X wada

समाज

    Showing ४११-४२० of १,४५० items.
  • वीरगञ्जबाट होटल व्यवस्थापक सहित ३ जना पक्राउ

    वीरगञ्ज,पुस २७ गते । प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले महोत्तरीको गौशाला नगरपालिका(११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं। ८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका(४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्रेको हो ।अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी होटलका कर्मचारी हुन् । अनिल होटलका व्यवस्थापक हुन भने रमेश वेटरको काम गर्थे ।प्रहरीले दिएको जानकारी अनुसार पुस २४ गते वीरगञ्ज(१५ स्थित रानीपोखरी होटलमा मानव बेचबिखन तथा ओसारपसारको काम भइरहेको छ भने सूचना प्रहरीलाई आएको थियो ।सूचनाको आधारम

    • प्रकाशित मितिः पुस २७, २०७९
    • १५० पटक पढिएको
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवले गरे दाबी पेस

    धनुषा,पुस २७ गते । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी ९जसपा०का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् ।केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।मध

    • प्रकाशित मितिः पुस २७, २०७९
    • १४१ पटक पढिएको
  • जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई ।

    बिनोद मण्डल सिरहा ,पुस २६ गते ।मौसमी प्रभावका कारण बढिरहेको चिसोले आम जनजीवन कष्टकर भएपछि धनगढीमाई नगरपालिकाले आफ्ना पालिकाका सबै वडाहरूमा दाउरा वितरण अभियान आगाडी बढाएको छ ।पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा सडकको दायाँ बायाँ रहेको रुखहरुलाई कटान गरी जिल्ला वन कार्यालय सिरहाको मातहतमा राखिएको दाउरा योग्य काठ यतिबेला नगरले दाउराको रूपमा सदुपयोग गरेको छ ।चिसो बढेपछि आवस्यक कानुनी प्रक्रिया पुगाई ईलाका वन कार्यालय धनगढीको परिसरमा रहेको दाउरालाई नगरका सबै वडाहरूमा वितरण गरिएको वडा अध्यक्ष सरोज महतोले बताउनु भएको छ ।चिसोले जनजिवन प्रभावित भएपछि लगातारको पहलबाट करिब ७ चटान दाउरा आफूहरुले वितरण

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १४७ पटक पढिएको
  • पत्रकारीताको विकास विना देश विकास नहुने:अध्यक्ष बस्नेत

    सिरहा,पुस २६ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा विश्वसनीयता घट्दै गईरहेकोले पत्रकार अचारसंहिता पालना गर्दै पत्रकारिता गर्नु पर्ने वताउनुभयो । मंगलबार सिरहाको गोलबजारमा आयोजित पत्रकार आचारसंहिता, मिडिया विकास कोष र वर्गीकरण सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बस्नेतले अचारसहिंता पालना नगरे पत्रकारिता कमजोर हुने र राज्यले गर्ने सम्मान समेत घटदै जाने भएकोले यसलाई जोगाई राख्न पत्रपत्रकारिताको पेसागत उच्चतम् आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धन गर्दै पत्रकारिता गर्नु पर्ने उल्लेख गर्नु भयो । अध्यक्ष बस्नेतले प

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ३७० पटक पढिएको
  • सिरहा कल्याणपुरमा शीतलहर छल्न सिरक विरतण

    विनोद मण्डल सिरहा ,पुस २६ गते ।  बढिरहेको शीतलहर छल्नका लागि सिरहामा न्यानो कपडाको रूपमा सिरक बितरण गरिएको छ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  सिरहाको कल्याणपुर नगरपालिका वडा नं.११ मा  बिपद व्यवस्थापन समितिको आयोजना  तथा कल्याणपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाको सहकार्यमा कल्याणपुर नगरपालिकाका प्रशासकिय अधिकृत बिष्णु संजन वरालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच सिरक बितरण गरिएको हो ।कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जनशक्तिहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, दलित जेष्ठ नागरीक, एकल महि

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १३७ पटक पढिएको
  • मधेशी एकता समाज युएईको अध्यक्षमा ठाकुर

    आफ्नो देश बाहिर विदेशमा रहेपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, समुदायका विभिन्न सुखदुखमा साथ दिने उद्देश्यका साथ स्थापना गरिएको मधेशी एकता समाज युएइको दोश्रो महाधिवेशनबाट श्री कृष्ण ठाकुरको अध्यक्षतामा ३१ सदस्य कार्यसमिती गठन भएको छ ।  नेपालको २ नम्बर प्रदेश (मधेश प्रदेश) अन्तर्गत धनुषा जिल्ला स्थाई बसोबास भई बिगत लामो समय देखी दुबईमा रोजगारी गर्दै आउनु भएका कृष्ण ठाकुर समाजको अध्यक्षमा निर्बिरोध चयन हुनुभएको हो ।मधेशी हकहितका साथै मधेशको कला, साहित्य तथा संस्कृति प्रति समर्पित संगठनको दोश्रो साधारणसभा मिती ०७ जनवरी २०२३ का दिन दुबईमा सम्पन्न भएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथ

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ५७७ पटक पढिएको
  • प्रादेशिक अस्पताल सिरहामा डाइलोसिस सेवा शुरु

    सिरहा,पुस २५ गते । सिरहाको प्रादेशिक अस्पताल सिरहामा डाइलोसिस सेवा शुरु भएको छ । डाइलोसिस सेवा संचालन भएसँगै डाइलोसिस गराउने विरामीहरुलाई अन्यत्र जानुपर्ने वाध्यताबाट मुक्त भएका छन् । १२ वडा बेड सहित संचालन भएको डाइलोसिसका वेडहरु अहिले भरिभराउ छन् । सर्वसुलभ तरिकाले स्थानीय स्तरमै डाइलोसिस सेवा पाउन भन्ने उद्देश्यका साथ संचालनमा ल्याइएको  अस्पताल संचालन समितिका अध्यक्ष सोमिन्द्र प्रसाद यादवले उल्लेख गर्नुभयो । यसअघि डाइलोसिसका लागि विरामीहरुलाई विराटनगर, धरान लगायतको दुर दराजको ठाउँमा जानुपर्ने वाध्यता रहेको थियो । जिल्लामा एक मात्र प्रादेशक अस्पताल सिरहामा संचालन भएको डाइलोसिस

    • प्रकाशित मितिः पुस २५, २०७९
    • २३४ पटक पढिएको
  • विग्रेको टिपरमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु,टिपर चालक नियन्त्रणमा

    सप्तरी,पुस २५ गते । सप्तरीको खडक नगरपालिका ११ मा बिग्रेर रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।बोदेबर्साइनबाट राजबिराज तर्फ जादै गर्दा हुलाकी सडक खण्डअन्तर्गत  वडा नं. ११ मा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल ठोकिंदा चालक खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको हो।दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुस

    • प्रकाशित मितिः पुस २५, २०७९
    • २१० पटक पढिएको
  • मिर्चैयामा स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु, प्रहरी कार्यालयमाथि ढुंगामुढा

    सिरहा,पुस २४ गते ।  शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका( ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले  पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ ।शिक्षिकाको

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १६८ पटक पढिएको
  • सिरहामा चिसोले बुढापाका र बालबालिका प्रभावित

    सिरहा,पुस २३ गते । केही दिनदेखि बाक्लो कुहिरोसँगै चलेको शितलहरका कारणसिरहा प्रादेशिक अस्पताल सिरहामा चिसोका विरामीको चाप बढेको छ । चिसोकोकारण अधिकांश बुढापाका र बालबालिका प्रभावित भएको जनाइएको छ । पहिला एक देखि एक सय पचास जना विरामी आउने अस्पतालमा अहिले दोब्बर अंकले विरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ । प्रादेशिक अस्पताल सिरहाका चिकित्सक डा. मनिष यादवका अनुसार चिसोको कारण दम र निमोनियाका विरामीहरुको अत्यधिक चाप बढेको उल्लेख गर्नुभयो ।शितलहरसँगै चलेको चिसोको कारण अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन तथा झोलिलो पदार्थहरु सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । अत्यधिक चिसो बढेको

    • प्रकाशित मितिः पुस २३, २०७९
    • २४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२