालिका वडा नम्बर ५ का सोबती दासका घरका धेरैजसो वयस्क पुरुष रोजगारीका लागि अरब देशमा छन् । उहाँका बालबच्चा पनि नजिककै अङ्ग्रेजी माध्यमको विद्यालयमा पढ्छन् । सासू ससुरासहित परिवारका सबै सदस्यलाई खेती किसानीबाट खान लाउन पुगेको छ ।लोग्ने तथा देवरले पठाउने गरेका रकमले उहाँले पोहोर साल बर्खा

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १६८ पटक पढिएको
  • रौतहटको भोलनटारमा आगलागी, ६ घर जलेर नष्ट

    चन्द्रनिगाहपुर,बैशाख ३ गते । रौतहटको चन्द्रपुर नगरपालिका ३ भोलनटारमा शनिवार दिउँसो आगलागी हुँदा ६ वटा र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरमा भएका सवै सामानहरु जलेका छन् । स्थानीय हस्तबहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी  सुरु भएको बताइएको छ ।आगलागीबाट उनका दुईवटा घर र गोठ तथा छिमेकीका घर जलेर नष्ट भएका छन् । चन्द्रपुर, हरिवन , निजगढ नगरपालिकाका दमकल  पुगे पनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको प्रहरीले  जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १७३ पटक पढिएको
  • भरुवा बन्दुक बरामद

    मकवानपुर,बैशाख ३ गते । मकवानपुरमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका १ सौराहा बस्ने ३७ वर्षीय जिलाबसिंह दोर्जे बम्जनको घरबाट प्रहरीले शनिबार १ थान भरुवा बन्दुक बरामद गरेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । घरधनी जिलाबसिंह भने अहिले फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १७० पटक पढिएको
  • कञ्चनपुरमा महिलाको शंकास्पद मृत्यु, धामी झाँक्रीसहित ७ जना पक्राउ

    धनगढी,बैशाख ३ गते । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जानकारी दिए ।‘हामीले आज बिहान सडेको अवस्थामा स्थानीय कमला साउदको घर आगनबाट मृतकको शव बरामद गरेका छौँ,’ शाहले भने, ‘घटना शंकास्पद भएकाले ७ जना मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’शाहका अनुसार पक्राउ प

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १५३ पटक पढिएको
  • मल अभावले झापाको केरा खेती संकटमा

    झापा,बैशाख ३ गते । झापामा केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताए । सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उनको भनाइ छ । विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • २०० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२