X wada

समाज

    Showing ५४१-५५० of १,४५० items.
  • रधुनाथपुरबाट स्रोत नखुलेको २० लाख नगद सहित दुईजना पक्राउ

    जनकपुर,कार्तिक २ गते। स्रोत नखुलेको २० लाख रकमसहित २ जनालाई पक्राउ गरेको छ। सबैला नगरपालिका १२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित सुनसरी जिल्ला ईनरूवा नगरपालिका २ का २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित पक्राउ गरेको प्रहरीले जनाए। पक्राउ परेका अर्का एकव्यक्तिको नाममा भने प्रहरीले बताउन चाहेनन्।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • १६३ पटक पढिएको
  • माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग

    सिरहा,कार्तिक २ गते। पत्रकार महासंघ सिरहाले भन्सार कार्यालय सिरहा माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोरकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले आज  एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेको हो । सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए ।यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • २४२ पटक पढिएको
  • बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

    सिरहा,कार्तिक २ गते । सरकारले आज र भोलि  देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • ३६२ पटक पढिएको
  • पोखरीमा डुबेर एक १३ वर्षीय बालकको मृत्यु

    महोत्तरी, कात्तिक १ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मगंलबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं। २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अङ्कित ठाकुर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय, महोत्तरीकाअनुसार अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अङ्कित एक्कासि पोखरीमा डुबेको थियो । उनलाई तत्कालै पोखरीबाट निकालेर प्रादेशिक अस्पताल जलेश्वर  पुर्‍याइएको थियो ।अस्पताल पुर्‍याउनुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको जनाइएको छ । जलेश्वरमा रहेको सिमबायोसिस स्कुलको कक्षा ६ मा अध्ययनरत अङ्कित पढ्नमा सिपालु र जेहनदार छात

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १४९ पटक पढिएको
  • ईलाका प्रहरीकार्यालयमै प्रहरीले महिला लाई गरे कुटपिट स्थानियले गरे चक्काजा

    सिरहा,कार्तिक १ गते । ईलाका प्रहरी कार्यालय मिर्चैयामा अनुसंधानको क्रममा पक्राउ परेका महिला माथि प्रहरीले अमानवीय तरिकाले कुटपिट गरेको भन्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा स्थानिय आक्रोशितले नाराजुलुस सहित सोमबार चक्का जामा गरेको छ। मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको उनकै बुहारी जिवछी देवी साहलाई प्रहरीले नियन्त्रणमालिई अमानविय तरिकाले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयले चक्काजाम गरेको हो।आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माँग गर्दै चक्काजाम सहित ईलाका प्रहरी घेराउगरी चर्का नारा लग

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १७९ पटक पढिएको
  • अंशु सदाको परिवारले १ लाख फिरौती नदिएपछि गेष्ट हाउसमा हत्या

    सिरहा,कार्तिक १ गते । मोरङको विराटनगर महानगरपालिका–११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा असोज २८ मा १७ वर्षीय अंशु सदाको शव भेटियो । सिरहा गोलबजार घर भएका अंशु आफ्ना दुईजना साथीहरुसँग विराटनगर गएका थिए । असोज २६ मा उनीसँगै धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु विराटनगर गएका हुन् ।मृतक अंशु र अरु दुईजना साथी हुन् । विराटनगरबाट उनीहरुले अंशुको परिवारलाई फोन गरेर ‘छोरा अपहरण गरेका छौ, जिवित चाहिए १ लाख पठाउनु’ भनेका थिए । सो रकम नपठाएपछि दुईजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।अ

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • २६८ पटक पढिएको
  • धनुषा क्षेत्र नं.२ ख बाट स्वतन्त्र उठेका उम्मेदवार यादवले पाए "लालटिन" चुनाव चिन्ह

    नरेशचन्द्र बरबरिया धनुषा , असोज २६ गते । धनुषा निर्वाचन क्षेत्र न.२ "ख"बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका काशिन्द्र यादवलाई लालटिन चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन आयोगले आज उम्मेदवारको नाम फिर्ता लिने , अन्तिम नामावली प्रकाशन गर्ने , निर्वाचन चिन्ह प्रदान गर्ने  कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन अधिकृतको कार्यालय धनुषाको बिदेह नगरपालिका तिनकौरियामा रहेको  क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवारहरुलाई  कार्यतालिका अनुसार निर्वाचन  बुधवार यादवलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको छ ।             

    • प्रकाशित मितिः असोज २६, २०७९
    • ३०९ पटक पढिएको
  • मिथिलाअञ्चलको लोक नृत्य झिझिया सम्पन्न

    नरेशचन्द्र बरबरिया असाेज २०  । मधेशको प्रचलित  लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म  खेलिने झिझिया नाच बिहीवार दशमीको दिन सम्पन्न भएको छ । देवी स्तुतिको रुपमा यो झिझिया नाच  मधेशका बिभिन्न गाउँ वस्ती लगायत शहर बजारमा  दशैको रौनक  छाएको  देखियो । तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाका लागि झिझिया नृत्य गर्ने गरिएको धार्मिक  जनविश्वास छ भने अर्कोतिर जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न प्वाल पारिएको घैटामा दियो कलश राखेर महिला दिदी बहिनीहरूले टाउकोमा राखेर बेलुका घर घर गएर नाच्ने परम्परागत नृत्य हो । झिझिया

    • प्रकाशित मितिः असोज २०, २०७९
    • ४११ पटक पढिएको
  • राजदेवी मन्दिरमा टिकटक बनाउन गएका धीरुभाईलाई रामधुलाई 

    जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटोक भिडियो बनाउन गएका एक युवकलाई रामधुलाई गरिएको छ ।राजा जनककी कुल देवी भनिएको राजदेवी मन्दिरमा आयोजक समितिले समेत टिकटोक बनाउन निषेध गरिएको बेला टिकटक बनाउन गएपछि धीरुभाई नामक युवकलाई रामधुलाई गरिएको हो । टिकटोकमा धीरुभाई नाम राखेर चलाउने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बघवन बस्ने ती युवकलाई टिकटोकमा निगरानी राख्ने युवकहरुले उनलाई कुटपिट गरेको हो । हिन्दुहरुको आस्थाको केन्द्र रहेको राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीडमा धीरुभाईले नियम निष्ठालाई मिचेर टिकटोक भिडियो बनाउन खोजेपछि सामुहिक रुपमा कुटपिट गरिएको हो । अश्लिल प्रकारको

    • प्रकाशित मितिः असोज १७, २०७९
    • २३१ पटक पढिएको
  • प्रसूतिगृह सञ्चालनमा नहुँदा गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा

    रौतहट, असोज १७ गते । स्थानीयस्तरमै प्रसूति सेवा सहज तथा सुलभ बनाउन निर्माण गरिएको प्रसूतिगृह सञ्चालनमा नहुँदा रौतहटको गुजरा नगरपालिकाका गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा छन् । सो नगरपालिकाको वडा नम्बर २ को कटानी बजारमा तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको प्रसूतिगृह सञ्चालन भएको छैन । नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा तीनकोठे सो भवन ४१ लाख रुपियाँमा निर्माण गरिएको बताइएको छ । रङ्गपुर स्वास्थ्य चौकीको मातहतमा रहेको सो भवन सञ्चालनमा नआउनाको मुख्य कारण जिल्ला स्वास्थ्य कार्यालय रौतहटले प्रसूति सेवा सञ्चालनको अनुमति नदिएर ह

    • प्रकाशित मितिः असोज १७, २०७९
    • २९१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२