सिरहा,पुस २६ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा विश्वसनीयता घट्दै गईरहेकोले पत्रकार अचारसंहिता पालना गर्दै पत्रकारिता गर्नु पर्ने वताउनुभयो । 

मंगलबार सिरहाको गोलबजारमा आयोजित पत्रकार आचारसंहिता, मिडिया विकास कोष र वर्गीकरण सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बस्नेतले अचारसहिंता पालना नगरे पत्रकारिता कमजोर हुने र राज्यले गर्ने सम्मान समेत घटदै जाने भएकोले यसलाई जोगाई राख्न पत्रपत्रकारिताको पेसागत उच्चतम् आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धन गर्दै पत्रकारिता गर्नु पर्ने उल्लेख गर्नु भयो । 

vlcsnap-2023-01-10-18h27m00s882

अध्यक्ष बस्नेतले पत्रकारीताको विकास विना देश विकास नहुने र पत्रकारीताको विकास विना समाज, देश, जनताको विकास र समृद्धि सम्भव नहुने भन्दै उहाँले राज्यले पनि पत्रकारिता पेशालाई सम्मान गर्नुपर्ने जिकिर गर्नुभयो ।  

कार्यक्रममा काउन्सिलका वोर्ड सदस्य रामप्रसाद दाहालले अनलाईन संचारमाध्यमलाई वर्गिकरणमा लाने विषयमा चर्चा चलेपनि सरकारलाई दवाव दिनेगरी कार्यक्रमको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।  

प्रेस काउन्सिल नेपालको आयोजनामा र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहाका पत्रकार अर्जुन थपलिया, रामबाबु यादव, जिल्ला सचिव शिवदयादल यादव लगायतले सुझाव र जिज्ञासा राखेको थियो ।

vlcsnap-2023-01-10-18h26m53s791